Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

राष्ट्रियसभाका मनाेनित ३ सांसदलाई शपथ लिने बाटो खुल्याे

\"\"काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्रि केपी ओलीको नेतृत्वले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यलाई शपथ ग्रहणको बाटो खुला गरेको छ । बुधबार न्यायाधीस केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको संयुक्त ईजलासले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-११ फागुनमा दायर भएको रिटको पहिलो सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिँदै शपथ ग्रहण नगर्नु/नगराउनु भनी गरेको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई सपथ ग्रहण रोकिएको थियो । प्रधानमन्त्री ओली सरकारले मनोनित गरेका तीनै जनालाई ६ फागुनमा राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसमामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीन सदस्यलाई नमोनित नगरी ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यलाई मनोनित गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । आदेशमा भनिएको छ, ‘संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नु ।’ राष्ट्रिय सभा सदस्यका लागि तत्कालीन प्रधानमन्त्रि देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । तीनै जनाले प्रधानमन्त्री ओली नेतृत्वले गरेको मनोनित सदस्यको शपथ रोक्न अन्तरिम आदेश माग गरेका थिए । देउवाले २६ माघमा तीन जनाको नाम सिफारिस गरेको थिए । तर, राष्ट्रपतिबाट सो सिफारिस कार्यान्वयन भएको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending