Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भूकम्पपीडितको चिन्ता ‘त्रिपालले कसरि धान्ने मनसुन ?’

काठमाडौँ,  ‘बर्खा लाग्यो, भूकम्पले घर लग्यो, बस्ने ठाउँ छैन, दिनभरि त रुखको शीतलमा जीवन बाच्ला, तर रात साँझमा कहाँ जाने बढो समस्यामा परे । बर्खासम्म ओत लाग्ने छानो कसले बनाइदेला, पैसा छैन, अन्नपात छैन ।’ बालाजुमा रहेको जनमैत्री अस्पतालमा उपचाररत नुवाकोट थानसिंहका ७५ वर्षीय रामसिंह तामाङको रोदन हो यो । यही वैशाख १२ गते गएको भूकम्पका कारण थातथालो खोसिएकाको एउटै पीडा छ, वर्षा सुरु नहुँदा त सामान्य त्रिपालमा भए पनि रात काट्न सकिएला, तर मनसुन सुरु भएपछि कहाँ जाने र के खाने भन्ने चिन्ताले अहिल्यैदेखि सताएको छ । सरकार, गैरसरकारी सङ्घसंस्थाले क्रमशः धेरै स्थानमा राहत सामग्री पु¥याएकै छ । बाँकी रहेका स्थानमा समेत खाद्यान्न, लत्ताकपडाको व्यवस्था पनि होला तर टाउको लुकाउने ठाउँ नहुँदा धेरै नागरिकलाई समस्या परेको छ यतिखेर । सिन्धुपाल्चोक भोटेचौरका ७० वर्षीय नन्दप्रसाद सापकोटालाई मनसुनसँग कसरी जुध्ने भन्ने समस्याले अहिलेदेखि नै बढ्ता चिन्तित बनाएको छ । भुइँचालोले घर ,लग्यो, आफन्त लग्यो, पशु चौपाया लग्यो, भएको सबै थोक लग्यो । सानो त्रिपालमुनी तीन परिवारले टाउको ओताएका छन् । तर मनसुन सुरु भएपछिको अवस्था झन् भयावह हुने चिन्ताले अहिलेदेखि नै सताएको छ भन्छन् सापकोटा । सापकोटाको जस्तै पीडा छ, कीर्तिपुरका राम मर्हजनको । भूकम्पले बस्दै आएको घर भत्कादियो । हाल विभिन्न संस्थाले दिएको त्रिपालमुनी दुःखको जीवन गुजारीराखिएको छ । सिन्धुपाल्चोक भोटेचौरका कृष्णबहादुर तामाङको घर भत्कियो, गोठ भत्कियो । घर बनाउने ठाँउ पनि छैन, सबैतिर भूकम्पले चिरा पारेको छ  । ‘ बर्षा नलाग्नुन्जेल त राहतमा आएको त्रिपालले जीवन धान्ला, पानी पर्न थालेपछिको अवस्था के होला रु दाजुभाइको परिवारमा १२ जना छन् । उनीहरुलाई समेत राख्नुपर्ने छ । कहाँ राख्ने होला’ गहभरी आँसु पार्दै तामाङले भने । सहरी विकास मन्त्री डा नारायण खड्काका अनुसार मुलुकभरका भूकम्पपीडितलाई बाड्नका लागि करिब पाँच लाख थान पालको आवश्यकता छ । हालसम्म करिब ५० हजार मात्रै पाल वितरण गरिएको छ । पालको आवश्यकता अझै धेरै छ । पीडितले कहिले पाल आउने होला भन्दै आश गरेको बसेको पनि आज दश दिन पूरा भएको छ । सरकार तथा गैरसरकारी संस्थाले पाल उपलब्ध गराउलान् ।तर वर्षाको समयमा कसरी टाउको लुकाउने होला भन्ने चिन्ताले सबैभन्दा बढी भूकम्प पीडितलाई सताएको छ । भूकम्पपीडितको माग जायज भन्दै सहरी विकास मन्त्री डा खड्काले मनसुन सुरु हुनुभन्दा पहिल्यै केही न केही व्यवस्था सरकारले गर्ने बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending