Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यौन र छाला बिक्री गर्न नेपाली महिलाकाे तस्करी !

\"\"काठमाडाै । बन्धक बनाएर बेश्याबृत्तीमा लगाउने काममा कमी भएपनि नेपाली चेलीहरुको अनुहारको छाला बिक्रि गर्ने नयाँ धन्दा सुरु भएकोले बेचबिखनको जोखिम कायमै रहेको माइती नेपालका निर्देशक बिश्वराम खडकाले बताएका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको मेची–काली जनचेता अभियानको क्रममा आज बिराटनगर जोगबनी सिमा नाकामा आयोजित सचेतना कार्यक्रममा माइती निर्देशक खड्काले उक्त कुरा बताएका हुन । ‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ।’ खड्काले भने, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’ खड्काका अनुसार नेपालका पढेलेखेका र डिग्री हासिल गरेका महिलाहरु पनि मानव तस्करको जालमा पर्ने गरेको उनले बताए । महिला तथा बालबालिकाको तस्करी आन्तरिक, सीमापार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म तस्करी हुने गरेको तथ्यांक रहेको उनको भनाई छ । मानव बेचबिखन तथा ओसारपसारबारे अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूले प्लाष्टिक सर्जरी गरेर आफनो अनुहारमा प्रयोग गर्ने गरेको उल्लेख भएको जानकारी दिए । बालिकाहरुको बेचबिखन बढदो  माइती नेपालका अनुसार नेपालबाट बयस्क र किशोरी महिलाहरुलाई मात्र नभएर साना बालिकाहरुलाई समेत ललाई फकाई तस्करी गरेर लाने गरिएको छ । बिदेश लगेर बालिकाहरुलाई हार्मोन बढाउने औषधी खुवाएर अंग बढाई बालिकाहरुलाई यौन पेशामा प्रयोग गर्ने गरिएको छ । यसैले नेपालबाट बालिकाहरु पनि बेचबिखनमा पर्ने गरेको र नेपालबाट ७ वर्षकी बालिकाहरु समेत बिक्रिमा परिसकेको माइती नेपालको तथ्यांकमा छ । चेलीबेटी बेचबिखन र ओसारपसार नियन्त्रणमा सकृय रहेको माईती नेपालले स्थापनाको २५ वर्ष पुगेको अबसर पारेर १२ फागुनदेखी मेचीकाली जनचेतना अभियान सुरुगरेको हो । शनिवार पुर्वी सिमाना झापाको मेची नगर स्थित काकडभिट्टामा अभियानको उद्घाटन गरिएको थियो । कडा नीति बनाएर तस्करी रोक्ने   प्रदेश १ का समाजिक बिकास मन्त्री जीवन घिमिरले यो प्रदेशका सबै नाकाहरुबाट भैरहेको मानव तस्करी कडा नीति बनाएर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ । माइती नेपालले जोगबनी नाकामा आयोजना गरेको सचेतना कार्यक्रमा बोल्दै मन्त्री घिमिरले भने,– ‘हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि हामी प्रतिबद्ध छौ ।, नाकाबाट १ सय २० जनाको उद्धार  माइती नेपाल बिराटनगर शाखका अनुसार सन् २०१७ मा जोगबनी नाकाबाट भारत लैजाँदै गरेका १ सय २० जनालाई उद्धार गरिएको बताइन्छ । बिक्रिकालागि सीमापारी लगिसकिएका ४० जनालाई सहयोगी संस्था भूमिका बिहारको सहयोगमा भारतीय भूमीबाट र बाँकीलाई नेपाली भूमीबाट उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमा मोरंगका ३४, सुनसरीका ३०, उदयपुरका १ र झापाका १२ जना थिए । जसमा १८ वर्षभन्दा मुनीका ५८ जना र अरु बालबालिकाहरु थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending