Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेस संसदीय दलको अंकगणित: आज उम्मेदवारी, भोलि मतदान

\"\"
काठमाडाै । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे ।आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ । तर, संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँछ । संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुईतिहाइले जित्ने बताए । ‘सभापतिले नेता बन्ने चाहना राखेपछि अन्य नेता सर्वसम्मत बनाउन राजी हुनुपर्ने हो । कसैले प्रतिष्ठाको विषय बनाएर सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ,’ खाणले नयाँ पत्रिकासँग भने, ‘सभापतिजी उम्मेदवार बन्नुहुन्छ । दुईतिहाइ मतले नेतामा जित्ने निश्चित छ, त्यसभन्दा बढी मत ल्याउने कोसिस हामीले गरिरहेका छौँ ।’ पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा पुर्‍याउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताए । ‘अवसर पाएर पनि सफल नेतृत्व दिन नसक्ने नेतालाई, पुनः संसदीय दलको नेता बनाउनु भनेको पार्टीलाई झन् कमजोर बनाउनु हो,’ सिंहले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा संस्थागत सुधार गर्न र वर्तमान चुनौतीबाट पार लगाई ५ वर्षपछि हुने निर्वाचनमा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन मेरो उम्मेदवारी हो । साथीहरूले मेरो योजनामा साथ दिनुहुनेछ भन्ने आशा छ ।’ यस्तो छ अंकगणित प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ । तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् । सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको आँकलन छ । संस्थापन पक्षका नेता खाणले आफूहरूले दुईतिहाइ मत पुर्‍याइसकेको र, त्यसभन्दा बढी पुर्‍याउन आफूहरूले अर्को पक्षका सांसदहरूसँग ‘वान टु वान’ कुराकानी गरिरहेको बताए । ‘दुईतिहाइ त पुगिहाल्यो, त्यसभन्दा बढी ल्याउन हाम्रो प्रयास जारी छ,’ खाणले भने । सोमबार निर्वाचन सोमबार हुने दलको नेता निर्वाचनका लागि आइतबार(आज)उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending