Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

आन्तरिक स्रोतविनै बन्दै छ प्रदेशमा बजेट

\"\"काठमाडाैं । चालू आर्थिक वर्ष ०७४-७५ का लागि संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर प्रदेश सरकारहरूले बजेट बनाउने भएका छन् । चालू आवको संघीय बजेट आइसकेपछि गठन भएका प्रदेश सरकारहरूले बजेट नबनाएसम्म सञ्चित कोषमा गएको रकमसमेत खर्च गर्न नपाउने अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए । उनका अनुसार चैत महिनाभर सबै प्रदेशले चालू आवको बजेट बनाउने गरी काम सुरु गरिसकेका छन् । यस वर्ष आन्तरिक स्रोतविनै बजेट बन्दै छ । प्रदेशको आम्दानीतर्फ केवल संघीय सरकारबाट गएको समानीकरण अनुदान मात्र प्रदेश सरकारको स्रोतको रूपमा रहनेछ । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्र सरकारले प्रदेशमा प्रारम्भिक संरचना बनाउन ‘इस्टाबिलिस्टमेन्ट कस्ट’का रूपमा १ अर्ब ५ करोड रुपैयाँ निकासा गरेको थियो । सो रकम तत्कालीन सहरी विकास मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभागको खातामा पठाइएको हो । सरकारले तोकेका प्रदेशका अस्थायी राजधानीमा संरचना बनाउन यो रकम खर्च भएको छ । त्यसपछि अर्थ मन्त्रालयले हरेक प्रदेश सभा, प्रदेश मन्त्रालय र प्रदेश सचिवको खातामा जाने गरी कुल १ अर्ब १९ करोड रुपैयाँ निकासा गरेको छ । तत्काल आवश्यक पर्दा खर्च गर्ने गरी पठाइएको यो रकम समानीकरण अनुदानअन्तर्गतकै भएकाले विनियोजन ऐन बनिसकेपछि सोहीअनुसार खर्च समायोजन गर्नुपर्ने प्रावधान छ । प्रदेशले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्न सक्छ । तर, चालू आवमा भने उसको आम्दानीको स्रोत एउटा मात्र रहनेछ । आगामी आवको बजेटमा भने अन्य स्रोत पनि बजेटमा समेटिनेछन् । प्रदेश सरकारले १ असारमा बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । प्रदेश सरकारको बजेट निर्माण तथा त्यसपछिका प्रक्रियामा केन्द्र सरकारले सहजीकरण गर्दै छ । बजेट निर्माण, अर्थले विभिन्न निकायलाई दिने राय तथा सहमति, विनियोजन ऐन निर्माण र कार्यान्वयन, आर्थिक कार्यविधि निर्माणजस्ता व्यावहारिक विषयवस्तुलाई समेटेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने पोखरेलले जानकारी दिए । यसको तयारी भइरहेको उनको भनाइ छ । यसबाहेक बजेट दिग्दर्शन र नमुना कानुनसमेत निर्माण गरेर केन्द्रले प्रदेश सरकारहरूलाई सहजीकरण गरिरहेको उनले जानकारी दिए । कति गयो प्रदेशमा रकम ? प्रदेश सरकारहरूका लागि चालू आवको बजेटमा छुट्याइएको ७ अर्ब १४ करोड ३५ लाख रुपैयाँ समानीकरण अनुदानमध्ये अर्थ मन्त्रालयले पहिलो चरणमा १ अर्ब १९ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेश सभा, प्रदेश मन्त्रालय र प्रदेश सचिवको खातामा जाने गरी निकासा दिइएको हो । अब प्रदेश सरकारका लागि बजेटले दिएको रकममध्ये बाँकी रकम सञ्चित खाता खोलेर माग हुनासाथ तत्काल निकासा दिइने प्रवक्ता पोखरेलले जानकारी दिए । ‘अब थप रकम पठाउन समस्या हैन,’ उनले भने, ‘तर, बजेट नै नबनेको अवस्थामा प्रदेश सरकारहरूले रकम खर्च गर्न सक्दैनन् ।’ कसको खातामा कति निकासा ? -प्रदेश सभा : ७० करोड रुपैयाँ (प्रतिप्रदेश १० करोड रुपैयाँ) -प्रदेश मन्त्रालय : ३५ करोड रुपैयाँ (प्रतिप्रदेश ५ करोड रुपैयाँ) -प्रदेश सचिव : १४ करोड रुपैयाँ (प्रतिप्रदेश २ करोड रुपैयाँ) प्रदेश सञ्चित कोषमा हुने आय – राजस्व तथा आन्तरिक आय – राजस्व बाँडफाँड – नेपाल सरकारको अनुदान – स्थानीय अनुदान – व्यक्तिगत वा संस्थागत सहयोग -वैदेशिक सहयोग – अन्तरप्रदेश सहयोग -अन्य स्रोत प्रदेशमा राजस्व र व्ययको अनुमान – प्रदेशमा बजेट खर्च -अदालती फैसलाबमोजिम तिर्नुपर्ने दायित्व – ऋणको सावाँ तथा ब्याज -आकस्मिक कोष -बजेटमा समावेश क्रियाकलाप
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending