Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

यसरी भयो नगरप्रमुखमाथि आक्रमण

\"\"धनगढी । बोक्सी प्रकरणमा नगर प्रमुख ममताप्रसाद चौधरी नै रमिते बनेपछि नेकपा माओवादी विप्लव समूहका नेता ओमप्रकास पुनले सामाजिक संञ्जालमा कारबाही गर्ने चेतावनी दिए । त्यस्तो चेतावनी दिएको ५ दिनपछि छापामार शैलीमा नगरप्रमुख चौधरीलाई विप्लव समूहका कार्यकर्ताले सांघातिक आक्रमण गर्न पुगे । अाजको कान्तिपुरमा खबर छ-घटनाको भोलिपल्ट सोमबार राति ८ बजेर १० मिनेटतिर सुखडबजार नजिकै रहेको घरभित्र रहेका चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घरबाहिर बोलाए । कुराकानी गर्न नपाउंँदै प्रमुख चौधरीको टाउकोमा पहिलो पटक खुकुरी प्रहार भयो भने ४ जनामध्ये एक जनाले गोली चलाए । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरी प्रहारबाट गम्भीर चोट लागेको छ । उनीमाथि पहिला खुकुरी र पछि गोली हानिएको थियो । ‘गोली चलेको आवाज सुनेपछि म बाहिर निस्कें,’ चौधरीका छिमेकी विशाल पाण्डेयले भने, ‘आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा उनीहरूले पेस्तोल देखाएर तर्साए ।’ नगरप्रमुख चौधरीकी भाउजूले पनि आक्रमण रोक्ने प्रयास गरेकी थिइन् । ‘एकाएक ३ वटा मोटरसाइकलमा आएका आक्रमणकारीले आक्रमण गरेर फरार भए, धेरै सोच्ने समय थिएन,’ उनले भने, ‘तत्काल स्कुटीमा राखेर उनलाई नजिकै रहेको घोडाघोडी अस्पताल पुर्‍याएको हुँ ।’ घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई राति नै नेपालगन्ज मेडिकल कलेज लगिएको हो । नेपालगन्जबाट मंगलबार बिहान हेलिकप्टरबाट नगरप्रमुख चौधरीलाई काठमाडौंको शिक्षण अस्पतालमा पुर्‍याइएको छ । घटना भएको एक घण्टाभित्र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेसहितको टोली घटनास्थल पुगेको थियो । थप प्रहरी बलसहित घटनास्थल पुगेका प्रहरी प्रमुख घिमिरेको नेतृत्वमा राति नै प्रहरीले विप्लव समूहका ३ जना जिल्ला सचिवालय सदस्य पक्राउ गरेको हो । घटनास्थलबाट प्रहरीले बरामद गरेको से२प ३६७१ नम्बरको मोटरसाइकल चोरीको रहेको र नम्बरसमेत नक्कली हालिएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहानैदेखि प्रहरी उपरीक्षक घिमिरेसहितको टोलीले आक्रमणमा संलग्नको खोजी कार्यजारी राखेको छ । आक्रमणमा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनले भने, ‘घटनामा संलग्न कोही पनि भाग्न नपाउने गरी प्रहरीले घेरावन्दी गरिसकेको छ ।’ घटनाका विषयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो फेसबुकमा चौधरीलाई जनकारबाही गरिएको उल्लेख गरेका छन्। ‘आर्थिक अनियमिततासँगै उनले कर्मचारी भर्नामा पनि आफन्तलाई बढी प्राथमिकता दिएका र बोक्सी प्रकरणमा मुछिएकालाई जोगाउन खोजेको देखियो’ उनले भनेका छन् ‘त्यसैले उनीमाथि जनकारबाही भएको हो।’ माओवादीका एक अर्का पोलिटब्युरो सदस्यले भने आफ्नो पार्टीको निर्णयअनुरूप नै नगरप्रमुख चौधरीमाथि कारबाही गरेको बताएका छन् । नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘यो पार्टीको निर्णयअनुसार भएको जनकारबाही हो ।’ प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कमल क्षत्री, ह्दय बोगटी र भरत शाह र नाम नखुलेका अर्का १ जनासमेत चारै जना नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका जिल्ला सचिवालय सदस्य हुन् । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending