Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

गभर्नर हटाउन प्रधानमन्त्री र अर्थमन्त्री नै लागेपछि...

\"\"काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ। उनी ५ वर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन्। बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याएको प्रमाणित भएमा गभर्नरलाई हटाउन सकिने प्रावधान राष्ट्रबैंक ऐन २०५८ मा छ । आजको नागरिक दैनिकमा खबर छ–त्यही प्रावधानमा टेकेर गभर्नरलाई हटाउन खोजिएको हो। एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल र गभर्नर नेपाल दुवै कांग्रेस समर्थक भएकाले फाइल लुकाउन मद्दत गरेको आरोप लगाइएको छ। उनी गभर्नर हुनुभन्दा पहिला नै उक्त बैंक एनसिसी बैंकमा मर्जरमा जाने निर्णय भएको थियो्। तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक २०७२ मंसिर ११ गते नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) सँग मर्जरमा गएको थियो। करिब डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा एपेक्स बैंकसँग सम्बन्धित १७ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। कमसल धितो (भिरालो पाखोबारी, बाटो नपुगेको जग्गा) को अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृत्रिम ऋणीहरु खडा गरेको, निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा प्रवाह गरेको, ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरण स्वीकृत गरेको अभियोग तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालकलगायतका उच्च अधिकारीमाथि लगाइएको छ। गभर्नर नेपाललाई त्यस्तो फाइल लामो समय लुकाउन सहयोग गरेको भन्ने आरोप लगाई त्यसलाई पुष्टि गर्न राष्ट्रबैंकभित्रकै एक समूह सक्रिय भएको छ। एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल र गभर्नर चिरञ्जीवी नेपाल दुवै कांग्रेस समर्थक भएकाले बैंक घोटालाको फाइल लुकाउन मद्दत गरेको आरोप गभर्नरमाथि लगाइएको छ । सोही घोटालामा टेकेर नेपाललाई हटाउन खेल सुरु भएको छ । तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले असहमति जनाउँदाजनाउँदै नेपाललाई गभर्नर नियुक्त गरेरका थिए। नेपाल गभर्नरमा नियुक्ति हुनेबित्तिकै राष्ट्रबैंकका एमाले समर्थित कर्मचारी र उनीबीच द्वन्द्व सुरु भएको थियो। अहिले त्यही रिस साध्न एमाले समर्थित कर्मचारीले नेपाललाई हटाउन प्रधानमन्त्री केपी ओलीलाई दबाब दिँदै आएका छन्। अहिलेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसमेत गभर्नर हटाउने खेलमा लागेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीको निकट मानिने सिवाकोटी नेपाललाई हटाएर आफू गभर्नर हुने प्रयासमा रहेको राष्ट्रबैंक उच्च स्र्रोतको दाबी छ। विज्ञले भने गभर्नर नेपाललाई हटाउन त्यति सजिलो नभएको बताएका छन्। यसअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यले तिलक रावललाई पदमुक्त गरेर दीपेन्द्रपुरुष ढकाललाई गभर्नर नियुक्त गरेका थिए। रावलले अदालतको आदेशबाट पुनः पदभार समालेका थिए। अर्थमन्त्री युवराज खतिवडालाई पनि गभर्नर हटाउन प्रयोग गर्न सकिने स्रोतको दाबी छ। एपेक्स घोटाला काण्डमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गर्ने सकिने व्यवस्था नेपाल राष्ट्रबैंक ऐन २०५८ मा छ । समितिले दिएको प्रतिवदेनका आधारमा मन्त्रिपरिषद्ले गभर्नर हटाउने निर्णय गर्न सक्ने प्रवधान उक्त ऐनमा छ। गभर्नर नेपाल र अर्थमन्त्री खतिवडाबीच सम्बन्ध सुमधुर छैन । खतिवडाले प्रधानमन्त्रीसँग नेपाल गभर्नर भइरहने हो भने काम गर्न असजिलो हुने बताउँदै आएको उच्च स्रोतको भनाइ छ। राजनीतिक पृष्ठभूमि फरक भएकाले गभर्नर नेपाललाई अर्थमन्त्री खतिवडासहित सरकारबाट असहयोग हुन सक्ने आकलन हुँदै आएको छ। यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएको समयमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईसँग विवाद भएपछि राजीनामा गरेका थिए। अहिले पनि दबाब खेप्न नसकेर राजीनामा दिन सक्ने कतिपयको अनुमान छ। अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध सहज नदेखिएकाले पनि उनलाई समस्या परेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नागरिकलाई बताए। खतिवडाको कडा स्वभावलाई थेगेर काम गर्न नसक्ने नेपालको स्वभावका कारण उनीहरुबीच समन्वय र सहकार्य सजिलो नभएको क्षेत्रीको बुझाइ छ। गभर्नरका रुपमा नेपालले खासै काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ। ‘उनका सहयोगीले ठिक्क पारेको दस्तावेजमा हस्ताक्षर गर्ने मात्र काम गरे,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘उनले लगानीयोग्य पुँजीको अभाव समाधान गर्न अझै सकेका छैनन्।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending