Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

मन्त्री छनोटका लागि बढीमा दुई दिन, राजपा र फोरम सकारात्मक

\"\"काठमाडाैं । फोरमले सत्तापक्षसँग सहमतिपत्रमा हस्ताक्षर गरेपछि बढीमा दुई दिनभित्रै को–को मन्त्री बन्ने भन्ने विषयमा निर्णयमा पुगिने पनि बताएको छ। फागुन ३ मा प्रधानमन्त्री बनेका ओलीले फागुन १६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे पनि फोरमलगायत दल सरकारमा सहभागी गराउने छलफल चलिरहेकै कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ-फोरमलाई प्रधानमन्त्री ओलीले परराष्ट्र र संघीय मामिला मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका थिए। तर, फोरमले नीतिगत मन्त्रालयभन्दा विकासे मन्त्रालय दिएर आफूहरूलाई काम गर्ने मौका दिन आग्रह गर्दै आएको छ। सरकारसँगको सहमतिपछि फोरम अब २ मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा जानेछ। अध्यक्ष यादव नै सरकारमा सहभागी भए मर्यादाक्रममा दोस्रो वरीयता दिने तर उनले सरकारमा सहभागिता नजनाए मर्यादाक्रम तलमाथि हुनेछ। ‘हामीले अध्यक्षका लागि उपप्रधानमन्त्री माग गरेका थियौं तर सरकारले उपप्रधानमन्त्री नै नराख्ने बताएपछि मर्यादाक्रममा अध्यक्ष नै सरकारमा सहभागी भए दोस्रो मर्यादाक्रम दिन ओली सकारात्मक हुनुभएको छ,’ फोरम उपाध्यक्ष कार्कीले भने। पहिल्यैको बुँदामा एमाले लचिलो संविधान संशोधनको विषयमा कांग्रेस–माओवादी नेतृत्वको सरकारले पहिल्यै लगेको संशोधन प्रस्तावमा अहिले एमाले लचिलो बनेपछि फोरमसँग राजनीतिक सहमति हुन लागेको फोरम उपाध्यक्ष कार्की बताउँछन्। कांग्रेस–माओवादी गठबन्धन सरकारले ०७३ चैत २९ मा संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको थियो। तर, त्यसबेला सरकारले ४ महिनापछि मात्रै उक्त संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न लग्दा एमालेलगायत केही साना दलले विपक्षमा मतदान गरेपछि प्रस्ताव असफल भएको थियो। माओवादी–कांग्रेस सरकारले ५ भदौमा विधेकयलाई संसद्मा निर्णयार्थ पेस गर्दा ४८ मत पुर्‍याउन नसकी उक्त संशोधन प्रस्ताव असफल भएको थियो। त्यसबेला पक्षमा ३ सय ४७, विपक्षमा २ सय ६ मत परेको थियो। जबकि दुईतिहाइ पुग्न त्यसबेलाको कुल सांसदको ३ सय ९५ मत आवश्यक पथ्र्यो। एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलले विपक्षमा मतदान गरेपछि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल भएको थियो। संविधानको धारा २७४ को उपधारा ७ संशोधनका लागि अहिले वाम गठबन्धनसँग राजनीतिक सहमति हुन लागेको भन्दै विगतको भन्दा पनि ऐतिहासिक सहमति अहिले हुन लागेको फोरम सहअध्यक्ष श्रेष्ठले बताए। त्यसबेला पनि सरकारले प्रदेशसभा गठनपछि पनि प्रदेश संख्या र सीमा हेरफेर सम्बन्धित प्रदेशका सहमति मात्रै भए पुग्ने व्यवस्था संविधान संशोधनमा प्रस्ताव गरेको थियो। संविधानको धारा २७४ मा बहुसंख्यक प्रदेशसभाको सहमतिमा मात्रै संघीय संसद्को दुईतिहाइले प्रदेशको सीमांकन परिवर्तन गर्न सक्ने व्यवस्था थियो। ‘संविधान संशोधन हामीलाई मात्र होइन, वाम गठबन्धनलाई पनि कतिपय विषयमा गर्नुपर्ने आवश्यकता उहाँहरूले पनि औंल्याउनुभएको छ, दुवैको आवश्यकता र औचित्यतालाई ध्यानमा राखेर संशोधन प्रक्रिया अघि बढ्छ,’ कार्कीले भने। राजपा पनि सकारात्मक प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई गरेको प्रस्तावमा राजपा पनि सकारात्मक देखिएको छ। राजपाले यस विषयमा निर्णय लिने अधिकार अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। ‘हामीले सरकारमा सहभागिताको विषयमा निर्णय लिन र सरकारसँग कुराकानी गर्ने सम्पूर्ण अधिकार महन्थजीलाई दिएका छौं,’ राजपा नेता केशव झाले भने, ‘फोरमसँग संविधान संशोधनमा सरकार लचिलो बन्न खोजेको संकेत पाएका छौं, यो राम्रो हो। सरकार संविधान संशोधनमा सकारात्मक हुनु हाम्रा लागि पनि राम्रै हो।’ ठाकुरले निर्णय क्षमता आफूमा केन्द्रित गरेपछि प्रधानमन्त्री ओलीसँग औपचारिक छलफल गर्न पाएका छैनन्। ओलीसँगको छलफलपछि मात्र राजपाले यस विषयमा थप निर्णय लिने नेता झा बताउँछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending