Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

प्रचण्ड किन कविता र उपन्यास पढ्दा भावुक भएर पढ्नै सक्दैनन् ? यस्तो रहेछ कारण

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्राकृतिक रूपमै संवेदनशील र भावुक भएकाले आवाज निकालेर साहित्यिक रचना पढ्न नसक्ने बताएका छन् । माओवादी नेता एवम् पूर्वमन्त्री दीनानाथ शर्माको आइतबार साझाले प्रकाशन गरेको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’ सार्वजनिक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । अाजको अन्नपूर्णमा खबर छ-‘म प्राकृतिक रुपले अली बढी संवेदनशील र भावुक छु। राम्रो कविता बोलेर पढ्न सक्दिन। म यत्ति भावुक हुन्छु कि शब्द निकालेर पढ्दा मलाई धेरै गाह्रो हुन्छ’, प्रचण्डले आफ्नो स्वभावबारे भने, ‘अनि मनमनै पढ्छु। राम्रो निबन्ध निबन्ध पढ्दा पनि मलाई त्यस्तै हुन्छ। राम्रो उपन्यास पढ्दा पनि मलाई त्यस्तै हुन्छ ।’ लेनिनको भनाइ उद्धृत गर्दै प्रचण्डले राजनीतिमा बाध्यात्मक सक्रियताले गर्दा आफूले साहित्यमा ध्यान दिन नसकेको समेत बताए। उनले नेता शर्माले भने राजनीति र साहित्यमा समानान्तर रूपमा सक्रियता देखाएर उदाहरण प्रस्तुत गरेको उल्लेख गरे । ‘दैनिक राजनीति र घटनाक्रमको चपेटाले गर्दा मैले साहित्यिक क्षेत्रमा चाहेजस्तो ध्यान दिन सकेको छैन’, प्रचण्डले दीनानाथको प्रशंसा गर्दै भने, ‘एउटा मान्छेले समानान्तर ढंगले साहित्य र राजनीतिमा लाग्न सक्छ भन्ने उदाहरण दीनानाथ शर्मा कमरेडले प्रस्तुत गर्नु भएको छ।’ उनले शर्मालाई साहित्य र राजनीतिको एउटा मोडलको संज्ञा दिए। कार्यक्रममा प्रचण्डले साझा प्रकाशनले झेल्नुपरेका समस्या हल गर्न सरकार र पार्टीका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साझा बचाउने कुरा नेपाली भाषा साहित्यको रक्षा, नेपाल राष्ट्रको एकता, नेपाली मनोविज्ञान र भावनाको कदरसँग सम्बन्धित भएको भन्दै उनले साझा जोगाउन सहयोग गर्ने बताए। ‘साझालाई यहाँसम्म ल्याउन यसका हरेक अभियानमा साथ दिएको छु, अभियानमा लाग्नु हुने सबैप्रति श्रद्धा र ऐक्यबद्धता रहँदै आएको छ’, प्रचण्डले भने, ‘विगतमा राजनीतिज्ञ र प्रधानमन्त्रीको हैसियतले सहयोग गरेकै हो, तर त्यो पर्याप्त भएको छैन।’ प्रचण्डले साझालाई सहयोग गर्दा समेत प्राविधिक अप्ठेरो आइपरेको समेत खुलासा गरे। उनले साझाको भवन बनाउने पहलमा साथ दिँदा जग्गा अर्कैले लिलामी गरेको सार्वजनिक गर्दै प्राविधिक अप्ठेरो परेको बताएका हुन्। कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाका समस्या र प्रगति विवरणबारे लिखित जानकारी गराएका थिए । पार्टी एकता जनताको चाहना प्रचण्डले एमाले र माओवादीको एकता आम जनताको चाहनामै भएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको १४ वर्षे जेलजीवन र आफ्नो १४ वर्षे वनबासको नतिजाले नै एमाले र माओवादीलाई एकतामा पुर्याएको दाबी गरे। ‘एउटा नेता १४ वर्षसम्म जेलमा अनेक उतारचढाव भोगेर आयो। अर्को नेता १४ वर्ष वनबास बसेर सबै उदारचढाव भोगेर आयो’, प्रचण्डले भने, ‘अहिले एउटा संयोग यस्तो बन्यो कि अब हामी एक भएका छौँ।’ उनले दुई नेता एक हुनु सबैको चाहनाको अभिव्यक्ति भएको बताए। देश अझ स्वाधिन बनोस् भन्ने सबैको चाहनाकाका कारण नै पार्टी एक भएको उनको भनाइ छ। ‘पार्टी एकता हामी सबैको चाहनाको अभिव्यक्ति हो। साहित्यकार, कलाकार, मजदुर, बुद्धिजीवी, संस्कृतिकर्मी, पत्रकार सबैसबैको चाहना नेपाल राष्ट्र अझ बलियो बनेर जाओस् भन्ने हो’, प्रचण्डले भने, ‘देशको स्वाधिनता अझ सुदृढ बनेर जाओस् भन्ने चाहनाकै अभिव्यक्तिका लागि हामीले एकताको सन्देश दिएका हौं।’ साझा प्रकाशनले छापेको शर्माको कृतिमा २० वटा निबन्ध समेटिएका छन्। कार्यक्रममा लेखक शर्माको कृतिमाथि प्रा.डा. उशा ठाकुर, प्रा.डा. बासुदेव त्रिपाठी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समीक्षात्मक मन्तव्य व्यक्त गरे। कार्यक्रममा लेख शर्मालाई साहित्यकार मदनमणि दीक्षित, सत्यमोहन जोशी, प्रदीप नेपाललगायतले बधाई तथा शुभकामना दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा प्रकाशनका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending