Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

खबरडबली संवाददाता

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ।

शनिबार पार्टीले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको सूची सार्वजनिक गर्यो। बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई टिकट दिइएको थियो। तर २४ घण्टा नबित्दै आइतबार फेरि ‘टिकट फेरिएको’ चर्चा फैलियो। बझाङमा अफिलालको ठाउँ युवा नेता ऐन महरलाई दिइएको दाबी बाहिरियो भने कञ्चनपुर–१ मा कमला बोहराको टिकट तारा लामा तामाङलाई दिइएको खबर आयो।

युवा नेता ऐन महरले रातोपाटीसँग भने, “शनिबार पनि मलाई टिकट दिने निर्णय भएको थियो। तर बीचमा कसरी अर्को सूची आयो थाहा भएन। आज फेरि निर्णय कार्यान्वयन भएको छ। मेरो टिकट पक्का भएको छ।” उस्तै दाबी तामाङले पनि गरे।

तर शनिबारको सूचीमा नाम रहेका अफिलाल ओखेडा भने असन्तुष्ट छन्। फेसबुकमा उनले लेखेका छन्, “सचिवालय बैठकले टिकट टुंगो लगाएको हो। मेरो सहमतिबिना नाम बदलिएको खबर आएको छ। यस्तो गम्भीर गल्ती एमालेले गर्न सक्दैन। मेरो टिकट खोसियो भन्ने भ्रममा नपर्न आग्रह गर्दछु।”

एमालेले सुदूरपश्चिमका १६ सिटमध्ये केवल एक्ली महिला उम्मेदवार कमला बोहरा अघि सारेको थियो। ४० वर्षमुनिका युवा कोटाबाट केन्द्रीय सदस्य बनेकी बोहरा विद्यार्थी राजनीतिबाट सक्रिय भएकी नेतृ हुन्। तर आइतबार उनकी टिकट खोसिएर तामाङलाई दिइएको खबरले महिला पंक्तिमा आक्रोश फैलिएको छ।

एमालेकी एक नेताले भने, “सुदूरपश्चिमका १६ क्षेत्रमध्ये एउटामा पनि महिला नअटाउने? भएको एउटा टिकट पनि खोस्ने? महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले बनाएको एउटी महिला उम्मेदवारको टिकट खोस्नु विभेदकारी कदम हो।”

टिकट वितरणको अन्योल बझाङ र कञ्चनपुर–१ मात्रै सीमित छैन। समग्र सुदूरपश्चिमका कार्यकर्तामा निराशा फैलिएको छ। स्थानीय नेताहरूले नेतृत्वको ‘आफ्ना मान्छे रोज्ने’ नीति प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

कैलाली क्षेत्र–५ मा पनि पार्टीले बलिया नेता नारदमुनि रानाको टिकट काटेर यज्ञराज ढुंगानालाई अघि सार्दा विवाद उत्पन्न भएको छ। रानाथारू समुदायको ठूलो मतदाता समूहलाई समेत नजरअन्दाज गरिएको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन्।

बझाङमा पनि ऐन महरको टिकट पाउने चर्चा पछाडि २०७९ को निर्वाचनको गणित जोडिएको छ। महर सुदूरपश्चिममा सबैभन्दा कम मतान्तरले पराजित भएका थिए। जिल्ला कमिटीले महरलाई पहिलो नम्बरमा सिफारिस गरे पनि अफिलालको नाम सूचीमा आएपछि स्थानीय नेता झस्किएका थिए।

अहिलेसम्म पार्टीको आधिकारिक धारणा छैन। शीर्ष नेताहरूलाई सोध्दा “थाहा छैन” भन्ने जवाफ आएको छ। बझाङका अफिलाल वा महर, र कञ्चनपुरकी बोहरा वा तामाङ, कसको भाग्य चम्कियो र कसको खुसी खोसियो भन्ने प्रश्नको उत्तर अझै अस्पष्ट छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमपालको घातक स्पेलपछि स्कटल्याण्ड १७० मा रोकियो, प्रतिष्ठाका लागि नेपाललाई १७१ रनको चुनौती

मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...

पर्सा–१ : पुराना दलको साख कि नयाँ शक्तिको लहर? वीरगञ्जको मतले मधेसको दिशा तय गर्ने

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...

वडाध्यक्षले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  ज...

७५ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...

पोखरामा मापसे गरी स्कुल बस चलाउने पाँच चालक नियन्त्रणमा

पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...

भक्तपुर–२ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’ नै किन ?

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...

खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग: बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...

यो निर्वाचन हिंसा, अराजकता र राष्ट्रवादबीच जनाताले गर्ने फैसला जनमत संग्रह पनि होः प्रचण्ड

रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE