Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

बोक्सी आरोप काण्डः यस्तो थियो झाँक्रीको वितण्डा, भोलेबाबा भन्दै सयौँ पार्वती जोड्दै

\"\"कैलाली । केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन्। त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन्। उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए। रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन्। टाढा–टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन्। भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन्। उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन्। घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए। ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ। विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने। पीडित राधाको परिवार सुकुम्बासी हो। उनीहरूसँग अर्काको जग्गामा बनेको सानो घर मात्रै छ। राधाका बुबा लौटन र आमा जोखनीदेवी भगतले छोरीमाथि अत्याचार भएको देखेर पनि केही गर्न सकेनन्। छोरीमाथिको अत्याचार हेरेर बस्न लौटन बाध्य भएका थिए। ‘तर त्यो समाजमा बचाउने मान्छे कोही नभएकाले उनको बोली नै खुलेन’, राधाका कक्षा ८ पढ्ने भाइ रोशनले भने। अधियाँ वा मजदुरी त्यो परिवारकोे दिनचर्या हो। भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आफ्नो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन् । रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार(पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो। उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए। पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन्। भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्। रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए। देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन्। त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending