Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

‘संसद्को शपथअगावै प्रधानमन्त्री’

\"\"काठमाडाैं । ढिलोमा फागुन २ भित्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारीसँगै फागुन १० भित्रै देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फ महिलाको ३३ प्रतिशत कोटा पुर्‍याएर ल्याउन आयोगले दलहरूलाई शुक्रबार पत्र पठाउने तयारी गरेको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा प्रत्येक दलले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने तर्क गर्दै आयोगले समानुपातिक नतिजा दुई महिनासम्म रोकेको थियो। आजको अन्नपूर्णमा खबर छ-‘अब हामी छिटोभन्दा छिटो राष्ट्रपतिज्यूलाई नतिजा बुझाउने तयारीमा छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘ढिलोमा फागुन २ गतेसम्म राष्ट्रपतिसमक्ष नतिजा पेस गर्छौं।’ आयोगले आफ्नो कार्यविधि संशोधन गरी नतिजा सार्वजनिक गर्न छोटो विधि अवलम्बन गरेको यादवले बताए। दललाई महिलाको ३३ प्रतिशत कोटा पुर्‍याउन आयोगले तीन दिनको मात्र समय दिने भएको छ। यसअघि सात दिनको समय निर्धारण गरिएको थियो। सबै दलले माघ २९ गते नै आयोगले तोकेअनुसार महिलाको सूची पेस गरे त्यही दिन नै राष्ट्रपतिलाई नतिजा बुझाउने तयारी भइरहेको पनि यादवले जनाए। तर त्यसदिन सबै दलले सूची बुझाउन नसके २ गतेसम्मका लागि थप समय दिने र २ गते साँझ राष्ट्रपतिलाई जसरी पनि नतिजा बुझाउने उनले बताए। आयोगले राष्ट्रपतिसमक्ष नतिजा बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ। संविधानविद् डा. विपीन अधिकारी संसदीय अभ्यास र परम्पराअनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने तर्क गर्छन्। संविधानको धारा ७६ ले सरकार गठनको व्यवस्था गरेको उल्लेख गर्दै उनी भन्छन्, ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने अवस्था देखिन्छ। निर्वाचन आयोगले दिएको चुनावको नतिजा प्रतिवेदनअनुसार राष्ट्रपतिले दुई दलका संसदीय दलका नेतालाई बोलाएर प्रधानमन्त्री नियुक्तिका विषयमा विचार विमर्श गर्नुपर्छ र दुवै दलको बहुमत पुग्ने अवस्थामा प्रधानमन्त्री नियुक्त हुन्छ।’ प्रधानमन्त्री नियुक्तिका लागि सांसद पदको शपथ गर्नु नपर्ने तर्क गर्दै संविधानविद् अधिकारी भन्छन्, ‘राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले शपथ गर्ने हो। त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा संसद्को अधिवेशन बस्छ र संसद्को प्रक्रिया सुरु हुन्छ।’ नयाँ सरकार गठनका लागि हालका प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामाको कुनै पनि अर्थ नहुने उल्लेख गर्दै उनी भन्छन्, ‘निर्वाचन घोषणा गरेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन। नयाँ जनादेश आएपछि ऊ स्वतः कामचलाऊ हुन्छ र नयाँ सरकार गठन हुन्छ।’ संविधानविद् एवं पूर्वसभासद रामनारायण बिडारी पनि प्रधानमन्त्री नियुक्तिका लागि सांसद पदको शपथ खाइराख्नुपर्ने व्यवस्था नरहेको तर्क गर्छन्। ‘०४८, ०५१ र ०५६ सालमा प्रधानमन्त्री नियुक्तिको जे परम्परा थियो, अहिलेको संविधानले पनि त्यही व्यवस्था गरेको हो,’ उनी भन्छन्, ‘अहिलेको संविधानले प्रधानमन्त्री निर्वाचन नभई नियुक्तिको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री नियुक्तिपछि संसद् अधिवेशन आह्वान हुन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending