Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मुख्यमन्त्री कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा

\"\"काठमाडाैं । प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालय सञ्चालनमा आएका छन् । आइतबारसम्म आन्तरिक मामिला र कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कामकाज सुरु गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-प्रदेशका अन्य तीन मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी नआएका कारण सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका सचिव प्रदीपराज कँडेलले बताए । सञ्चालनमा आएका चारै मन्त्रालयले प्रशासनिक कामकाज सुरु गरिसकेका छन् । यद्यपि, कार्यक्षेत्र स्पष्ट नभएकाले कर्मचारी भने अन्योल देखिन्छन् । सरकारले प्रदेश ७ का मन्त्रालय, संसद् सचिवालय र प्रदेश प्रमुखको कार्यालयका लागि दुई सय ८७ कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो । जसमध्ये एक सय पाँच कर्मचारी खटाइएकोमा ३४ जना कर्मचारी मात्रै सम्पर्कमा आएको सचिव कँडेलले बताए । अहिले प्रदेश प्रमुखको कार्यालयमा १०, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नौ, संसद् सचिवालयमा चार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दुई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा एक कर्मचारी हाजिर भएका छन् । कर्मचारी नआउँदा मन्त्रालय सञ्चालमा समस्या यो प्रदेशका सामाजिक विकास, भौतिक पूर्वाधार र आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले खटाएका कर्मचारी सम्पर्कमा नआउँदा मन्त्रालय सञ्चालनमा ल्याउन नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । वडा प्रहरी कार्यालयनजिकै बन्दै गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवनमा सामाजिक विकास मन्त्रालय राख्ने तयारी छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सिँचाइ निर्देशनालयको भवन र आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि आन्तरिक राजस्व कार्यालयको भवन उपयोग गरिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies