Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

खाडी मुलुकबाट युवालार्इ स्वदेश फर्काउने अभियान थाल्छाै: दीपशिखा, वाइसिएल अध्यक्ष

\"\"स्याङ्जा।  वाईसिएल नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले देशमा आर्थिक समृद्धि ल्याउनका लागी युवालाई उत्पादनमुलक क्षेत्रमा आर्कषित गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रको मेरुदण्ड युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने भन्दै युवाशक्तिलाई आफ्नै जन्मभुमिमा परिचालन गर्नु पर्नेमा जोड दिए । वाइसिएल नेपालले स्याङ्जाको वालिङ बजार मालेवगरमा आयोजित तेस्रो जिल्ला सम्मेलनलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । युवालाइ सजग हुन अाग्रह गर्दै उनले भने \'खाडी गएका युवाहरुलाइ स्वदेश फर्काउने अभियानमा लागेका छौं ।\' मुक्ति र सर्वहारा वर्गको नेतृत्व गरेका योद्धा खाडीमा भएको भन्दै ति योद्धाहरुको आगमनले मात्र नेपाल समृद्ध बन्ने दावी गरे। वाईसिएलले अब विकासका कामहरु गर्नुपर्ने भन्दै दीपशिखाले भने, \'विदेशमा जीवन बचाँउन संघर्षमा जुट्ने नेपालीहरुलाइ नेपालमै फिर्ता गर्नु हाम्रो मुल दायत्व हो ।\' उनले फरक प्रसंगमा भने, \'नेपालाइ अव केही दर्जन प्रचण्डहरु चाहिएको छ, पासाङ्हरु चाहिएको छ, वादल, वैद्य, अनन्त र जनार्दनहरु चाहिएको छ, अवका युवा प्रचण्ड बन्नु पर्छ, पासाङ बन्नु पर्छ, वादल, वैद्य, अनन्त र जनार्दनहरु बन्नुपर्छ, अवका प्रचण्ड, पासाङ,बादल, वैद्य, अनन्त र जनार्दनहरुले मात्र यो देशलाइ समृद्ध बनाउन सक्छन, मालेमाबादको झण्डालाइ झन उचाइमा पुराउन सक्छन, सहिदहरुको सपना साहाकार पार्न सक्छन ।\' कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज शैलेन्द्र घिमिरेले वहुदलले २५ वर्ष हुँदा पनि नेपाली राजनीतिमा कुनै उथलपुथ ल्याउन नसकेकाले नेपालको समृद्धि र विकासका लागि २१ औँ शताव्दीको जनवादको खाँचो रहेको बताए । २१ औँ शताव्दीको जनवादले शुरुवातको पाँचै वर्ष नपुग्दै नेपाली राजनीतिमा भयङ्कर तरङ्ग पैदा गरेको भन्दै जनवाद समेटिने गरि माओवादीले पार्टी एकता गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश सभा सांसद दिपक चर्तीमगर, नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तारा भुसाल, जिल्ला सह ईन्चार्ज प्रकाश न्यौपाने, वाईसिएल नेपालका केन्द्रिय सचिव विनय थापा, प्रदेश संयोजक चन्द्र बहादुर थापा, वाइसिएल चार नम्बर प्रदेशका सह–इन्चार्ज दुलाल सुवर्ण, केन्द्रिय आयोजक समितिका सदस्य लोकेन्द्र थापा, माओवादी नेता हुम वहादुर गुरुङ लगायतले युवाशक्तिलाई स्वदेशमा रोजगारीको सृजना गर्नका लागी राज्य गम्भीर हुनुपर्ने बताए । तेस्राे जिल्ला सम्मेलनले रमेश अर्यालको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा थमन गुरुङ, द्धितिय उपाध्यक्षमा टोमबहादुर थापा, सचिवमा सागर थापा, सह–सचिवमा जिवन थापा र पिताम्बर खनाल, कोषाध्यक्षमा अनिता गहतराज चयन भएका छन् ।  सम्मेलनले लेखा आयोगको अध्यक्षमा दुर्गा प्रसाद थापा र अनुसासन आयोगमा सुजिन्द्र सेनलाइ सर्वसम्मत चयन गरेकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies