Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

एमाले-माअोवादीको पार्टी एकता वैशाख ९ गते हुने

\"\"काठमाडाैं । एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो । संस्थापक महासचिव पुष्पलालको अगुवाइमा २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-स्थापनाकै दिन दुई फरक–फरक धारको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत भएको घोषणा गर्दा सकारात्मक सन्देश सम्प्रेषित हुने नेताहरूको बुझाइ छ । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरूले यो निष्कर्ष निकालेका हुन् । ‘२२ अप्रिल अर्थात् आगामी ९ वैशाखमै एकता घोषणा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने, ‘हाम्रो प्रस्ताव पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने भएकाले त्यसपछि नै औपचारिक निर्णय हुन सक्छ, तर अहिल्यै त्यही मिति हो भन्न सकिँदैन ।’ एकता घोषणासभा बृहत् तयारीका साथ सम्पन्न गर्ने दुवै दलको तयारी छ । चैत पहिलो सातासम्म कार्यदलले काम गर्ने  दुवै पार्टीका नेताहरू सरकार र संसद्सँग जोडिएको काममै बढी व्यस्त देखिएपछि अन्तरिम राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी दुवै कार्यदलले अपेक्षित रूपमा काम अघि बढाउन सकेका छैनन् । अन्तरिम विधान मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेर नेताहरूलाई बाँडेको छ । मस्यौदा अध्ययनपछि आज साँझ गृह मन्त्रालयमै बैठक बोलाइएको छ । चैतको पहिलो साता एकता घोषणा हुने गरी २५ फागुनसम्म एकतासँग सम्बन्धित बाँकी कामको गृहकार्य गर्न ओली र प्रचण्डले गृहकार्य गर्न दिए पनि आजबाट मात्रै प्रारम्भिक मस्यौदामा छलफल अघि बढ्ने भएको छ । ‘अन्तरिम विधानको मस्यौदा र जनसंगठन एकीकरणका लागि तयार गरिएको विधिका सन्दर्भमा आजको बैठकमा विस्तृत रूपमा छलफल हुन्छ’, कार्यदलका सदस्य तथा प्रवक्ता गोकर्ण विष्टले भने, ‘अहिलेसम्म हामीले एकीकृत पार्टीको संरचना, विधि मात्र प्रारम्भिक रूपमा टुंगो लगाएका छौँ, संख्यामा छलफल भइसकेको छैन ।’ कार्यदलकै अर्का एक सदस्यले समय अपुग भएका कारण कम्तीमा ५ चैतसम्म गृहकार्यका लागि आजै दुवै अध्यक्षलाई अनुरोध गर्ने तयारी भइरहेको बताए । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय कमिटी कार्यकारी  कार्यदलमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरू कार्यकारी हुने गरी अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीभन्दा तल प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडा र प्रारम्भिक कमिटी रहने र केन्द्रीय कमिटीभित्र स्थायी समिति र पोलिटब्युरो अंगका रूपमा रहने गरी प्रस्ताव गरिएको छ । केन्द्रमा सहअध्यक्षका रूपमा दुवै पार्टीका अध्यक्षले नेतृत्व गर्ने, तर पदाधिकारी नरहने तथा प्रदेश र स्थानीय कमिटीहरूमा पदाधिकारी रहने, तर दुई कि चारजना राख्ने भन्ने विकल्प छलफलका लागि प्रस्ताव गरिएको छ । केन्द्र र प्रदेशमा तीन आयोग र केन्द्रीय विभागहरू  कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने गरी अन्तरिम विधानको मस्यौदामा प्रस्ताव गरेको छ । केन्द्रीय विभागहरूसमेत राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ । ९ वैशाखमा घोषणा गर्न छलफल गरेका छौँ  : गिरिराजमणि पोखरेल  ९ वैशाख अर्थात् २२ अप्रिलमै एकीकृत पार्टी घोषणासभा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो । हामी प्रस्ताव गर्छौं, तर अन्तिम निर्णय पार्टी एकता संयोजन समितिले गर्ने हो । आज बैठक छ, कार्यदलले सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि समय नपुग्ने देखिएकाले के हुन्छ बैठकपछि मात्र भन्न सकिन्छ । गोकर्ण विष्ट  अन्तरिम विधानको प्रारम्भिक मस्यौदा र जनसंगठन एकीकरणको विधिसम्बन्धी मस्यौदा तयार भएको छ । आजको बैठकमा त्यसबारे विस्तृतमा छलफल हुन्छ । केन्द्रीय कमिटीसहित सबै कमिटीहरूको संख्या कत्रो हुने छलफल भएको छैन । कार्यदल संयोजकले ओली र प्रचण्डलाई मिति प्रस्ताव गर्दै  बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ । कार्यदलका संयोजक रामबहादुर थापा बादल र एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् । ‘उहाँहरूले नै दुवै अध्यक्षलाई कार्यदलमा मितिबारे भएको मोटामोटी समझदारी ब्रिफिङ गर्नुहुनेछ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यहीअनुसार कार्यदलले एकतासम्बन्धी काम गरिरहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending