Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अन्जु पन्तका फ्यान: रातभरि खुट्टा माडिदिनेदेखि छोएको हात एक हप्ता नधुनेसम्म

\"\"अञ्जु पन्त नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन् । उनको स्वर रहेका अधिकांश गीत हिट छन् । ‘न बिर्सेँ तिमीलाई’, ‘तिमीले पराई ठानेपछि’, ‘म तिमीविना मरिहाल्छु, ‘भुन भुन बोल्यो भमरा’, ‘तिमी रोएको पल’लगायतका उनका हिट गीत हुन् । ०५२ बाट औपचारिक रूपमा सांगीतिक क्षेत्रमा होमिएकी उनी एकाएक हिट हुँदै गइन् । यसका साथै उनका फ्यान पनि बढ्दै गए । सांगीतिक क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइरहँदा उनले थुप्रै फ्यान भेटिन् । अाजको नयाँ पत्रिकामा खबर छ-तिनै फ्यानका किस्सा उनले यसरी सुनाइन् । फ्यानलाई जेल हालेँ सुरुसुरुमा अहिलेको जस्तो हातहातमा मोबाइल थिएन । साथै, सामाजिक सञ्जालमा पनि व्यापकता आएको थिएन । जसले गर्दा स्रोताहरूले मेरो अनुहार चिन्दैनथे । जसले गर्दा त्यसवेला मेरो स्वरका फ्यान निकै थिए । म भिडियोमा नदेखिए तापनि मेरो घरनजिकका मानिसले भने चिन्थे । जसले गर्दा मलाई एकजनाले निकै पछ्याउन थाल्नुभयो । उहाँ नक्साल भगवतीबहालमा नै बस्नुहुन्थ्यो । उहाँचाहिँ म भोकल सिक्न जाँदा, बाहिर कतै निस्कँदा पनि मेरै पछिपछि लागेर दिक्कै पार्नुहुन्थ्यो । उहाँ वास्तवमा मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । तर, फ्यान भए पनि उहाँले मलाई निकै दुःख दिन थाल्नुभयो । पछि लागेपछि त मलाई जता गए पनि निकै डर लाग्न थाल्यो । त्यसैले अति भएपछि प्रहरीको सहयोगमा जेल नै हाल्नुपरेको थियो । गिफ्ट पठाउने फ्यानले आत्महत्या गरिन् पश्चिमतिरकी एउटी युवती थिइन् । उनी मेरो डाइहार्ड फ्यान हुन् । आजभन्दा १० वर्षअघि उनले मलाई ताजमहल गिफ्ट पठाइदिएकी रहिछिन् । गिफ्टसँगै एउटा रगतले लेखेको चिठी पनि पठाएकी थिइन् । उनले त्यो चिठीमा तपाईंलाई भेटेर खुट्टा ढोग्न मन छ, मलाई तपाईँको एकदमै माया लाग्छ जस्ता पीडादायी भावना पोखेकी थिइन् । साथै, मेरो नम्बर फेला पारेर दिनहुँ फोन गरेर दिक्क लगाउन थालिन् । म पनि उनलाई राम्रैसँग सम्झाउँथेँ । उनले मलाई पहिलोपटक गिफ्ट दिँदा १६ वर्षकी थिइन् । तर, १९ वर्षको हुँदा आत्महत्या गरिन् भन्ने खबर सुनेँ । यो खबरले म निकै दुःखी भएँ । रातभरि खुट्टा माडिदिने कतारकी युवती म केही वर्ष पहिला कतार गएकी थिएँ । त्यहाँ एकजना डान्सर बहिनी हुनुहुन्थ्यो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । म त्यहाँ गएको भन्ने थाहा भएपछि उहाँ त्यो रात मसँगै सुत्नुभयो । रातभरि मेरो खुट्टा माडेर बस्नुभयो । त्यस्तै, मसँगै बसिरहनका लागि रातभरि कपाल पनि बाटिदिनुभएको थियो । श्रीमान् नै मेरा फ्यान मेरो पूर्वश्रीमान् मनोजराज पनि मेरो डाइहार्ड फ्यान हो । एकपटक रेडियो नेपालमा एउटा प्रतियोगितामा म प्रथम भएँ । त्यो प्रतियोगितामा मनोजजी पनि हुनुहुन्थ्यो । उहाँले त्यसवेलादेखि नै मलाई पछ्याउनुभएको थियो । सँगै म्युजिक प्राक्टिस गरौँ भन्नुहुन्थ्यो । तर, म मान्दिनथेँ । यसरी उहाँ लामो समयसम्म मेरो पछि लागेपछि हामीले विवाह गरेका हौँ । चकलेट खान फ्यानले पैसा दिन्थे मैले म्युजिक सिक्दा बाहिर नै स्पिकर राखेका थियौँ । जसले गर्दा मैले प्राक्टिस गरिरहेको बाहिरसम्म सुनिन्थ्यो । मेरो स्वर सुन्नका लागि इन्स्टिच्युटअगाडि आएर धेरै फ्यान बस्नुहुन्थ्यो । मैले गाएको गीत सुन्न पाइन्छ भनेर टाढाटाढाबाट आउनुहुन्थ्यो । म बाहिर निस्केपछि चकलेट खानु भनेर फ्यानहरूले नै दुई हजार, पच्चीस सयजति पैसा दिनुहुन्थ्यो । मलाई भेटेपछि ईश्वर भेटेँ भन्ने बेलायतका युवक केही समयअघि म बेलायत गएकी थिएँ । त्यहाँ एउटा युवक थिए । उनीचाहिँ बेलायतमै जन्मेका हुन्, तर नेपाली । मेरो फ्यान रहेछन् । त्यहाँको कार्यक्रममा मैले गीत गाउन थालेँ, उनी मेरो गीत सुनेर एकोहोरो भएर आँखाबाट आँसु खसाल्न थाले । मैले किन रोएको भनेर सोधेँ । उनले त तपाईँलाई भेटेपछि ईश्वर भेटेजस्तै भयो भन्न लागे । बेलायतमै जन्मे पनि उनी मेरा गीत सुन्दा रहेछन् । उनले त्यस्तो भनेको सुनेर म अचम्ममा परेँ । अमेरिकामा युवती खुट्टा समातेर रोए म केही समयअघि अमेरिकाको एउटा कार्यक्रममा गएकी थिएँ । त्यो कार्यक्रममा म गीत गाउनका लागि स्टेजमा उक्लिएँ । त्यसपछि त्यहाँ रहेका केही केटीले हामी आउँ भन्नुभयो । मैले आउनु भनेर हातको इसाराले बोलाएँ । उहाँहरू त उत्साहित भएर स्टेजमा आएर मेरो खुट्टा समातेर रुन थाल्नुभयो । ठूलै स्वर निकालेर रोएपछि उनीहरूलाई सम्हाल्नै गाह्रो भयो । विवाह नगरे आत्महत्या गर्छु भन्ने पर्वतका युवक पर्वतका एकजना युवक हुनुुहुन्छ । उहाँको नामचाहिँ मैले भुलेँ । तर, उहाँ मलाई साह्रै दुःख दिनुहुन्थ्यो । मलाई निकै मन पराउनुहुँदो रहेछ । साथै, मसँग विवाह गर्ने सोच पनि बनाइसक्नुभएको रहेछ । यतिसम्म कि मसँग विवाह नगरे आत्महत्या गर्छु पनि भन्नुभयो । तर, मैले उहाँलाई सम्झाएँ । यसरी विवाह गर्छु भन्ने त देश–विदेश जताततै छन् । मलाई छोएको हात एक हप्तासम्म नधुने इजरायलकी दिदी म केही वर्षअघि इजरायल जाँदा महिला दिदी–बहिनी फ्यानहरू मलाई भेट्नका लागि आउनुभएको थियो । उहाँहरूमध्ये एकजना दिदीचाहिँ रातभरि नै मेरो हात समातेर बस्नुभयो । उहाँले मलाई छोएको हात एक हप्तासम्म धुनुभएन रे । फ्यानहरूबीच झगडा हुँदा एकजनाको ज्यान गयो महेन्द्रनगरमा भएको एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ एक लाखको हाराहारीमा दर्शक हुनुुहुन्थ्यो । उहाँहरूले मलाई भेटेर छुनका लागि निकै कोसिस गर्नुभयो । त्यसपछि त्यहाँ ठूलो भिड लाग्न थाल्यो । केही समयपछि त फ्यानहरूबीचमा हात हालाहाल नै भयो । यसरी हात हालाहाल हुँदा एकजनाको ज्यान नै गएको थियो । फ्यानलाई नै थर्काएर पठाउनुपर्यो लुक्लामा एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ मेरी मञ्जु दिदी पनि जानुभएको थियो । एकजना केटी मेरो एकदमै फ्यान रहिछिन् । उनी कलाकार नै हुन् । मलाई छाड्दै छाडिनन् । त्यसपछि मेरी दिदीले उनलाई झपारेर पठाउनुपरेको थियो । तकियामा मेरो फोटो छापेर सुत्ने फ्यान हेटौँडामा मेरो एकजना डाइहार्ड फ्यान हुनुहुन्छ । उहाँको नामचाहिँ मलाई याद छैन । तर, उहाँले मेरो फोटो तकियामा छाप्नुभएको छ रे । जुन कुरा त्यहीँका एकजना फ्यानले नै भन्नुभएको थियो । विवाह गर्न अझै कुरेर बसिरहेका छन् पूर्वमा एकजना फ्यान हुनुहुन्छ । उहाँले मलाई निकै मन पराउनुहुन्छ । ‘तपाईँले मान्नुहुन्छ भने जिन्दगीभर कुर्न तयार छु, तर तपार्इँँले मसँग विवाह गर्नुभएन भने म अरूसँग पनि विवाह गर्दिनँ’ भन्नुहुन्छ । अहिले पनि मसँगै विवाह गर्ने भनेर कुरिरहनुभएको छ । यो त एउटा प्रतिनिधि पात्र मात्र हो । मसँगै विवाह गर्छु भनेर कुरेर बस्ने कति छन् कति ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies