Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

डा. भगवान कोइरालासँगको कुराकानीः के हो 'कार्डिएक अरेस्ट' ? जसको कारण श्रीदेवी निधन भयो

\"\"बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको कार्डिएक अरेस्टका कारण दुबईमा निधन भएको बताइएको छ । नेपालमा पनि हालैका वर्षमा कार्डिएक अरेस्टको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । यसै सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालासँग बीबीसीले गरेको कुराकानी हामीले प्रस्तुत गरेका छाैं । कार्डिएक अरेस्ट भनेको के हो ? कार्डिएक अरेस्ट भनेको मुटु बन्द हुनु हो । सामान्यतया मुटुको कारणले अचानक हुने मृत्युलाई बुझिन्छ । यसका कारण चाहिँ के के हुन् ? मुटु बन्द हुने अनेक कारण हुन्छन् । अन्य विभिन्न रोगको कारणले पर्ने असर एउटा सामान्य कुरा भइहाल्यो । मुटुको चालको गडबडी, मुटुको विद्युतीय प्रणालीमा गडबडी हुने कारणले पनि हुन सक्छ । मुटुको रक्तसञ्चार अचानक बन्द भएर, हृदयाघात भएर पनि हुन सक्छ । कहिलेकाहीँ हामीले भन्नै नसक्ने कारणले मुटु बन्द हुने पनि हुन सक्छ । यो धेरै हुँदैन तर सम्भव छ । यसबाट प्रभावित हुने निश्चित उमेर समूहका हुन्छन् अथवा जो कोही पनि हुन सक्छन् ? अंग्रेजीमा रिक्स फ्याक्टर्स भनिन्छ । हृदयाघात हुने जोखिम भएकाहरूलाई पनि यसको जोखिम हुन्छ । किनभने जसलाई हृदयाघात हुन्छ उनीहरूको अचानक मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यो जोखिमबारे हामीले जान्न, बुझ्न जरूरी छ । तर कहिलेकाहीँ दुर्भाग्यवश संसारभरको नियति के हो भने कारण विना पनि मुटु अचानक बन्द हुन सक्छ। यसबारे धेरै पीर गरेर साध्य हुने कुरा होइन । जोखिमका कुरालाई न्यूनीकण गर्नु चाहिँ हाम्रो हातमा छ । उसो भए कसरी जोखिम न्यूनीकण गर्न सकिन्छ ? वयस्क उमेरका मान्छेले आफूलाई केही जोखिम छ कि छैन भनेर आफूले आफैँलाई मूल्याङ्कन गर्नुपर्‍यो र शंका लागेको खण्डमा चिकित्सकसँग सल्लाह लिनुपर्‍यो । न्यूनतम परीक्षणहरू पनि गराउनुपर्‍यो । खतरा केही देखिएन, स्वस्थ हो, कुनै खराब लत छैन । धुमपान गर्दैन, नियमित व्यायाम गर्छ, मोटोपन छैन भने धेरै पीर गर्नुपर्दैन । तर पनि ४० वर्ष काटेका व्यक्तिले एकचोटि परीक्षण गराउनु उपयुक्त हुन्छ । तर ती परीक्षणले अप्रत्याशित मृत्युलाई नियन्त्रण गर्छ भनेर बुझ्नु चाहिँ गलत हुन्छ । तैपनि जोखिमहरू घटाउन सकियो भने अप्रत्याशित हुने घटनालाई केही न केही न्यूनीकरण गर्न सकिन्छ । बलिउड अभिनेत्री श्रीदेवीको कार्डिएक एरेस्टकै कारण निधन भयो भनिएको छ, नेपालमा यस्ता अप्रत्याशित मृत्युका घटना कतिको हुने गरेका छन् ? बेला-बेलामा हुने गरेका छन् । धेरैजनाको नाम हामीले सुनेको, चिनेजानेकै छौँ । हामीले कतिपयको उपचार पनि गर्‍यौँ । कतिपयलाई बचाउन पनि सकियो । हृदयाघात भएर मुटु बन्द भएकालाई कृत्रिम श्वासप्रश्वासबाट बचाएको उदाहरणहरू पनि छन् । अरू घटनाको तुलनामा यस्को संख्या चाहिँ कम छ । समाज यति आतंकित हुनुपर्ने कुरा चाहिँ होइन् । किनभने प्रतिशतको हिसाबले एकदमै कम छ । मुटुबाट हृदयाघात धेरैको हुन्छ, हामीले धेरैको उपचार गर्छौ । मुटुको चालको गडबडीको पनि धेरै उपचार गर्छौँ । ती सबै यस्तो अप्रत्याशित मृत्युमा परिणत हुँदैनन् । तर पनि मैले अघि भने जस्तै आफ्नो बारेमा सचेत हुने, जोखिमहरू न्यूनीकरण गर्ने र हृदयाघातको जोखिम निम्त्याउने धुम्रपान, अत्यधिक मदिरापान, कम कसरत गर्ने बानी, मधुमेह र रक्तचापको उपचार नगराउने प्रवृत्ति हामीले हटाउनैपर्छ । त्यसबाहेक उमेर सँग-सँगै केही जोखिमहरू आउन सक्छन् र अनुवांशिक कारणले आउने जोखिमलाई हामीले झेल्ने हो । केही परिहालेमा त्यसलाई तदारूकताका साथ उपचारको विधिमा लैजान सकिन्छ । तपाईँ हामीले चिनेका व्यक्तिहरूको मृत्युको पछाडिका कुलत जस्ता के-के जोखिम थिए भनेर हामीले अध्ययन गरेका हुँदैनौँ । खाली अचानक मृत्यु भयो भन्ने मात्र सुन्छौँ । त्यसैले जीवनशैली पो खराब थियो कि भनेर पनि जान्नुपर्छ । आफ्ना जोखिमहरू न्यूनीकरण गर्न आजैदेखि सचेत हुन म सबैलाई अनुरोध गर्न चाहन्छु । त्यसो गरे मात्रै हामी अप्रत्याशित मृत्युहरूलाई कम गर्न सक्छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending