Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सुर्खेत शीतकालीन र जुम्ला ग्रीष्मकालीन राजधानी बनाउनु पर्छ: मन्त्री भण्डारी

\"\"काठमाडाै । वीरेन्द्रनगरलाई प्रदेश राजधानी बनाउने प्रस्तावमा नेकपा माओवादी केन्द्रका सांसद तथा मन्त्री नरेश भण्डारीले फरकमत जनाएका छन् । भण्डारीले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई समर्थन गरे पनि मौसमी राजधानीको पक्षमा रहेको बताए । सांसद भण्डारीले विपक्षमा मत जाहेर गरेपनि पक्षमै मतदान गरे । वीरेन्द्रनगरलाई शीतकालीन र जुम्लालाई ग्रीष्मकालीन राजधानी बनाउनुपर्ने उनको मत थियो । त्यस्तै राप्रपाकी सोसिला शाहीले पनि फरक मत दर्ज गराइन । सांसद शाहीले प्रदेश नामकरणको विषयमा समर्थन भए पनि राजधानी बनाउने विषयमा फरक मत रहेको बताइन् । मौसमका आधारमा राजधानी फेरिनुपर्ने धारणा राखेकी शाहीले शीतकालीन राजधानी वीरेन्द्रनगर र ग्रीष्मकालीन राजधानी जुम्लामा हुनुपर्ने भन्दै विपक्षमा मतदान गरिन् । बैठकमा प्रदेशको नाम ‘कर्णाली’ राख्न एमाले संसदीय दलका नेता यामलाल कँडेलले गरेको प्रस्तावमा कुनै सांसदले पनि असहमति जनाएनन् । ‘अन्य नाम राख्दा विवाद आउन सक्छ, कर्णाली एउटा जात, धर्म, समुदाय र क्षेत्रलाई मात्र समेट्दैन,’ प्रस्ताव राख्दै कँडेलले भने । धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पहिचानका हिसाबले कर्णाली उत्तम नाम भएको उल्लेख गर्दै उनले जनताको माग पनि त्यही भएको जिकिर गरे । प्रस्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए । उनले पनि सामाजिक, सांस्कृतिक, भौगोलिकता र पहिचानका आधारमा प्रदेशको नाम कर्णाली उपयुक्त हुने बताउदै आफू र आफ्नो पार्टीको तर्फबाट समर्थन रहेको जनाए । माओवादीका सांसद वीरबहादुर शाहीले प्रस्तावको समर्थन गर्दैै कर्णाली प्रदेशसामू थुप्रै चुनौति भएपनि प्राकृतिक सम्पदा र जडिबटी, जलश्रोतको सदुपयोग गर्नसके अन्तर्राष्ट्रिय स्तरमै चिनाउने प्रशस्त आधार भएको बताए । उनले कर्णाली प्रदेश नाम राख्दा जनताको भावनाको कदर हुने धारणा राखे । संसदमा उपस्थित ३७ सांसदले कर्णाली प्रदेशको पक्षमा मतदान गरे । ४० सदस्य रहेको प्रदेशसभामा सभामुख राजबहादुर शाही मतदानमा सहभागि भएनन् । त्यस्तै, कांग्रस सांसद झुमा विक र राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही अनुपस्थित थिए । प्रदेश नामकरणको प्रस्तावमाथि भएको खुल्ला छलफलमा भाग लिँदै सांसद कौशिलादेवी खत्रीले कर्णाली नाममा धार्मिक, साम्प्रदायिक, जातियगन्ध नमिसिएको बताइन् । उनले कर्णाली शब्द ऐतिहासिक भएको जिकिर गरिन् । छलफलमा भाग लिदै सांसद सीताकुमारी नेपालीले कर्णाली नाम सबैभन्दा उत्तम भएको बताइन् । उनले भाषा, संस्कृतिको उद्गम थलो कर्णाली भएकोले उपयुक्त नाम प्रस्ताव गरिएको धारणा राखिन् । राजधानीको प्रस्ताव दुई तिहाई बहमुतले पारित भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending