Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सरकार विस्तारको तयारी

\"\"काठमाडाैं । प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्रका सांसदलाई मन्त्री बनाउनुपर्ने दबाबसमेत परेको छ । अहिले लुम्बिनी क्षेत्रबाट एकजना मात्र मन्त्री छन् । महिलाको पनि सहभागिता गराउने तयारीमा दलहरू लागेका छन् । राष्ट्रपति चुनावलगत्तै सरकार विस्तार गर्ने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए । एमाले र माओवादी दुवैका तर्फबाट सरकार विस्तारको तयारी भइरहेको उनले बताए । अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्र र महिलाको सहभागिता हुने गरी तयारी भएको चौधरीको भनाइ छ । लुम्बिनीमा मन्त्रीका आकांक्षी धेरै लुम्बिनी क्षेत्रका एमाले र माओवादीका सांसद प्रदेश सरकारको मन्त्री बन्न आकांक्षी देखिएका छन् । एमालेबाट रुपन्देहीका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेलगायत आकांक्षी देखिएका छन् । त्यसैगरी, माओवादीबाट रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका सुर्दशन बराल, पाल्पाका तुलाराम घर्तीमगरलगायत आकांक्षी छन् । फोरमले २ मन्त्रालय माग्ने मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम पनि सरकारमा जाने सम्भावना बढेको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको बताए । पाण्डेले पार्टीले केन्द्रमा एमालेसँग छलफल जारी राखेको र केन्द्रसँगै प्रदेश ५ मा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताए । प्रदेश ५ मा फोरमले दुई मन्त्रालय माग गर्ने पाण्डेले बताए । मन्त्रालयका ढाँचा वैज्ञानिक देखिएनन् :  मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका मन्त्रालयको ढाँचा नै ठीक नभएको बताएका छन् । ‘६ वटा ढाँचा वैज्ञानिक देखिएका छैनन्, आवश्यकताका हिसाबले जस्टिफाई गर्न सकिएको छैन,’ उनले भने । सोमबार भएको पत्रकार सम्मेलनमा प्रदेश ५ मा सहरी विकास, पर्यटन मन्त्रालयको पनि आवश्यकता हुन सक्ने बताए । उनले प्रदेशमा कति मन्त्रालय र कति सदस्यीय मन्त्रिमण्डल बनाउनेबारे स्पष्ट पारेनन् । त्यस्तै, उनले संघीय समाजवादी फोरमको सरकारमा सहभागिताका विषयमा अझै टुंगो नलागेको बताए । उनले भने, ‘राष्ट्रियस्तरमा छलफल चलिरहेको छ, केन्द्रमा के हुन्छ, त्यहीअनुरूप प्रदेशमा पनि हुन्छ ।’ चार मन्त्री थपिने सम्भावना अब विस्तार हुने सरकारमा चार मन्त्री थपिने सम्भावना रहेको मन्त्री बैजनाथ चौधरीले बताए । कुन पार्टीबाट कतिजना मन्त्री बनाउने भन्ने अझै पनि टुंगो लागेको छैन । माओवादीलाई थप एक मन्त्री दिएर मनाउने रणनीतिमा एमाले रहेको छ । तर, माओवादीले त्यसमा चित्त बुझाउने सम्भावना कम छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम सहभागी हुने सम्भावना रहेकाले भागबन्डा मिलाउन कठिन भएको हो । माओवादी सरकार विस्तारका लागि तयारी अवस्थामा रहेको माओवादीका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाबी गरे । सबै क्षेत्र समेटिने गरी सरकार विस्तार गर्ने तयारी भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending