Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

किन लिएनन् आठ सांसदले शपथ ?

\"\"काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसद आइतबारको शपथमा अनुपस्थित रहे । संसद सचिवालयका अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा शपथमा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका दुई सांसद छन् । टीकापुर हत्या प्रकरणका योजनाकार भनिएका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी थुनामा छन् ।
अाजको कान्तिपुरमा खबर छ-सर्लाही–२ बाट निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव पनि अनुपस्थित रहे। प्रतिनिधिसभामा नागरिताका आधारमा ज्येष्ठ सदस्य रहेका यादवले कागजीरुपमा मात्रै ज्येष्ठ सदस्य रहेको स्वीकार गर्दै ‘संसदको मर्यादा राख्न’आफूले ज्येष्ठ सदस्यको शपथ नलिएको बताए। यादवले स्वीकार गरेको भए राष्ट्रपतिबाट शपथ लिएर प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ खुवाउनु पर्थ्यो। उनले अस्वीकार गरेपछि उनीपछिका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाएका छन्। त्यसअघि ठाकुरले शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका थिए ।
संघीय संसद सचिवालय स्रोतका अनुसार यादवले अब नयाँ सभामुख चयन नभएसम्म शपथ लिन मिल्दैन। फागुन २६ गते नयाँ सभामुख चयन भएपछि मात्रै यादवले शपथ लिनेछन्। तर, उनले सभामुख निर्वाचनमा मत दिन पाउने/नपाउने भन्ने अनिर्णीत छ। ‘मतदाता सूचीमा नाम निकालेर मतमात्रै दिने व्यवस्था मिलाउन सकिन्छ,’ संसद् सचिवालयका एक अधिकारीले भने ।
शपथ ग्रहणमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र धर्मशीला चापागाईं पनि अनुपस्थित रहे। अर्घाखाँचीबाट निर्वाचित रायमाझीका बुवाको निधनका कारणले अनुपस्थित रहेका हुन् भने माओवादी केन्द्रकै समानुपातिक सांसद चापागाईं आमाको निधनका कारण उपस्थित हुन सकिनन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५५ जना सांसदले शपथ लिए। राष्ट्रिय सभामा भने राजपा नेपालका सांसद रमेशप्रसाद यादव अनुपस्थित रहे। सर्वोच्च अदालतको आदेशपछि तीन जनाको शपथ रोकिएको थियो। केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, विमला पौड्याल र रामनारायण विडारीविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले खतिवडा, पौड्याल र विडारीको शपथमा रोक लगाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending