Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

रेडक्रसले गर्यो राज्यलाई छलेर ५ अर्ब खर्च

\"\"काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौ रुपैयाँ खर्च गरेको पाइएको छ । परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नवीकरण गरको पाइएको छ। रेडक्रसका यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ। आजको नागरिकमा खबर छ-यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो।  समाजकल्याण परिषद्को कार्यविधिअनुसार गैरसरकारी संस्थाहरू (एनजिओ) ले विदेशी राष्ट्र, दाता अथवा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक, प्राविधिक तथा अन्य सहयोग लिनुअघि परिषद्बाट अनुमति लिनुपर्ने हुन्छ। यसैगरी गैरसरकारी संस्थाले संस्था नवीकरणका लागि परिषद्बाट सिफारिस लिएर जिल्लाका प्रशासनिक संरचनामा बुझाउनुपर्ने हुन्छ।परिषद्का एक उच्च अधिकारीले नेपाल रेडक्रस सोसाइटीले गत वर्ष कुनै पनि कानुनी प्रावधान पूरा नगरी तीन वर्षका लागि संस्था नवीकरण गराएको जानकारी दिए। ती अधिकारीले भने, ‘परिषद्को सिफारिस भएपछि मात्र जिल्ला प्रशासन कार्यालयले लाइसेन्स नवीकरण गर्छ। तर, रेडक्रस सिफारिसका लागि परिषद्मा आएकै छैन।’ कांग्रेस निकट रहेका रेडक्रसका अध्यक्ष सञ्जीव थापाले आफ्नो राजनीतिक पहुँचको प्रभावमा गृहमन्त्री विमलेन्द्र निधिको आदेशमा संस्था नवीकरण गराएको ती अधिकारीले नागरिकसँग बताए। उनका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले परिषद्को सिफारिसबिना संस्था नवीकरण गर्न नमानेपछि रेडक्रसका अधिकारीले गृहमन्त्री गुहारेका थिए। त्यसैगरी, चालू आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ५ अर्ब हाराहारीको ९८ वटा आयोजना सञ्चालन गरिरहेको छ। तर, रेडक्रसले कुनै पनि परियोजनाबारे परिषद्लाई जानकारी गराएको छैन। अघिल्ला वर्षमा पनि रेडक्रसले यसरी नै जानकारी नदिई आयोजना सम्पन्न गरेको थियो। परिषद्का उपाध्यक्ष नीलमणि बरालले सरकारको नीतिनियममा रही कार्यक्रम गर्न बारम्बार आग्रह गरिरहँदा पनि रेडक्रसले अटेरी गरेको बताए।‘हामीले रेडक्रसलाई बारम्बार आफूखुसी काम नगर्न अनुरोध गरेका छौं। उनीहरू हुन्छ भन्छन् तर कहिलै परिषद्मा आउँदैनन्,’ उनले भने। परिषद्को अनुगमन तथा मूल्यांकन शाखाका नायब उपनिर्देशक हरि तिवारीले रेडक्रस परिषद्मा नआएकाले उसले कहाँबाट कति पैसा सहयोग लिएको र कहाँ खर्च गरेको भन्ने विषयमा सरकारलाई केही जानकारी नभएको बताए। ‘पारदर्शिताका विषयमा पटकपटक प्रश्न उठिरहँदा पनि रेडक्रस सरकारको नीतिनियममा बस्न अनिच्छुक देखिएको छ,’ उनले भने। सञ्चारमाध्यममा रेडक्रसले अनियमितता गरेको समाचार आएपछि परिषद्ले रेडक्रसलाई आयोजनाको मूल्यांकनका लागि सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। परिषद्को आग्रहलाई रेडक्रसले सकारात्मक लिएको बताए पनि अहिलेसम्म आयोजनाको विवरण उपलब्ध नगराएको जानकारी तिवारीले दिए।‘रेडक्रसले ७७ वटा आयोजनाका कागजपत्र बुझाएको थियो। हामीले मूल्यांकनका लागि बारम्बार आग्रह गर्यौं,’ तिवारीले भने, ‘ परिषद्ले आइतबार पनि सरकारको नीतिनियममा रहेर काम गर्न पत्राचार गरेको छ।’ उपाध्यक्ष बरालले परिषद्ले कानुनी कारबाहीमा जानुको साटो जिम्मेवार भएर प्रस्तुत हुन अवसर दिएको बताए। ‘हामी रेडक्रसको अन्तर्राष्ट्रिय छविलाई लिएर थोरै नरम भएका हौं। तर, उसले देशको कानुन मान्नुपर्छ। त्यसैले हामीले सरकारी नियम मान्न आग्रह गरेका हौं,’ उनले भने। बरालले रेडक्रसले परिषद्को आग्रहलाई बेवास्ता गरिरहे कानुनी उपचारको बाटो खोज्न बाध्य हुने बताए। रेडक्रसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले परिषद्लाई बुझाउनुपर्ने निश्चित रकम बुझाउने विषयमा दाताहरू राजी नभएका कारण आयोजनाको विवरण नबुझाइएको बताए। ‘रेडक्रसले बन्न लागेका आयोजनाको अनुगमनका लागि बनेको समूहको खर्च  बेहोर्नुपर्ने हुन्छ। हामीले आयोजनाको लेखा परीक्षण प्रतिवेदन पनि बुझाउनुपर्ने हुन्छ,’ उनले भने, ‘तर सारा प्रक्रिया पूरा गर्दा कतिपय परोपकारी काममा बाधा हुन जान्छ।’उनले रेडक्रसका पदाधिकारीलाई चाँडै नै परिषद्मा पठाएर विवाद साम्य पार्ने बताए।‘हामी सोमबार परिषद्का पदाधिकारीलाई भेटेर समस्या समाधान गर्छाैं,’ प्रधानले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending