Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सटरभाडा करोड, संरचना भने जर्जर

\"\"काठमाडाैं । दरबारमार्गस्थित तीनधारा पाकशाला (संस्कृत छात्रावास) को सटर भाडाबाट मात्र वार्षिक १ करोड २७ लाख रुपैयाँ उठ्छ । तर ऐतिहासिक महत्त्व बोकेको यसको भित्री अवस्था भने दयनीय छ । विद्यार्थी बस्ने कोठा कामचलाउ छन् भने पुस्तकालय भवन चुहिने बनेको छ । छात्रावासभन्दा पूर्वतर्फ पुराना नुहाउने कोठा छन् । शौचालयहरू कोठाभन्दा टाढा रहेकाले विद्यार्थीले समस्या भोगेका छन् । न यहाँ विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप नै छ । आजको कान्तिपुरमा खबर छ-सटर भाडाबाट वार्षिक एक करोडभन्दा बढी उठे पनि यहाँभित्रको भौतिक संरचना निर्माणका लागि बजेट अभाव भएको बताउने गरिन्छ । वाल्मीकि विद्यापीठका उपप्राध्यापकसमेत रहेका वार्डेन अर्जुनबाबु दाहाल भन्छन्, ‘पुस्तकालय भवन चुहिने भएपछि बजेट अभावमा पुनर्निर्माण हुन सकेको छैन ।’ पुस्तकालयमा करिब ५ हजार पुस्तक छन् । क्याम्पस प्रशासनले छात्रावासका विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक कार्यक्रम केही पनि गराएको छैन । ‘त्यस्ता सिर्जनात्मक क्रियाकलापको कुनै तालिका छैन,’ दाहालले भने। ‘सटर भाडाको रकम विश्वविद्यालयको खातामा जान्छ,’ वाल्मीकि क्याम्पसका प्रमुख गणेशप्रसाद घिमिरेले भने, ‘क्याम्पस र छात्रावास मर्मतसुधार र पुनर्निर्माण केही पनि भएको छैन ।’ अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र दाताको सहयोगमा केही सुधार गर्ने कदम अघि बढेको उनले जनाए । यसबारेमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले बोल्न चाहेनन् । टेलिफोनमा उनले भने, ‘क्याम्पस प्रमुखसँग सोध्नुहोस् ।’ साढे सात रोपनी क्षेत्रफलमा रहेको छात्रावासका ४ भवन छन् । तिनका २४ वटा सटर भाडामा दिइएका हुन् । छात्रावासको सुधार होला भन्ने अपेक्षा भए पनि यत्तिमै चित्त बुझाउनुपरेको विद्यार्थीको भनाइ छ । ‘सेवा सुविधा हुने ठाउँ हो, तर सम्बन्धित निकायले ध्यान दिन नसक्दा यतिमै चित्त बुझाएका छौं,’ आचार्य प्रथम वर्षका राजेश घिमिरे भन्छन्, ‘संस्कृत शिक्षालाई राज्यले व्यवस्थापन गर्न सकेको भए हामीजस्ता युवाको भविष्य अन्योलमा पर्ने थिएन ।’ यहाँ रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयका ८, ९ र १० कक्षाका ३५ र वाल्मीकि विद्यापीठका ३१ छात्र बस्छन् । छात्रावासमा छात्राका लागि १६ सिट भए पनि अहिले बस्दैनन् । बोलपत्र आह्वानबाट वार्षिक १ सय ११ जना विद्यार्थीका निम्ति खाद्यान्न व्यवस्थापन गरिने र त्यसका लागि वार्षिक ५८ लाखरुपैयाँ खर्च हुने गरेको छात्रावास प्रशासनको भनाइ छ । छात्रावास रेखदेख तथा व्यवस्थापनका निम्ति २७ कर्मचारीको दरबन्दी छ । हाल २२ जना कार्यरत छन् । जसमा वार्डेन, प्रशासक, चौकीदार, धोबी, कुचिकारलगायत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending