Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

कांग्रेसमा फेरि वरीयता विवाद

\"\"काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ । शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो। पार्टीमा पटकपटक वरीयता विवाद उठेपछि समाधानका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वमा गठि समितिले श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ–श्रेष्ठको मात्र वरीयता टुंगो लगाउँदै समितिले उक्त प्रस्ताव राखेपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेता बलबहादुर केसीले आपत्ति जनाए। एउटा नेता विशेषलाई लक्षित गर्दै निर्णय गर्नु गलत भएको भन्दै सिंह र केसीले तीव्र असन्तुष्टि जनाएका हुन्। सिहंले वरीयताको आधार र मोडालिटी तयार नगरी बलमिच्याइँ नगर्न नेतृत्वलाई सचेत गराएका छन्। एउटा व्यक्तिको विषयमा मात्र लिइएको निर्णय आफूहरूलाई मान्य नहुने भन्दै सिंह र केसीले विरोध जनाएपछि बैठकको वातावरण असामान्य बन्न पुगेको जानकारी एक सदस्यले दिए। पार्टी नेता रामचन्द्र पौडेलपछिको वरीयताक्रम दाबी गर्दै आएका श्रेष्ठले १३औं महाधिवेशनपछि केन्द्रीय समिति बैठकहरूमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन्। पार्टीले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पनि वरीयताको विषयलाई लिएर उनले पटक पटक उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उपसभापतिको हैसियतमा पौडेलपछिको वरीयतामा श्रेष्ठ थिए। उनले त्यसलाई नै आधार मान्दै पौडेलपछि आफ्नो नाम हुनुपर्ने अडान राख्दै आएका छन्। पार्टी एकता हुँदा श्रेष्ठपछिको उपसभापतिमा सिंह थिए। १२औं महाधिवेशनमा सिंह महामन्त्रीमा निर्वाचित भएका थिए। १२औं महाधिवेशनपछि केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र प्रकाशशरण महतमध्ये कसको नाम पहिला भन्ने विवाद चलेको थियो । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच पनि वरीयता विवाद भएको थियो। दुई नेताबीच वरीयता विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले एउटालाई उपसभापति र अर्कोलाई महामन्त्रीको जिम्मेवारी दिएर विवाद समाधान गरेका थिए। दुईमध्ये एउटालाई उपसभापतिमा लैजाने प्रस्ताव देउवाले राखेपछि सिंहले उपसभापति रोजेका थिए। केन्द्रदेखि गाउँ तहसम्म वरीयता विवादले पटकपटक समस्या ल्याएपछि कार्की नेतृत्वमा एक वर्ष पहिला आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य रहेको समिति गठन गरिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending