Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

केन्द्रमा मन्त्रालय बढाएर १८ बनाउने , यी हुन मन्त्रालय

\"\"काठमाडाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ मन्त्रालय रहने भएका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो । प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्दै छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्ध गरी चार आधारमा मन्त्रालयको नयाँ खाका तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको सचिवालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मन्त्रालयको संख्या १८ पु¥याएको जनाएको छ । यसअघि सामान्यले पनि यिनै चार आधारमा प्रशासनविद्हरूको सहयोगमा केन्द्रमा १५ मन्त्रालय उपयुक्त हुने प्रस्ताव गरेको थियो । मुख्यसचिवको सचिवालयका अनुसार यसअघि प्रस्ताव गरिएका १५ मन्त्रालयको आकार ठूलो भएकाले मन्त्रालयको संख्या बढाउनुपरेको हो । ‘पहिले प्रस्ताव भएका केही मन्त्रालय धान्नै नसक्ने खालका थिए,’ ती कर्मचारीले भने, ‘कतिपय मन्त्रालयको विषयसमेत नमिलेका कारण पनि विभाजन गर्नुपर्ने भएको हो ।’ मन्त्रालयको संख्या बढाउनुको कारण यसअघि संसद्को राज्य–व्यवस्था समितिको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले संघमा बढीमा १५ मन्त्रालय गठन गर्न सुझाब दिएको थियो । मन्त्रालयले पठाएको १५ मन्त्रालयको सूचीमा सूचना तथा सञ्चार र शिक्षा मन्त्रालय भनेर प्रस्ताव गरिएको थियो । धानमन्त्री कार्यालयका एक सचिवले भने, ‘सूचना तथा सञ्चार र शिक्षा एकै मन्त्रालयमा राख्न मिल्ने विषय होइन । भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी र यातायात अर्को मन्त्रालय बनाइयो । यस्ता अमिल्दा र साह्रै ठूला मन्त्रालय फुटाउनैपर्ने थियो ।’ प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयसँग खेलकुद र संस्कृतिलाई जोडेको छ । भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी र यातायात मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कार्यालयले अहिले प्रस्ताव गरिएको उद्योग वाणिज्य, आपूर्ति तथा पर्यटन मन्त्रालय पनि ठूलो भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले थप अध्ययनपछि उक्त मन्त्रालय पनि फुटाउन सकिने जनाएको छ । हवाई सेवा अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रधानमन्त्री कार्यालयले तयार पारेको प्रस्तावअनुसार अहिलेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको हवाई क्षेत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले यातायातअन्तर्गत हवाई, स्थल र रेलसेवालाई एकै ठाउँमा राखेको हो ।  प्रस्तावित १८ मन्त्रालय १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २. अर्थ तथा योजना ३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन ४. कृषि, सिँचाइ,  खाद्य सुरक्षा, सहकारी र भूमिसुधार ५. वन, वातावरण, जलवायु परिवर्तन ६. भौतिक पूर्वाधार, यातायात ७. ऊर्जा (जलविद्युत् तथा नवीकरणीय) ८. सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ ९. सूचना–सञ्चार तथा विज्ञान प्रविधि १०. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण ११. युवा, श्रम तथा रोजगारी १२. शिक्षा, खेलकुद तथा संस्कृति १३. स्वास्थ्य तथा जनसंख्या १४. संघीय मामिला तथा सामान्य प्रशासन १५. गृह १६. रक्षा १७. कानुन, न्याय तथा संसदीय मामिला १८. परराष्ट्र मामिला  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending