Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

गोपाल पराजुलीलाई डा. केसीको प्रश्नः २०२६ सालमा तपाईं पास कि फेल ?

\"\"काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल  ? परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. गोविन्द केसी, उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र सहयोगी प्रितम सुवेदीले यसबारे प्रस्ट गराइदिन पराजुलीसमक्ष नै आइतबार निवेदन दिएका छन् । अाजको कान्तिपुरमा खबर छ-पराजुलीले न्याय परिषद्मा पेस गरेको नेपाल ल क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदनसम्बन्धी अभिलेखमा उनले २०२६ सालमा चितवनको शारदा विद्यालयबाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको उल्लेख छ । तर त्यसमा सिम्बोल नम्बर भने वीरगन्जस्थित राष्ट्रिय विद्यापीठको (सिम्बोल नम्बर ११७/एनआरबी) लेखिएको छ । ‘जबकि, सम्माननीयज्यूले विश्वविद्यालयमा भर्ना हुँदा र न्यायाधीशको पदमा नियुक्त हुँदा २०२६ सालमा शारदा हाईस्कुल चितवनबाट प्रवेशिका अनुत्तीर्ण भएको स्थानान्तरण प्रमाणपत्र आफैं पेस गर्नुभएको देखिन्छ,’ पराजुलीलाई केसीको प्रश्न छ, ‘सम्माननीयज्यू स्वयंले पेस गरेको उक्त अभिलेखमा चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ? साथै, किन प्रवेशिका उत्तीर्ण गरेको शैक्षिक/चारित्रिक/स्थानान्तरण प्रमाणपत्र पेस नै गरिएन ? भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । यो अभिलेख अनुहारबाटै दूषित देखिन्छ । यो अभिलेखले ठगी तथा किर्तेसम्बन्धी कसुर भएको आशंकालाई नै थप स्थापित गर्छ । यसको कारण के हो जानकारी पाऊँ ।’ प्रधानन्यायाधीशको पद र यसका लागि आवश्यक पर्ने स्वच्छताको जानकारी माग्न पाइने हक संविधानको धारा २७ ले नै नागरिकलाई दिएकाले त्यसैका आधारमा आफूलाई पराजुलीको योग्यतामा उठेका प्रश्नहरूको आधिकारिक सूचना पाउने अधिकार भएको केसी र उनको पक्षको जिकिर छ । ‘पराजुलीले कतै आफू शारदा माविबाट फेल भएको र कतैचाहिँ शारदा माविबाट पास भएको विवरण पेस गरेको तथ्य फेला परेका छन्,’ अधिवक्ता अर्यालले भने, ‘एउटै व्यक्ति एकै वर्ष एउटै परीक्षामा कसरी पास र फेल दुवै हुन्छ ? कुरो बुझ्न नसकेपछि हामीले उहाँलाई नै सोधेका छौं, प्रमाणसहितको चित्तबुझ्दो जवाफ नआए किर्ते र ठगी गरेको अभियोगमा उहाँविरुद्ध फौजदारी दायित्व लाग्ने हुनाले उजुरी दिन हामी बाध्य हुनेछौं ।’ सर्वाेच्च अदालतको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवादको समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्था छ । यसरी निवेदन दिँदा विवाद समाधान नभएमात्र सर्वाेच्चमा रिट हाल्न पाइने प्रावधानको सम्मान गर्दै गत साता डा. केसीको समूहले पराजुलीको योग्यता सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने भन्दै सर्वाेच्च अदालतस्थित उनको सचिवालयमा निवेदन दिएको थियो । तर सचिवालयका कर्मचारीले व्यक्तिगत सूचनाहरू सचिवालयबाट दिन नमिल्ने भन्दै जवाफ फर्काएका थिए । आफूले निवेदन सचिवालयका कर्मचारीलाई नभई स्वयं प्रधानन्यायाधीश पराजुलीलाई नै दिएकाले जवाफ पनि उनबाटै आउनुपर्ने जिकिर गर्दै थप तथ्यसहित केसी र उनको समूहले आइतबार फेरि अर्काे निवेदन दिएको थियो । उक्त निवेदन सचिवालयले दर्ता गरेको छ । त्यसका साथै केसी र उनको समूहले पराजुलीको योग्यताबारेका प्रश्न निवारणका लागि आवश्यक कागजात उपलब्ध नगराएकाले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं र परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीविरुद्ध सूचना आयोगमा आइतबारै निवेदनसमेत दिएको छ । पराजुलीले ०२६ सालमा एसएलसी परीक्षा दिनका लागि अनुत्तीर्ण लेखिएको स्थानान्तरण प्रमाणपत्र (बायाँ) र सोही साल हाईस्कुल परीक्षा पास गरेको उल्लिखित प्रमाणपत्र जसमा उनले शारदा विद्यालयबाटै हाईस्कुल उत्तीर्ण लेखिएको भए पनि सिम्बोल नम्बर भने नेपाल राष्ट्रिय विद्यापीठ (११७ एनआरबी) उल्लेख छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending