Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

स्वाभिमानी हुम्लाको सपना

\"\"‘हुम्ला’ भन्नेबित्तिकै ‘काठमाडौं’को आँखामा विदीर्ण तस्बिर नाच्न थाल्छ । दुःख, दर्द, अभाव, पीडा र कहालीलाग्दो कथा बुनिन्छ, अझै । तर, सरर मोटरमा हुँइकिने सपना । आफ्नै बारीमा वर्षभरि खानपुग्ने अन्न फलाउने जाँगर । लटरम्म फल्ने स्याउ र सिमी । धानझैँ लहलह झुल्ने उवा । तिनै स्याउ, सिमी, उवा र आलु भरिएर बडेमानका ट्रक हुइकिँदै वीरेन्द्रनगर झरेको हेर्ने हुम्ली सपना, देख्दैन काठमाडौंले । अाजको नयाँ पत्रिकामा खबर छ-काठमाडौं अहिले पनि कहरको कथा सुनाइरहन्छ, सात समुन्द्रपारिसम्म । अनि त हुम्ला पुगिरहन्छन्, नीलो प्लेटका गाडीमा हुइँकिने ‘हाकिम’हरू । उनीहरूको निगाहमा हेलिकोप्टरमार्फत पु¥याइन्छ, कुहिएको चामल । अनि त दुःख, दर्द, कष्ट र पीडासहित कहरको कथा बुनिन्छ, हुम्ला भन्नेबित्तिकै । कहालीलाग्दो कहरको कथाले थिचिएको हुम्लालाई काठमाडौंले कहिल्यै समृद्धिको सपना बुन्न दिएन । सत्ताको उन्मादले कर्णालीको कहर सुनेन, सिंहदरबारले । सायद, पहिचान गुमाएर स्याल दरबार नभइदिएको भए सिंहदरबार, यतिवेला हुम्ली सप्तरंगी जीवन जिइरहेका हुन्थे । भनिन्छ, बाटोले बजार बनाउँछ, बजारले विचार जन्माउँछ । तर, हुम्ला अहिलेसम्म सडक बाटोले जोडिएको छैन । त्यसैले सहरमा बसेर हामीले अनेकन कथा बुन्न पाएका छाैँ । दुःख, दर्द र पीडाका कथा । हुम्लाको आँसुका कथाले पत्रिकाका पाना भरिएका छन् । दातृनिकायका प्रतिवेदनमा खुलेका छन्, निर्दोष हाँसोसहितका तस्बिरमा हुम्लामा पीडा । पीडाको पहाडमा रुमल्लिएर पनि समृद्धिको सानो सपना बुनेका छन्, हुम्लीले । ती सपनाका यात्रीहरू वीरेन्द्रनगरदेखि काठमाडौंसम्म आइपुगेका छन् । तिनैमध्येका एक यात्री हुन्, दलबहादुर रावल । हुम्लाबाट प्रदेशसभाका लागि निर्वाचित प्रतिनिधि रावल यतिवेला कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय हाँकिरहेका छन् । भौतिक पूर्वाधार मात्र होइन सामाजिक पूर्वाधारको विकास गर्नुपर्ने अभिभारा पनि उनको काँधमा छ । प्रस्तुत संवाद मन्त्री रावलसँग हुम्ला केन्द्रित छ । अर्थात्, हुम्ला समृद्धिका लागि रावलका पाँच वर्षका पाँच योजना : सपना सडकको हुम्ला अहिलेसम्म सडक सञ्जालले नजोडिएको जिल्ला हो । त्यसो त डोल्पामा पनि सडक पुगेको छैन, जिल्लाभित्र केही किलोमिटर सडक भने बनेको छ । डोल्पामा आउँदो दुई वर्षमा मोटरबाटो पुग्ला । तर, हुम्लामा त्यो सम्भावना पनि कम छ । रावलकै भनाइमा कम्तीमा ३ वर्ष लाग्छ । दलबहादुर रावलले आफ्नो ५ वर्षे कार्यकालमा जसरी पनि हुम्लामा मोटरबाटो पु¥याउने सपना देखेका छन् । ‘मेरो कार्यालयमा मोटरबाटो पु¥याउँछु,’ रावलले भने, ‘यो मेरो बिउँझिएर देखेको सपना हो, बाटो विकासको आधारभूत आवश्यकता हो, जसले शिक्षा, स्वास्थ्यमा मात्रै पहुँच पु¥याउँदैन, बजारको पनि विकास गर्छ ।’ वीरेन्द्रनगरमा हुम्ला संवादका लागि जोडिएका रावल सुर्खेत–सिमीकोट–हिल्सासम्म दू्रतमार्गको कल्पना गरिरहेका छन् । रावलले सपना सुनाए, ‘नेपालगन्जदेखि सुर्खेतसम्म चार लेनको सडक र सुर्खेतबाट हिल्सासम्म दुई लेनको दू्रतमार्ग ।’ हुन पनि हिल्सासम्मको मोटरबाटोले तिब्बतको कैलाश मानसरोवर पुग्ने पर्यटकलाई सहज मात्रै बनाउने छैन, हुम्लाको आर्थिक समृद्धि पनि यही मार्ग भएर भित्रिनेछ । हिल्सा नाकामा बढ्ने चहलपहलले साँच्चै कर्णाली प्रदेशको मुहार फेर्न सक्छ । सिमीकोटबाट हिल्सासम्मको ९० किमी निर्माण अन्तिम चरणमा पुगेको छ । रावलको भनाइअनुसार च्यासँडाको भीरमा बडेमानको चट्टान छ, जसलाई फोर्न दुई वर्षजति लाग्छ । लिमी–लाप्चाको बाटो भने जोडिइसकेको छ । सडक सञ्जालमा यो पहुँचले कैलाश मानसरोवर जाने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो बाटो हुनेछ । त्यसैले पनि यो बाटो उनीहरूका लागि चल्तीको बाटो साबित हुनेछ । रावलका अनुसार त्यसो भएमा नेपालगन्ज आइपुग्ने भारतीय पर्यटक एक दिन सुर्खेतको वीरेन्द्रनगरमा बस्नेछन् । अनि कालिकोट, बाजुरा हुँदै सिमीकोट पुग्नेछन् । त्यसपछि हिल्सा हुँदै कैलाश मानसरोवर पुग्नेछन् । त्यसको विकल्पमा सुर्खेतबाट एकै दिनमा पनि हिल्सा पुग्न सकिनेछ । रावलले भने, ‘भारतीय पर्यटक एकै दिनमा कैलाश मानसरोवर पुग्ने अवस्था बन्यो भने अहिले हेलिकोप्टर र हवाईजहाजबाट आएका भारतीय पर्यटक मोटरबाटो भएर आउनेछन् ।’ नेपालगन्ज हुँदै मानसरोवर पुग्ने भारतीय पर्यटकको संख्या गत वर्ष १२ हजार थियो । मोटरबाटो सहज बनाएपछि शिवभक्त भारतीयको यो संख्या बढाएर १२ लाखसम्म पु-याउन सकिने रावलको भनाइ छ । अहिले पनि सुर्खेतबाट कालिकोटको मान्मासम्म बाटो पुगेको छ । मान्माबाट उता खनिँदै छ । त्यो काम सेनाले गरिरहेको छ ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले हुम्लाको जलस्रोत विकासमा नारा नै बनाएका छन्– हुम्लाको पानी : राष्ट्रको लगानी ।
‘हुम्ला जिल्लाबाट निर्वाचित सदस्यका नाताले मेरो पहिलो प्राथमिकता कर्णाली करिडोरको कवाडी–सिमकोट–हिल्सा खण्डलाई यथाशीघ्र सम्पन्न गर्नु हो,’ रावलले थप सपना सुनाए, ‘त्यसपछि जिल्लाको दोस्रो प्राथमिकतामा मुगु सदरमुकाम गमगढी जोड्ने चंखेली–सलिसल्ला सडकलाई तीन वर्षभित्र पूरा गर्ने मेरो प्रयास हुन्छ ।’ रावलको सपनाअनुसार ५ वर्षभित्र हुम्ला जिल्ला सडकसञ्जालको केन्द्रीय पहुँचमा जोडिनेछ । यसका लागि रावलसँग आत्मविश्वास र दृढता छ । ‘मैले यसअघि नै प्रतिबद्धता गरिसकेको छु कि अर्को चुनावमा गाडी चढेर चुनाव प्रचार गर्न सकिनँ भने चुनाव नै लड्दिनँ,’ रावलले भने । हुम्लाको पानी, राष्ट्रको लगानी  कर्णाली क्षेत्रमा २१ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता आकलन गरिएको छ । यद्यपि, हालसम्म यस क्षेत्रका नदीबाट उत्पादन हुन सक्ने विद्युत् क्षमताको अनुसन्धान भएको छैन । कालिकोट जिल्ला जलस्रोतका लागि धनी मानिन्छ, सायद कर्णालीसहित तिलाको सम्बन्धले । हुम्ला पनि कम भने छैन । त्यसैले रावलले हुम्लाको जलस्रोत विकासमा नारा नै बनाएका छन्– ‘हुम्लाको पानी : राष्ट्रको लगानी ।’ विद्युत् विकासमा हुम्ली नागरिकको लगानी जोड्न सके स्वाभाविक रूपमा यसले अपनत्व अनुभूति हुनेछ । रावलको विचारमा त्यसो गर्दा जिल्लामा स्थानीयको लगानी केन्द्रित हुनुका साथै उपार्जनका अरू गतिविधि बढ्नेछन् । कृषि, पर्यटन, साना उद्योगहरू फस्टाउनेछन् । ‘५ वर्षभित्र कम्तीमा ५० मेगावाटसम्मको नमुना प्रोजेक्ट हुम्लामा सञ्चालन गर्छु,’ रावलले अर्को सपना सुनाए । सायद, काठमाडौंले यस्तो सपना देखेको छैन । रावल भने अन्य परियोजनाको सम्भाव्यता अध्ययन तथा डिपिआर तयार गरेर स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्ने योजनामा छन् । बिजुली उत्पादन गरेर मात्र नहुने र त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने आवश्यकता रावलले बुझेका छन् । रावलले थप योजना सुनाइहाले, ‘त्यसका लागिसमेत पहल सुरु गरिसकेका छौँ ।’ जलविद्युत् मात्र होइन, त्यही जलको सदुपयोग गरेर सिँचाइमा जोड दिन आवश्यक छ । तुम्च, गल्वा, दार्म, रिडिकोटजस्ता कृषि उत्पादनका लागि अति राम्रा फाँट हुम्लामा छन् । खाद्यान्नमा आत्मनिर्भर र निर्यातका लागि त्यसमा बृहत सिँचाइ परियोजना सञ्चालन गर्न जरुरी छ । ‘त्यतातिर पनि म पहल गर्छु,’ रावलले प्रस्ट्याए ।
खाद्यान्नमा परनिर्भर हुँदै आएका हुम्लीको अनुहारमा त्यही मोटो चामलले चमक होइन, निराशा कोरिएको अनुभूति हुन्छ । हुम्लाका लागि भोकमरीको अन्त्य नै स्वाभिमानको सुरुवात हुनेछ ।
पर्यटन र जडीबुटी  कर्णाली क्षेत्र जडीबुटीको खानी मानिन्छ । डोल्पाको यार्सागुम्बा होस् वा हुम्लाको जटामसी । यी आम्दानीका गतिला स्रोत त हुन्, तर तिनको अवैध निकासी समस्या पनि हो । यसबारे रावलले नसोच्ने कुरै भएन । पर्यटनका लागि ती मनमोहक पाटन, लेक अनि भञ्ज्याङले थप लोभ्याउने गर्छ । त्यसमाथि सिमीकोटदेखि हिल्सासम्मको मोटरबाटोबाट देखिने दृश्य नै पर्यटकका लागि आर्कषक गन्तव्य बन्न सक्छन् । रावलले पर्यटन विकासको योजना जोड्दै भने, ‘पर्यटन सर्किटको निर्माण गरेर छिमेकी मुलुक चीनको मानसरोवर कैलाश यात्रालाई व्यवस्थित गर्छु, छिमेकी जिल्ला मुगुको रारालगायत आन्तरिक तथा बाह्य पर्यटकीयस्थलको प्रर्वद्धन गर्ने योजना छ ।’ उनले बहुमूल्य जडीबुटीको व्यवस्थापन र बजारीकरणको योजना पनि बनाएका छन् । ‘अर्गानिक कृषि उत्पादनको विकास र प्रर्वद्धन गर्ने हो,’ रावलले सन्तुष्टिको सास फेर्दै भने, ‘५ वर्षभित्र यति काम सुरु गर्न सकियो भने हुम्ली बेरोजगार युवाले रोजगारी पाउनेछन् ।’ स्वाभिमानको सुरुवात लाखौँ मूल्य पर्ने बहुमूल्य जडीबुटी बेच्ने सामथ्र्य भएका हुम्लावासी ५० रुपैयाँ किलोको मोटो चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यतामा छन् । खाद्यान्नमा परनिर्भर हुँदै आएका हुम्लीको अनुहारमा त्यही मोटो चामलले चमक होइन, निराशा कोरिएको अनुभूति रावल गर्छन् । हुम्लाका लागि भोकमरीको अन्त्य नै स्वाभिमानको सुरुवात हुनेछ । रावलले अलिक पीडायुक्त स्वरमा भने, ‘उत्पादन र खाद्यसुरक्षाका हिसाबले अहिले पनि अत्यन्त जोखिममा छ, हुम्ला । रोग, भोक र गरिबी हुम्लीको भनेर पहिचान बनेको छ । जसबाट सोझा, स्वाभिमानी हुम्लीको शिर निहु-याउने काम भएको छ, त्यसको अन्त्य गर्छौं । स्वाभिमानको सुरुवात हुन्छ ।’ शिक्षा–स्वास्थ्यमा सुधार हुम्ली नागरिकले प्राविधिक ज्ञानमा जोड दिनु आवश्यक छ । किनकि उनीहरूलाई कम्तीमा हुम्लामा उत्पादन हुने सिमी, फापर, स्वाउ तथा आलुबारे ज्ञान राख्ने र जडीबुटी प्रशोधन गर्ने ज्ञान चाहिएको छ । हुम्लामा प्राविधिक शिक्षाको सुरुवात रावलको पाँचौँ योजनामा छ । ‘जिल्लाका तीनवटा भौगोलिक भागमा कम्तीमा डिप्लोमासम्मको तीनखाले आवासीय प्राविधिक शिक्षालय सञ्चालन गर्न आवश्यक छ,’ रावलले भने, ‘सदरमुकाम सिमीकोटमा रहेको मानसरोवर क्याम्पसलाई त्रिविको आंगिक बनाउनुपर्नेछ । शिक्षाको गुणस्तर निकै खस्केको छ । यसलाई सुधार्न आवश्यक छ ।’ हुम्लामा आधारभूत स्वास्थ्य सेवाको समेत समस्या छ । आजको समयमा पनि सिटामोल नपाउने पीडामा यहाँका जनता छन् । जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थाको स्तरोन्नति गर्नुपर्ने आवश्यकता रावलले देखेका छन् । ‘भौगोलिक रूपमा विकट जिल्ला भएकाले दक्षिणी भेग, मध्यभेग र उत्तरी भेगमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरेर न्यूनतम एमबिबिएस डाक्टर राख्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर योजनाबद्ध रूपमा अगाडि बढ्ने योजना बुनेको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending