Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

ओली–ठाकुर दुई घण्टा छलफलः राजपालाई पनि सरकारमा ल्याउने तयारी

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन पहल थालेका छन् । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने छलफल करिब अन्तिम विन्दुमा पुर्‍याएका ओलीले राजपालाई पनि ल्याउन लागेका हुन् । राजपा अध्यक्ष महन्थ ठाकुरसंग आइतबार बिहान प्रधानमन्त्री ओलीले झन्डै दुई घण्टा छलफल गरेका थिए । मुलुक बनाउने उद्देश्यले आफू अघि बढिरहेकाले यो काममा सहकार्य गर्न खोजेको भन्दै उनले ठाकुरलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । ‘मुलुकको विकासका लागि धेरै काम गर्नुपर्नेछ यसका लागि सबै दल मिलेर जाऔ भन्ने प्रधानमन्त्रीको आग्रह थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘सरकारलाई बहुमत आवश्यक छैन, तर सबै संग मिलेर जाने उद्देश्यले प्रस्ताव गरेको हुँ ।’
अाजको कान्तिपुरमा खबर छ-प्रदेश २ मा फोरम र राजपाको गठबन्धन छ । फोरमसंग केन्द्रीय सरकारमा बाम गठबन्धनले सहकार्य गर्न खोजेपछि राजपा नेताहरू केही झस्किएका थिए । आफूहरूसँग छलफल नै नगरेको भन्ने प्रतिक्रियासमेत राजपा नेताहरूबाट आएको थियो । फोरमसँग सहमति हुने अवस्था बनेपछि राजपा अध्यक्ष ठाकुरले तीन दिन पहिले विज्ञप्ति जारी गरी संविधान संशोधन लगायतका माग सम्बोधन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
ठाकुरको यस्तो विज्ञप्ति आएपछि पहिलो पटक ओलीले बोलाएर छलफल र सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीसँगको छलफलमा अध्यक्ष ठाकुरले आफ्नो दलभित्र यसबारे विस्तृत छलफल गर्नेजवाफ दिएका छन् ।राजपाको आन्तरिक छलफलबाट सरकारमा जाने निर्णय भए एमाले र माओवादीले आफ्ना भागका परेका मन्त्रालयहरू मिलाएर राजपा र फोरमलाई दिनेछन् ।
आइतबारै फोरमसँग पनि एमाले नेताहरूले दुई चरणमा छलफल गरेका थिए । छलफल सहमति उन्मुख रहेको नेताहरूले बताए । फोरमले तीनवटा मन्त्रालय र उपप्रधानमन्त्री समेत मागेकाले औपचारिक सहमति हुन सकेको छैन । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री भन्ने पद नै आफने मन्त्रिपरिषद्मा नराख्ने जवाफ फोरमलाई दिइसकेका छन् । त्यसैले प्रधानमन्त्री पछिको वरीयताको मन्त्री चाहिने अडान फोरमको छ । तर यसमा कुरा मिलेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending