Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

महिला आत्मसम्मानको प्रश्न

\"\"अन्तर्राष्ट्रिय नारी दिवस सुरु भएको सय वर्ष बितिसक्दा आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्पर्धात्मक सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरजस्ता क्षेत्रमा आममहिला दिदीबहिनी आज पनि संघर्ष गरिरहेका छन् । गरिबी, सामाजिक पृष्ठभूमि, राजनीतिक पहुँच र प्रभावका हिसाबले महिलाका चुनौती झनै जटिल बनेका छन् । अाजको नयाँ पत्रिकामा रेखा थापा लेख्छिन्-बाहिर सतहमा हेर्दा महिलाका सवालमा समाज र राज्य प्रणाली सहिष्णु देखिए पनि साँचो अर्थमा महिलाले सम्मानपूर्ण जीवन प्राप्त गर्न अझ थुप्रै सवाल अधुरा र अनुत्तरित नै छन् । नेपाली महिलाका सन्दर्भमा व्यावहारिक र नीतिगत कैयन् सुधार र रूपान्तरणका काम अझै बाँकी छन् । मातृ मृत्युदर, महिलाको आर्थिक तथा सामाजिक हैसियत, पहिचान र प्रतिस्पर्धी क्षमता, निर्भरता र विविध प्रकारका हिंसा अन्त्य हुन बाँकी छ । सामाजिक नियमका विभिन्न आयाममा छोरी जन्मेदेखि नै विभेद र विषमता झेल्न बाध्य छन् । बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथालगायत कुरीतिका साथै समान प्रकारको विकास तथा अवसरबाट वञ्चित हुनुपरेको छ । समाजमा छोरी बन्ने बनाउने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन् । यही विद्यमान परम्परा सामाजिक संस्कार र मान्यताको दृष्टिबाट छोरी र महिलाको भविष्य अन्दाज गर्ने हो भने लाखाैँ छोरीको जीवन अहिले पनि सम्भावित जोखिमभित्रै छ । सामाजिक र राजनीतिक क्षेत्रमा परिवर्तनका कैयन् सवालमा महिलाको पक्षमा अनुकूल नीति तथा कार्यक्रम आए पनि गरिब र विपन्न महिलाका व्यावहारिक सवाल अनुत्तरित नै छन् । जीविकोपार्जन तथा रोजगारीका अवसर र महिलाको विद्यमान सीप क्षमता उपयोग हुन सकिरहेको छैन । अहिलेको आर्थिक मूलधारबाट आममहिला किनारा लागेका छन् । बहुसंख्यक महिलाको भूमिका परम्परागत निर्वाहमुखी कृषिबाहेक अन्य विकल्प छैनन् । आधा जनसंख्या ओगटेका महिलाको यो आर्थिक बहिस्करणले देशको अर्थतन्त्र एकपांग्रे मात्र भएको छ । सशक्तीकरणको बहसमा आममहिलाको जीवन र उनीहरूको अनुभव र चाहनाभन्दा पनि बौद्धिक बहस र प्रतिनिधिकेन्द्रित भएको पाइन्छ । महिलाको प्रतिनिधिमूलक सहभागिता र राजनीतिक अधिकारलाई प्रतिस्पर्धीभन्दा पनि आरक्षण र संरक्षणउन्मुख अभ्यास थालिएको छ । यसले महिलालाई पुरुषप्रधान राजनीति र शक्तिसँग आशा, अपेक्षा वा कृपाभावलाई प्रोत्साहित गरेको छ । यस प्रकारको संरक्षणमुखी र आरक्षण प्रणालीले महिलाको विद्यमान असमान हैसियतलाई झनै स्थापित गरेको छ । महिलाको परिचय र आत्मसम्मानको सवाल भनेको उनीहरू स्वयंले आर्जन गर्नुपर्ने विषय हो र यसका निम्ति राज्य तथा समाजले उनीहरूको प्रतिस्पर्धी क्षमता विकासको रणनीति बनाउनुपर्छ । उल्लिखित सवाल र चुनौतीका बाबजुद हामीसँग धेरै सम्भावना र नयाँ बाटा प्रशस्तै छन् । सामाजिक मात्र होइन, आर्थिक विकासमा नेपालले छिटै छलाङ मार्न सक्छ । त्यसका लागि आधा जनसंख्या महिलाको गुणस्तरीय क्षमता विकास, उत्पादनमा अवसर र सहभागिता, प्रतिस्पर्धी सामथ्र्य अनि राजनीति र निर्णय प्रक्रियामा आवश्यक दिगो रणनीति अपनाउनु जरुरी छ । आगामी पिँढीका छोरीहरूलाई हाम्रो परम्परागत सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक आन्दोलन जरुरी छ । आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र स्वाधीन र आत्मनिर्भर महिला बन्ने भएकाले असमान र विषम तथ्य परिवर्तन गर्न छोरी तथा महिला स्वयं नै जागरुक हुनुपर्छ । यसरी लडेर स्थापित गरिएको परिचयले मात्र एउटा आत्मसम्मानपूर्ण जीवन निर्माण हुन सक्छ । (कलाकार तथा निर्माता थापा छोरीका निम्ति स्वर्णीम नेपाल महाअभियानकी अभियन्ता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending