Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नियान्डर्थल मानव पनि कलाकार थिए, यस्तो छ ६४ हजार बर्ष पूरानो तस्विर

[caption id=\"attachment_177141\" align=\"alignleft\" width=\"750\"]\"\" माल्ट्राभिएसो गुफामा नियान्डर्थल मानवको हत्केलाका छाप [/caption] उनीहरू निर्मम थिए भन्ने परम्परागत मान्यताविपरीत नियान्डर्थल मानवहरू कलाकार भएको सङ्केत प्राप्त भएको छ । \'साइन्स\' जर्नलमा प्रकाशित एउटा शोधका अनुसार आधुनिक मानव युरोपमा पुग्नुभन्दा २०,००० वर्षअगाडि नै ती आदिमानवले स्पेनका गुफाहरूमा चित्र कोरेका थिए । उनीहरूले रङ्ग्याइएका सिपीहरू गहनाका रूपमा प्रयोग गरेको हुनसक्ने देखिएको छ । कला \'होमो सेपिएन्स्\' अर्थात् आधुनिक मानव प्रजातिको विशेषता हो भन्ने पुरानो मान्यता थियो । गुफामा पाइएका चित्रहरूमा नियान्डर्थल मानवका हत्केलाका छाप, ज्यामितीय आकृतिहरू र राता वृत्तहरू छन् । ती चित्रहरू ७०० किलोमिटरभित्र रहेका ला पासिएगा, माल्ट्राभिएसो र आर्दालसमा पाइएका हुन् । [caption id=\"attachment_177142\" align=\"alignnone\" width=\"750\"]\"\" ला पासिएगामा भेटिएको भर्‍याङजस्तो देखिने यो चित्र ६४,००० वर्ष पुरानो हो[/caption] शोधकर्ताहरूले \'युरेनिअम-थोरिअम डेटिङ\' विधि प्रयोग गरेर ती चित्रहरू बनाइएको समय निर्धारण गरेका हुन् । यो विधिले चित्रमाथि बनेका खनिज पदार्थको पत्रमा रेडिओधर्मी क्षयपश्चात् बाँकी रहेको युरेनिअमको मात्रा मापन गरिएको थियो । यसो गर्दा ती गुफा चित्र कम्तीमा ६५,००० वर्ष पुराना भएको निष्कर्ष निस्कियो। आधुनिक मानवहरू भने युरोपमा लगभग ४५,००० वर्षअगाडि मात्र पुगेका हुन् । यसको अर्थ के हुन्छ भने ती पुरापाषाणयुगीन कला आधुनिक मानवको नातेदार नियान्डर्थल आदिमानवहरूले बनाएका हुन् । त्यति बेला उनीहरू मात्रै युरोपमा बस्दथे । तर शोधकर्ताहरूले ती आदिमानवहरूले बनाएका कलामा अमूर्त अभिव्यक्ति मात्र भेटेका छन् । उक्त शोधका सहलेखक एवम् साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक आलिस्टर पाइकले भने, \'उन्नाइसौँ शताब्दीमा उनीहरूको जीवावशेष पहिलोचाटि भेटिएदेखि नै नियान्डर्थलहरूलाई क्रूर र असभ्य, कलाहीन र सङ्केत गर्न असक्षम भनेर चित्रित गरिएको थियो। र यीमध्ये केही धारणा आज पनि कायम छन् ।\' \'नियान्डर्थलहरूको आचरण कत्तिको मानवको जस्तै थियो भन्ने विषयमा गम्भीर बहस भएको छ। हाम्रो शोधको निष्कर्षले त्यो बहसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।\' [caption id=\"attachment_177143\" align=\"alignnone\" width=\"750\"]\"\" जिब्रल्टरमा सन् २०१४ मा भेटिएको भित्तामा खोपिएको आकृति पनि नियान्डर्थलले बनाएको विश्वास गरिन्छ[/caption] यो शोधमा संलग्न नभएका लन्डनको न्याचुरल हिस्ट्री म्युजिअमका प्राध्यापक क्रिस स्ट्रिङ्गरका अनुसार नियान्डर्थलले बनाएका भन्ठानिएका सङ्केतबारे पहिला गरिएका केही टिप्पणीहरूमा समयबारे अन्योल थियो । अथवा ती नियान्डर्थल र आधुनिक मानवको सहअस्तित्व भएको समय अर्थात् ४०-६० हजार वर्षअगाडिका थिए । \'अर्थात् ती सङ्केतहरूको श्रेय आधुनिक मानवलाई अथवा आधुनिक मानवको नियान्डर्थलमाथिको प्रभावलाई दिन सकिन्छ ।\' स्ट्रिङ्गरका अनुसार यो नयाँ शोधले नियान्डर्थल साङ्केतिक वा कलापूर्ण अभिव्यक्ति गर्न समर्थ थिए भन्ने स्पष्ट पार्छ । उनले भने, \'नियान्डर्थल र हाम्रा आचरणमा हुने भन्ठानिएको अन्तर थप साँघुरिएको ।\' तर उनीहरूले बनाएको मानिस वा पशुहरू नै देखिने कुनै लाक्षणिक कलाको स्पष्ट उदाहरण नभएको भनेर तर्क भने गर्न सकिएला, उनले भने । प्रा पाइकले भने \'अर्को महत्त्वपूर्ण प्रश्न के हो भने: के नियान्डर्थलहरूले लाक्षणिक कला बनाउँथे ? हामीले हत्केलाको छाप पायौँ, हामीले प्रशस्तै राता थोप्लाहरू पायौँ र हामीले यी रेखाहरू पायौँ । हामी उनीहरूले सिकार गर्ने पशुहरूको चित्र छ कि भनेर जान्न चाहन्छौँ ।\' बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending