Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सेनाजस्तै स्वास्थ्य क्षेत्र

\"\"उपचारका क्रममा बिरामीको मृत्यु हुने । अस्पतालमा आउने सेवाग्राही र चिकित्सकबीच मतभेद मात्रै नभएर हातपातसम्म हुने । यी परिदृश्य सामान्य बन्न थालेका छन् । डाक्टर लोचन कार्की एक वर्षअघि नेपाल चिकित्सक संघको महासचिवमा निर्वाचित हुँदा र आजको परिदृश्यमा खासै भिन्नता छैन ।  स्वास्थ्य क्षेत्रको सुधार, चिकित्सकको हकहित स्थापित र परिष्कृत गर्ने केही बटमलाइन बनाएर योजना प्रस्तुत गरेका कार्कीसमेतको निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल सुरु भएको छ । यसभन्दा अघिल्लो कार्यकालमा भए/गरेका राम्रा कामलाई निरन्तरतासँगै बहालवाला कार्यसमितिको पहिलो प्राथमिकतामा स्वास्थ्य संस्था सुधार र चिकित्सकको सुरक्षा थियो । तर, स्वास्थ्य संस्थाको सुधार र स्वास्थ्यकर्मीको सुरक्षाको समस्या व्यवहारमा भने ज्युँका त्युँ छ । नेपाल चिकित्सक संघका महासचिवसँग गरिएको कुराकानी अाजको नयाँ पत्रिकामा छ । गल्ती गर्नेलाई दण्ड हामीले चिकित्सक संघको नेतृत्व सम्हाल्दै गर्दा चिकित्सा क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा थियो । सामान्य विषयमा पनि जताततै अस्पताल तोडफोड हुने र चिकित्सकमाथि हातपातका घटना दिनैपिच्छे मिडियाबाट सार्वजनिक भइरहेका थिए । गल्ती कसको हो भन्ने निष्कर्षमा नपुग्दै चिकित्सकमाथि आक्रमण हुन थालेको थियो । नेतृत्व सम्हाल्दै गर्दा हामी निकै चिन्तित भयौँ । नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बनेको छ । तर, त्यो लागू हुन सकेको छैन । चिकित्सकको गल्ती हो भने उसले जिम्मा लिनैपर्छ । सजायँको भागिदार हुनुपर्छ । तर, विनाकसुर चिकित्सकलाई कुटपिट, आक्रमण गरिन्छ भने त्यस्ता आक्रमणकारीलाई विनाधरौटी थुनामा राख्ने व्यवस्था गर्नुपर्छ । हामी यही मागमा छौँ । भारत, बेलायत, अस्ट्रेलियालगायत देशमा भएका व्यवस्थाअनुसार कानुन परिष्कृत र परिमार्जित गरिनुपर्छ । बर्दी लगाएका प्रहरीमाथि हातपात गर्नेलाई अपराधी मानिएजस्तै विनाकारण चिकित्सकलाई हातपात गर्न नपाउने कडा व्यवस्था हुनुपर्छ । अदालतको अवहेलना गरियो भनेर डाक्टर गोविन्द केसीलाई थुनेको उदाहरण हामीसामु छ । सेतो कोट लगाएको डाक्टरलाई कसैले हातपात ग¥यो भने त्यसलाई फौजदारी कसुर मानौँ र त्यसलाई निश्चित समय तोकेर विनाधरौटी थुन्ने व्यवस्था गरौँ । यसो गरियो भने व्यावसायिक विचौलिया समूह, जसले बिरामीको आडमा डाक्टरलाई तर्साएर अस्पतालमा तोडफोड गर्छ, आर्थिक फाइदा लिन्छ, त्यसमा कमी हुन्छ । आजसम्मका घटनालाई हेर्ने हो भने त्यसरी हप्काएर, तर्साएर लिइएका आर्थिक फाइदा बिरामीले कम र विचौलिया समूहले बढी लिने गरेको पाइएको छ । त्यसैले यस्तो प्रवृत्ति भएकालाई विनाधरौटी जेल चलान गर्ने प्रावधान स्थापित गर्न सकियो भने आपराधिक मनोबल भएका समूह स्वतः निरुत्साहित हुनेछन् । यसबाट स्वास्थ्य क्षेत्रले सुरक्षित महसुस गर्नेछ । गुणस्तरीय स्वास्थ्य सेवा सहज हुनेछ । तर, यसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले पनि संवेदनशील र गहन मानवता प्रस्तुत गर्न जरुरी छ । पाँच प्रतिशत सेवा शुल्क हटाउनुपर्छ संविधानले स्वास्थ्य सेवा निःशुल्क गर्ने व्यवस्था गरे पनि राज्यले बिरामीसँग ५ प्रतिशत अतिरक्त स्वास्थ्य सेवा शुल्क लिँदै आएको छ । सामान्य रोग लाग्दा पनि गरिब जनताले ५ प्रतिशत कर तिर्नुपर्दा उनीहरूमाथि अन्याय भइरहेको छ । यसलाई हटाउनुपर्ने मागमा हामी छौँ । शिक्षामा पनि पहिला यस्तै व्यवस्था थियो । ५ प्रतिशतबाट अहिले १ प्रतिशतमा झारिएको छ । राज्यले बिरामीको रेकर्ड राख्न त्यसो गरेको हो भने सेवा शुल्क १ प्रतिशत गर्दा हुन्छ । त्यो रकम बिरामीले तिर्नुपर्ने भएकाले उनीहरू आर्थिक मारमा छन् । हामीले सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराएका छौँ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघबीच भएको सम्झौतामा यो व्यवस्थालाई तत्काल खारेज गर्ने कुरा भएको छ । मन्त्रालयलाई प्रधानमन्त्रीले यो व्यवस्था हटाउन निर्देशनसमेत दिनुभएको थियो । तर, अहिलेसम्म हटेको छैन । स्वास्थ्य र अर्थ मन्त्रालयले यो विषयमा सोच्नुपर्छ । प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय देश संघीयतामा गएको छ । स्वास्थ्य क्षेत्रलाई पनि प्रादेशिक संरचनामा लैजानुपर्ने हाम्रो मान्यता छ । केन्द्रमा जस्तै प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालयको आवश्यकता हामीले देखेका छौँ । सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाएर चिकित्साक्षेत्रकै व्यक्तिलाई प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिँदा गाउँ–गाउँमा स्वास्थ्य क्षेत्रको सुधार, विकास र व्यवस्थापन गर्न सहज हुन्छ । स्वास्थ्य संवेदनशील क्षेत्र स्वास्थ्य पनि सेनाजस्तै संवेदनशील क्षेत्र हो । यसलाई केन्द्रमा जस्तै छुट्टै राख्नुपर्छ । अन्यथा भोलि द्वन्द्व निम्तिन सक्छ । अहिले प्रदेशमा सामाजिक सुरक्षा मन्त्रालय भनेर स्वास्थ्यलाई त्यहीमातहत राखिएको छ । स्वास्थ्य क्षेत्रको मान्छेले शिक्षाको कुरा नबुझेझैँ अन्य क्षेत्रका मान्छेले पनि स्वास्थ्यको विषयमा सही निर्णय लिन गाह्रो हुन सक्छ । नेपालमा डाक्टरले आफ्नो क्षमताको अधिकतम उपयोग गरेर काम गर्ने वातावरण छैन । सरकारले पनि चिकित्सकको मनोबल गिराउने काम गरिरहेको छ । यसकारण डाक्टरहरू बिरामी हेर्न मान्दैनन् । सरकार र चिकित्सकबीच भएको सम्झौतामा स्वास्थ्यकर्मीको सेवा सुविधा समयानुकूल बनाउने भन्ने थियो । तर, यस विषयमा पनि अहिलेसम्म कुनै प्रगति भएको छैन । सम्झौतामा इमानदारी नदेखिनु धोका हो । राज्यले डाक्टर गोविन्द केसीसँग पटक–पटक गरेका सम्झौता कार्यान्वयन नहुनुले राज्यको विश्वासनीयतामा आँच आएको छ । डाक्टरको सुविधा अनुपयुक्त एउटा डाक्टर सरकारी सेवामा प्रवेश गर्दा सातौँ तहबाट प्रवेश गर्ने चलन थियो । हामीले नवौँ तहबाट प्रवेश गर्ने व्यवस्था गर्न माग राख्यौँ, अहिले आठौँ तहबाट सरकारी सेवामा प्रवेश हुने व्यवस्था छ । एमबिबिएस डाक्टर बन्न घटीमा ३५ लाख खर्चिनुपर्छ । यो राज्यले नै गरेको व्यवस्था हो । एमडी गर्न पनि लाखौँ खर्च हुन्छ । तर, आठौँ तहमा प्रवेश गरेको डाक्टरले मासिक ३५ हजार तलब पाउँछ । पढ्नका लागि ३५ लाख तोक्ने अनि उसले राज्यलाई ३५ हजारमै सेवा गर्नुपर्ने ? यो आफँैमा अनुपयुक्त छ । व्यावहारिक हिसाबले पनि यति तलबले आफू बाँच्नै धौ–धौ हुन्छ, अनि कसरी पढ्दाखेरिको ऋण तिर्ने ? त्यसैले यसमा पुनरावलोकन गर्नुपर्छ । काममा बेमेल अन्य सरकारी कर्मचारी र डाक्टरको कामकोे प्रकृति भिन्न छ । कर्मचारीको जागिर १० बजेदेखि ५ बजेसम्म मात्र हो । उसले काम गर्दागर्दै ५ बज्यो भने सेवाग्राहीलाई भोलि १० बजे आउनू भनेर फाइल बन्द गर्न सक्छ । डाक्टरले अप्रेसन गर्दागर्दै ५ बज्यो भनेर धर पाउँदैन । उसले अप्रेसन सक्नैपर्छ । संवेदनशील पेसा भएकाले डाक्टरको निजी जीवन नै हुँदैन । मध्यरातमा पनि गम्भीर प्रकृतिको बिरामी आयो भने अस्पताल पुग्नुपर्छ । तर, अस्पतालमा भने जति जनशक्ति छैन । उपकरणको अभाव छ । ग्रामीण क्षेत्रका अस्पतालमा पर्याप्त शøया छैनन् । भुइँमा सुताएर चक्कुको प्रयोग गरेर प्रसुति गराउनुपर्ने बाध्यता छ । सरकारले गाउँगाउँमा डाक्टर पु¥याउने तयारी गरेको छ । त्योभन्दा पहिला पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन अनि सेवा सुविधामा ध्यान दिनुपर्छ । ट्याक्स फ्री आवश्यक डाक्टरी पेसा जस्तोसुकै समयमा पनि अस्पतालमा उपस्थित हुनुपर्ने पेसा हो । तत्काल अस्पताल आउन साधन चाहिन्छ । सबैसँग त्यस्तो व्यवस्था हुँदैन । भुटानमा डाक्टरलाई सवारीसाधन खरिद गर्न ट्याक्स फ्री छ । नेपालमा पनि त्यो व्यवस्था गर्नुपर्छ । दक्ष जनशक्ति पलायन हुने समस्या बढ्दो छ । डाक्टरसँग भ्याट लिन रोकिनुपर्छ । डाक्टरले ५ वर्षअगाडि एउटा बिरामी हेरेको ४ सय ५० लिने व्यवस्था गरिएको थियो । अहिले पनि त्यही छ । राज्य र शुल्क निर्धारण समितिले यसमा पुनरावलोकन गर्न जरुरी छ । स्वास्थ्य बिमा व्यवस्थित हुनुपर्छ स्वास्थ्यसेवालाई निःशुल्क गर्न स्वास्थ्य बिमा अति आवश्यक छ । बिरामीले उपचार गरेको खर्च तिर्न नसक्दा डाक्टरले लापरबाही गर्यो भनेर अस्पताल तोडफोड गर्ने र त्यही बहानामा उपचार खर्च नतिरी भाग्ने केही प्रवृत्ति देखिएका छन् । स्वास्थ्य बिमाको व्यवस्था भयो भने यसले स्वास्थ्य संस्था र चिकित्सक अनि बिरामी सबैलाई ढुक्क हुन्छ । किनकि त्यो उपचार खर्च स्वास्थ्य बिमाले व्यहोर्छ । स्वास्थ्य बिमा भयो भने राम्रोसँग रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ । नेपाल चिकित्सक संघ नेपालमा प्रजातन्त्र आएपछि स्थापना भएको पहिलो गैरसरकारी व्यावसायिक निकाय हो । २००७ साल फागुन ७ मा प्रजातन्त्र आएलगत्तै फागुन २० गते यसको स्थापना भएको हो । स्थापनाकालदेखि नै चिकित्सा क्षेत्र सुधारका लागि यो संस्थाले रचनात्मक र सकारात्मक काम गरिरहेको छ । २१औंँ शताब्दीमा विकास गरिएको सूचना प्रविधिको माध्यमबाट विदेशमा रहेका सम्बन्धित क्षेत्रका विषय विशेषज्ञ समावेश गरी नेपाल चिकित्सक संघको कार्यालयमा हप्तैपिच्छे शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । हामीले रोगको पहिचान कसरी गर्ने, अनुसन्धान कसरी गर्ने, अनुसन्धान लेखहरू कसरी जर्नलमा प्रकाशित गर्ने भन्ने कुरा सिकाइरहेका छौँ । चिकित्सा क्षेत्रमा सुधार, ज्ञानको विकास, समस्याको समाधानमा नेपाल मेडिकल संघ लागेको छ ।

डा. लोचन कार्की, महासचिव, नेपाल मेडिकल एसोसिएसन

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending