Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जिल्लामा सीडीओ नै शक्तिशाली, के के छन् अधिकार ?

\"\"काठमाडौं । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ । जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकार सीडीओमै राख्न प्रस्ताव गरिएको छ। सीडीओले नै कफ्र्यु लगाउनसक्ने, दंगाग्रस्त क्षेत्र घोषित गर्नसक्ने, जिल्लामा कार्यरत कर्मचारीले अनुचित काम–कारबाही गरे छानबिन तथा कारबाही गर्न सक्ने, प्रहरी कार्यालय र प्रहरी कर्मचारीलाई कारबाही र निगरानी गर्न सक्नेलगायत महत्वपूर्ण अधिकार दिँदै गृह मन्त्रालयले नयाँ कानुन तर्जुमा गर्न लागेको हो।

अाजको अन्नपूर्णमा खबर छ-गृहले तयार पारेको आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७४ को मस्यौदामा ७७ वटै जिल्लामा शान्ति, सुव्यवस्था र प्रशासन सञ्चालन गर्न सरकारको प्रतिनिधिका रूपमा काम गर्न संघीय निजामती सेवाबाट सीडीओ नियुक्त गरेर पठाउने व्यवस्था गर्दै सीडीओलाई अत्यधिक अधिकार दिन लागिएको हो। सीडीओले जिल्लामा काम गर्दा प्रदेश सरकारस“ग समन्वय गरी गर्नु पर्नेछ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जिल्लामा संघीय सरकारको प्रतिनिधिका रूपमा सीडीओ रहने र जिल्लाको शान्ति, सुरक्षा कायम गर्ने अधिकार दिने व्यवस्थासहित संघीय शासनअनुसार थप कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए। संघीय सरकारको प्रतिनिधिका रूपमा सबै जिल्लामा सीडीओ रहने भए पनि उहाँहरूलाई दिने अधिकारबारे भने छलफल जारी रहेको उनले बताए। गृहले तयार पारेको ऐनको मस्यौदामा सीडीओले जिल्लामा शान्ति, सुरक्षा कायम गर्ने सिलसिलामा कुनै हिंसात्मक काम–कारबाही हुने वा हुलदंगा हुने आशंका भए रोक्न आवश्यकताअनुसार प्रहरीको सहयोगमा पानीको फोहोरा, अ श्रुग्यास, लाठीचार्ज र हवाईफायरसमेत प्रयोग गर्न पाउने अधिकार दिइएको छ। सीडीओले उक्त अधिकार प्रयोग गरेपछि त्यसको जानकारी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र केन्द्रीय गृह मन्त्रालयलाई दिनु पर्नेछ। सीडीओका प्रस्तावित अन्य अधिकारमा सार्वजनिक शान्ति कायम गर्ने, सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने तथा सुरक्षा गर्ने, सार्वजनिक सेवा अवरुद्ध गर्न सडक, नदी वा सार्वजनिक स्थलमा अवरोध गर्न वा कुनै घर वा सवारीसाधन तोडफोड गर्न नदिनेलगायत छन्।
सीडीओलाई प्रस्तावित अधिकार : – गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने – कफ्र्यु लगाउन सक्ने – दंगाग्रस्त क्षेत्र घोषित गर्न सक्ने – कर्मचारीले अनुचित काम गरे छानबिन तथा कारबाही गर्न सक्ने – प्रहरी कर्मचारीलाई कारबाही र निगरानी गर्न सक्ने – सार्वजनिक शान्ति कायम गर्ने – सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने तथा सुरक्षा गर्ने – नागरिकता र राहदानी प्रदान गर्ने – राष्ट्रिय परिचयपत्र प्रदान गर्ने – जिल्लामा हुने विकास कार्यको अनुगमन गर्ने
प्रस्तावित नयाँ कानुनअनुसार पनि सीडीओलाई नै नागरिकता र राहदानी प्रदान गर्ने अधिकार दिइएको छ। प्रचलित कानुनअनुसार राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, जिल्लामा हुने विकास कार्यको अनुगमन गर्ने, जिल्लामा रहेका सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाको निरीक्षण तथा अनुगमन गर्ने, मुद्दा मामिला र पुनरावेदनसम्बन्धी काम गर्ने अधिकारसमेत सीडीओलाई नै दिने गरी कानुन प्रस्ताव गरिएको छ। सीडीओले पाँच हजारसम्म बिगो भएको चोरी मुद्दा, बगलीमारा मुद्दा र ठगेको मुद्दा, खाद्य तथा गैरखाद्यवस्तुको गुणस्तरसम्बन्धी मुद्दा चलाउन पाउने अधिकार पनि प्रस्ताव गरिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending