Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

राजपालाई सरकारमा ल्याउन यस्तो पहल

\"\"काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो । ओली नेतृत्वको सरकारमा जाने-नजाने विषयमा निर्णय लिने जिम्मेवारी राजपाले अध्यक्ष ठाकुरलाई दिएको छ । आजको अन्नपूर्णमा खबर छ-राजपालाई पनि सरकारमा सहभागी गराएर ओली शक्तिशाली सरकारका प्रधानमन्त्री बन्ने रणनीतिअनुरूप छलफल गरेका हुन्। फोरम-राजपा दुवै दललाई दुई-दुईवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ। राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको पुष्टि गरे। उनले भने, ‘ओलीजीसँग सरकारमा सहभागिता, संविधान संशोधन, कैलालीका निर्वाचित सांसद रेशम चौधरीलाई संसद् प्रवेशका लागि कानुनी उपचारलगायत विषयमा गम्भीर परामर्श भएको छ।’ ओलीसँगको परामर्शमा ठाकुरसहित राजपा नेता राजेन्द्र महतो, महेन्द्र यादव र राजकिशोर यादव संलग्न थिए।फोरम र राजपा दुवैले मधेसीको अधिकार सुनिश्चितताका लागि संविधान संशोधनको मागलाई उठाउँदै आएका छन्।दुवै पार्टीका नेताहरूले वाम गठबन्धन संविधान संशोधनको माग पूरा गर्न लचक देखिएको बताउन थालेका छन्। राजपा सरकारमा आउने निश्चित भए राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाउने एमालेका एक नेताले बताए। एमाले-माओवादीले फोरमसँग अघिल्लो सातादेखि सरकारमा सहभागिताका लागि निरन्तर छलफल गरिरहेको छ। तीन दलबीचको छलफल मन्त्रालय बाँडफाँटमा आएर अड्किएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठबीचको विवादका कारण फोरम सरकारमा सहभागी हुन ढिलाइ भएको दाबी फोरमका एक नेताले गरे। फोरमलाई सरकारमा सहभागी गराउन र उनीहरूका सबै माग पूरा गर्न प्रधानमन्त्रीले सहमति जनाइसकेका छन्। फोरमभित्र सरकारमा जाने नाममा कुरा नमिलेकाले आइतबार सहमति गरी मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको योजना रोकिएको एमाले स्रोतले जनाएको छ। वरिष्ठ नेता अशोक राई पत्नी सुशीला श्रेष्ठलाई सांसद बन्नबाट रोकिएको भन्दै अध्यक्ष यादवसँग रुष्ट छन्। सरकारमा फोरमलाई सहभागी गराउने विषयमा सोमबार ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष यादवबीच भएको बैठक निर्णयमा पुग्न सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन नेताको बैठकमा फोरमले बढी मन्त्रालय मागेका कारण सहमति जुट्न नसकेको सत्तापक्षका नेताले बताएका छन्। फोरमले सरकारमा सहभागिताका लागि तीन वटा मन्त्रालय र प्रधानमन्त्रीपछिको वरीयतामा माग गरेको छ। तीन दलबीच संविधान संशोधनमा सैद्धान्तिक सहमति भइसकेको बताइएको छ। यद्यपि, फोरमले सत्तापक्षसँग संशोधनको खाकासमेत माग गरेको छ। सिट संख्या
  • वाम गठबन्धन : १७४
  • फोरम : १६
  • राजपा : १७
  • कुल : २०७
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending