Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

यसरी सुरु भएको थियो राजीनामा माग

\"\"काठमाडौं । २०७४ पुस २४ गते दिउँसो २ बजे त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी न्यायलयबाट भएका चिकित्सा शिक्षासम्बन्धी विवादित फैसलाका फेहरिस्त सञ्चारकर्मीसमक्ष पस्किँदै थिए । पत्रकार सम्मेलन पूरा गरेर उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै चौधौं अनशन सुरु गरे । अनशनकै अवस्थामा सोही दिन अपराह्न ४ बजेतिर उनीविरुद्ध अदालतको मानहानि गरेको अभियोग लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता भयो । राति ८ बजे अनशनस्थलबाटै डा. केसी पक्राउ परे । घटनाक्रम यति छिट्टोछिट्टो विकास भयो कि डा. केसी पक्राउविरुद्ध सडकमा प्रदर्शन सुरु भयो, तेस्रो दिन सर्वोच्चले उनलाई धरौटीमा छोड्यो । अाजको नागरिकमा खबर छ-तर केसीले सर्वोच्चमै बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन हुनुपर्ने अडान राखे । अदालतले केसीलाई धरौटीमा छाड्ने र प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि छानबिनका लागि प्रतिलिपि झिकाउन आदेश दियो । त्यसपछि पनि केसी चुप लागेर बसेनन्, उनले काठमाडौं र तनहुँका जिल्ला प्रशासन कार्यालय, परीक्षा नियन्त्रण कार्यलयदेखि न्यायपरिषद् सचिवालयसम्म पुगेर पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि माग्दै निवेदन दिए। केसीविरुद्ध अदालतको मानहानिका एकपछि अर्का मुद्दा परे पनि उनले आवाज उठाउन छाडेनन् । पछिल्लोपकट उनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन माग गर्दै बुधबारदेखि नयाँ अनशन घोषणा गरेका थिए । यसैक्रममा न्यायालयमा एकपछि अर्का घटना विकास भएसँगै केसीले एक साताका लागि अनशन सारेका छन्। डा. केसी त्यसरी प्रधानन्यायाधीशको राजीनामा माग्ने अवस्थामा पुग्ने कारण थियो– पुस २३ गते प्रधानन्यायाधीश पराजुलीकै इजालसबाट भएको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिसम्बन्धी चार वर्ष पुरानो विवाद ब्युँताउने फैसला। चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन डा. शशि शर्माको पदावधि चार दिनदिनमात्रै बाँकी रहँदा पराजुलीले उनलाई बहाली गर्नुपर्ने आदेश जारी गरेपछि डा. केसी आक्रोशित बने । करिब तीन दर्जनपटक सरेको मुद्दाको नयाँ पेसी तोकेर पराजुलीले फैसला सुनाएको दोस्रो दिनमै केसीले अनशन सुरु गरेका थिए । मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा सुनियोजित रुपमा उक्त फैसला सुनाएको आरोप केसीको थियो । उनले विज्ञप्तिमै भनेका थिए, ‘फैसलाले लामो समयदेखि भन्दै आएको कुन कुरालाई पुष्टि गरेको छ भने अहिले हाम्रो न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसित मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ । त्यसैले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन ।’ विज्ञाप्तिमा केसीले प्रधानन्यायाधीश पराजुलीले विभिन्न तहका अदालतमा रहँदा गरेका विवादित फैसला र त्यसले चिकित्सा शिक्षाको सुधारमा पारेका असरसमेत उल्लेख गरेका थिए । केसीका अनुसार पराजुलीले पाटन पुनरावेदन अदालत (तत्कालीन) मा हुँदा जानकी मेडिकल कलेज, नोबल मेडिकल कलेज, काठमाडौं पिपल्स डेन्टल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवाका विषयमा विवादिन निर्णय सुनाएका थिए । यी कलेजमा पूर्वाधार नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना कोटा घटाउन भने पनि पराजुलीले मेडिकल माफियाको प्रलोभनमा परेर पुरानै कोटा कायम गर्न आदेश दिएको केसीको आरोप छ । सर्वोच्च अदालतमा आएपछि पनि पराजुलीले पिपल्स डेन्टल कलेजको पूर्वाधार नपुगेको भन्दै शून्यमा झारिएको सिट अघिल्लो वर्षकै कायम गर्नेगरी ०७१ मा आदेश जारी गरेका थिए। थुपै विवादित मेडिकल कलेजसम्बन्धी मुद्दामा कलेजका पक्षमा हुनेगरी फैसला दिएका पराजुलीले पछिल्लोपटक पुस २३ मा डा. शर्मालाई पुर्नवहाली गर्नुपर्ने फैसला सुनाएपछि केसी आक्रामक बनेका थिए । केसीले पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्र छानबिन गर्दै उनको राजीनामा माग गर्दै आएका थिए । उनले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने केसीको माग थियो । केसीले पराजुलीको जन्ममिति फरकफरक भएकाले छानबिन गर्नुपर्ने माग गरिरहेकै बेला न्यायपरिषद् सचिवालयले बुधबार उनी गत साउनदेखि नै पदमुक्त भएको जानकारी गराएको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending