Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

एमाले–माओवादी एकताबारे बाहिरियो यस्तो रहस्य

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो। ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–त्यसदिन दुई अध्यक्ष (ओली–दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो। शुक्रबार दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलमा रहेका पार्टी नेतासँग अनौपचारिक छलफल गरी कार्यदलले गरिरहेको तयारीको विषयमा बुझेका थिए। त्यसपछि शनिबार दुई अध्यक्ष थप छलफलमा बसेका थिए। उक्त छलफलमा कार्यदलको काम करिब सकिने चरणमा रहेकाले द्रुतगतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव ओलीले गरेका थिए। ओलीको त्यस्तो प्रस्तावमा दाहालले पनि सकारात्मक जवाफ दिएर आन्तरिक तयारीका लागि केन्द्रीय कार्यालयको हेडक्वार्टर बैठक बोलाएका थिए। आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए। दाहालको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी एकता गरेर भारत भ्रमणमा जाँदा राम्रो हुने, सन्देश पनि राम्रो जाने प्रस्ताव गर्नुभयो, मलाई पनि ठिकै लाग्यो, हाम्रो तयारी के हुन्छ ? सकिन्छ–सकिन्न ? यस विषयमा सुझाव दिनुहोला।’ ओली(दाहालबीचको छलफलमा दुई दिनभित्र कार्यदललाई आफ्नो काम सक्न निर्देशन दिने, १४ गतेभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र प्राप्त कार्यदलको रिपोर्टका आधारमा निर्णय एकतासम्बन्धी ठोस निर्णय लिने, चैत १५ मा एकता संयोजन समितिले लिएका निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने र चैत २३ भित्रै पार्टी एकता गर्ने गरी गृहकार्य अगाडि बढाउन छलफल चलेको छ। अन्तरिम विधान तथा संगठनात्मक कार्यविधि र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न दुवै पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले फागुन ७ मा छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले अहिले अन्तरिम मस्यौदा तयार पारी छलफल गरिरहेको छ। अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको आइतबार पनि बैठक बोलाइएको छ। यस्तो छ तयारी कार्यदलले बढीमा सोमबारसम्म काम सक्ने १४ गतेभित्रै एकता संयोजन समितिको बैठक बस्ने १५ गते संयोजन समितिको निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने २२ गतेभित्रै पार्टी एकताको औपचारिक घोषणा गर्ने
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending