Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पाँच वर्षपछि काठमाडौंमा मोनोरेल

\"\"काठमाडौं । आगामी पाँच वर्षपछि काठमाडौं चक्रपथको परिक्रमा मोनोरेलबाट गर्न पाइने भएको छ। लगानी बोर्डले अगाडि बढाएको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनोरेलबाटै साढे २८ किमिको चक्रपथ परिक्रमा गर्न सकिने गरी प्रक्रिया अगाडि बढाएको छ। ‘मलेसियन कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन ९डीपीआर० बनाउने भएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता ९एमओयू०को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ। यो कम्पनीसँग एमओयू गर्ने अन्तिम चरणको तयारीमा पुगिसकेका छौं’, ट्रान्सपोर्ट इन्जिनियर आशीष गजुरेलले भने। काठमाडौं मोनोरेल प्रालिका डीएन थापा, तारादेवी ढकालसहितको टोलीले डीपीआर बनाउन प्रक्रिया अगाडि बढाइरहेको बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार काठमाडौं उपत्यकाभित्रको हाल सञ्चालनमा रहेको कलंकीदेखि कोटेश्वर चाबहिल, महारागन्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमै यस्तो मोनोरेल निर्माण हुने भएको छ। यो सडकको बीचबाट रेलको आवश्यक पूर्वाधार बनाइने र रेल कुदाइने भएकाले बोर्डले यसअघि नै सरकारलाई खानेपानीको पाइप निर्माण गर्दा ध्यान दिन आग्रह गरिसकेको उल्लेख छ। चक्रपथको बीच सडकमै रेलका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले उक्त रुटमा कुनै अवरोध हुने साधन नराख्न आग्रह गरिसकिएको पनि बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदनबाट साढे २८ किमि मोनोरेल बनाउन करिब ८० अर्ब रुपैयाँ खर्च हुनेछ। यो रकम जुटाउन मलेसियन कम्पनी तयार रहेको गजुरेलले जानकारी दिए। उनका अनुसार काठमाडौं मोनोरेल कम्पनीसँग एमओयू गर्ने अन्तिम तयारीमा बोर्ड छ। सम्झौता तत्कालै हुन सक्ने र त्यसको एक वर्षमा डीपीआर बनाउनुपर्ने सर्त राखिएको छ। डीपीआर बनेपछि तीनदेखि चार वर्षभित्रमै रेलमार्ग बनाइसक्नुपर्ने र रेल दौडाउनुपर्ने सर्त पनि तोकिएको छ। यसका कारण आगामी पाँच वर्षमा काठमाडौंको चक्रपथमा प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने गरी तीनवटा डिम्बासहितको रेल दौडनेछ। जनासम्मको क्षमता हुने उल्लेख छ। सहरी क्षेत्रमा करिब ३० लाख जनसंख्या भएको अवस्थामा रेल सञ्चालन गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता छ। हाल काठमाडौंको जनसंख्याले यो सम्भावना देखाइसकेकाले पनि मोनोरेल निर्माणको आवश्यक तयारी थालिएको बोर्डको बुझाइ छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending