Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ

\"\"काठमाडौं । उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा \'भिख\' मागिरहेका भेटिन्छन् । अाजको अन्नपूर्णमा खबर छ-सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाधम बाँडिरहेका छन् । यस्तै मुठ्ठी खोलेर काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य एक मन्त्रीलाई देउवाले धक फुकाएर राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न त कुनै ठुलो रोग लागेको छ न नै कुनै ठुलो विपत्ति या संकट ? बाहिरिने बेलामा उनले पनि राज्यको ढुकुटीबाट ठुलै पोको लिएर निस्कने भएका छन् । काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य मन्त्रीकारुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं-२७ का स्थायी बासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए। मन्त्री प्रधानले नै क्याबिनेट बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए । मन्त्री प्रधानले त्यस्तो प्रस्ताव राख्दा अन्य मन्त्रीहरु एकापसमा मुख हेराहेर गरेका थिए । कुनै पनि किसिमको प्राणघातक रोग लागेको प्रमाणित नभएका मन्त्री प्रधानले त्यो प्रस्ताव राख्दा अन्य मन्त्रीहरुबीच मुखामुख भएको थियो। काठमाडौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ । काठमाडौं-६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् समेत रहेका प्रधानको करोडौँ सम्पत्ति रहेको कुरा उनले पेश गरेको सम्पत्ति विवरणले नै प्रष्ट देखाएको छ । कति छ प्रधानको सम्पत्ति ? उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण उनीसँग करोड भन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाडौं महानगरपालिका-२७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका-६ इचङ्गुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि उनीसँगै छ । उनको घर अहिले काठमाडौँ महानगपालिका-२७ स्थित ज्याठामा रहेको छ । प्रधानले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् । उनको सम्पति विवरणमा सात थान हिराजडित गहना पनि रहेको उल्लेख गरिएको छ । त्यसैगरी २० तोला सुन र ७ किलोग्राम चाँदीका गहना आफूसँग रहेको उनले जनाएका छन् । त्यसैगरी नेपाल बैँक लिमिटेड कान्तिपथमा ७५ हजार र एभरेष्ट बैंक सिंहदरबारमा ४ लाख ५१ हजार ३५ रुपयाँ रहेको उल्लेख छ । उनको अन्य धेरै स्थानमा भएको लगानी र सेयरको विवरणसमेत सम्पति विवरणमा पेस गरिएको छैन । उनीसँगै अन्य मन्त्रीले पनि आफ्नो धेरै सम्पति लुकाएको आरोप लागिरहेको छ । काठमाडौंमा कांग्रे‍सका चर्चित नेताका रुपमा रहेका प्रधानले सम्पत्ति विवरणमा आफ्नो जायजेथा स्पष्ट खुलाएका छैनन् । स्वच्छ छविका नेता मानिने प्रधानले ५० लाख सहयोग लिएपछि पार्टी भित्रैबाट पनि कडा आलोचना खेप्नु परेको छ । उनको स्वच्छ छबिकै कारण वाम गठबन्धनको लहर भएको अवस्था पनि गत निर्वाचनमा काठमाडौंबाट चुनाव लडेर उनी विजयी पनि भए । प्रदेश सभामा दुवै सिट एमालेले जित्दा प्रतिनिधि सभामा भने उनले बाजी मारे । क्षेत्र नम्बर ६ को प्रदेश सभामा नेकपा एमालेका केशव स्थापित र योगेन्द्रराज संगौला भारी मतान्तरले बिजयी भए । तर उनले माओवादी केन्द्रका झक्कु सुवेदीलाई सजिलै पराजित गरेका थिए । सामाजिक सञ्जाल फेसबुस र टुइटरमा करोपति मन्त्रीले ५० लाख लिए भन्दै अहिले उनको कडा आलोचना भइरहेको छ । मन्त्री छोड्ने बेलामा प्रधानले आलोचित हुने गरी राज्य कोषबाट त्यति धेरै रकम किन लिए ? उनको प्रसंशकहरु समेत चकित भएका छन् । हेर्नुस् मन्त्री प्रधानको सम्पत्ति विवरण: \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending