Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दैनिक तीन महिला बलात्कृत हुन्छन् नेपालमा

[caption id=\"attachment_79994\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा ७ माघमा एक किशोरीको सामूहिक बलात्कार भयो । कैलालीका केटा साथी शैलेश कार्कीले किशोरीलाई होटलमा बोलाएर अन्य तीन जना युवाहरू समेतर मिलेर सामूहिक बलात्कार गरेको पुष्टि भयो । गुपचुप रहेको यो घटना करिब एक हप्तापछि बाहिर आयो । घटना लुकाउन खोजेको आरोपमा दरबारमार्गका सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा छन् । डिएसपी तिलक भारती माथि पनि अनुसन्धान भइरहेको छ । अाजको जनता पोष्ट दैनिकमा खबर छ-दरबारमार्गको घटना बाहिरिएपछि लुकाउन खोजिएको सुनसरीकी १४ वर्षिया बालिका बलात्कारको अर्को घटनाबारे खुलासा भयो । इटहरीमा गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष २०१८ मनाउन गएकी बालिकालाई इटहरीको रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । प्रहरीले उक्त घटनालाई पनि गुपचुपमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जीवी दाहाल र सुनसरीका एसपी विदानन्द माझी निलम्बनमा परेका छन् । बलात्कारमा संलग्न भनिएका धरानका जुकल लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ भने विराटनगरका मनिष श्रेष्ठ फरार छन् । यी दुई बलात्कारका प्रतिनिधि घटना मात्रै हुन् । प्रहरीमा परेको उजुरीलाई मात्रै आधार मान्ने हो भने हरेक दिन तीनजना महिला तथा किशोरीहरू बलात्कारको शिकार हुने गरेको तथ्यांक फेला परेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा १०८९ वटा बलात्कार घटनाको उजुरी दर्ता भएको छ । अझै प्रहरीसम्म आइनपुगी बिचैमा मिलापत्र भएका धेरै बलात्कार घटना हुन सक्ने प्रहरी स्वयम स्वीकार्छन् । प्रहरीकहाँ आइनपुग्दै कतिपय घटना मिलापत्रमा टुंगो लाग्ने गरेका हुन सक्ने प्रहरी प्रवक्ता मनोज न्यौपानेको अनुमान छ । ‘तराईतिरका बलात्कारका घटना अक्सर प्रहरीसम्म आइपुग्दैनन्,’ प्रवक्ता न्यौपानेले भने, ‘बिचौलियाले आर्थिक चलखेल गरेर यस्ता घटना मिलाउने गरेका छन् । नभए यो संख्या अझ बढ्ने देखिन्छ ।’ राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष शेष चाँदताराले केही दिनअघि एक कार्यक्रममा उजुरी नै नपरेका बलात्कारका घटना अझ भयावह हुने बताएकी थिइन् । बलात्कार गर्नेविरूद्ध कडा कानून भएकाले पनि कानूनी प्रक्रियासम्म पुग्न नदिई बिचैमा आर्थिक चलखेल बलात्कारका घटना लुकाउने गरेको उनको दाबी थियो । महिलाहरू यस विषयमा खुलस्त हुन नसकेका कारण पनि बलात्कारका घटना बाहिर आउन नसकेको महिला अधिकारकर्मीकहरू बताउँछन् । आत्मसम्मानमा चोट पुग्ने तथा कतिपय बलात्कारका घटना परिवार तथा आफन्तबाटै हुने गरेकाले बाहिर नआएको महिला अधिकारकर्मी बताउँछन् । यी सबै बलात्कार घटना बाहिर आउने हो भने दैनिक झण्डै १० जना बलात्कृत हुने तथ्यांक आउने महिला अधिकारकर्मीको दाबी छ । यसरी बलात्कृत हुने अधिकांशजसो १५/१६ वर्षका किशोरीहरू हुने गरेको प्रहरीले जनाएको छ । ग्रामीण भेग र गरिब परिवारका किशोरीहरू बढी बलात्कृत हुने गरेको प्रवक्ता न्यौपाने बताउँछन् । उनीहरू सहजै पुरूषलाई विश्वास गर्नाले बलात्कृत हुने गरेको प्रहरीले जनाएको छ । यस्तो छ चढ्दो ग्राफ प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक वर्ष बलात्कारका घटना बढ्दै गएका छन् । अझ प्रहरीसम्म नआई मिलापत्र गर्ने चलन बढी भएकाले यो संख्या अझ बढ्ने देखिन्छ । आर्थिक वर्ष २०६९/७० मा ६७७ वटा बलात्कारका घटना भएका थिए । जसमध्ये पूर्वी नेपालमा सबैभन्दा बढी २ सय १७ वटा बलात्कार घटना भएको प्रहरीको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै १ सय २९ वटा बलात्कारका घटना प्रहरीको उजुरी परेको छ । सबैभदा कम सुदूरपश्चिममा ४० वटा बलात्कारका घटना बाहिर आएका थिए । आर्थिक वर्ष २०७०/७१ मा यो संख्या बढेर ९ सय ५ पुग्यो । यो वर्ष पनि सबैभन्दा बढी पूर्वमा २ सय ५८ वटा बलात्कारका घटना भएका थिए । काठमाडौं उपत्यकामा पनि २ सय बलात्कार घटना भएको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । आर्थिक वर्ष २०७१/७२ मा ९८१ वटा बलात्कारका उजुरी प्रहरीकोमा परेको थियो । जसमा सबैभन्दा बढी पूर्वमा तीन सय २ वटा, काठमाडौं उपत्यकामा १ सय ९१ र पश्चिमाञ्चलमा १ सय ७६ उजुरी परेको थियो । सुदूरपश्चिममा सबैभन्दा कम ६० वटा बलात्कारका घटना भएका थिए । त्यसैगरी आव २०७२/७३ मा यो संख्या बढेर १ हजार ८९ पुगेको थियो । यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी पूर्वमै २ सय ९५ वटा बलात्कारका घटना भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा पनि १ हजार ३४ वटा बलात्कारको घटना भएको प्रहरी प्रधान कार्यालयसँग तथ्यांक छ । यस्तो छ कानूनी प्रावधान मुलुकी ऐन २०२० को महल १४ मा जबरजस्ती करणीको बारेमा उल्लेख गरिएको छ । ऐनअनुसार कसैले कुनै महिलाको मञ्जूरीबिना करणी गरेमा बलात्कार गरेको ठहर्छ । त्यस्तै वा १६ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने प्रावधान छ । १० वर्षभन्दा मुनिकी बालिकालाई बलात्कार गरेमा १० देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ८ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । चौध वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ६ वर्षदेखि १० वर्षसम्म कैद हुनेछ । १६ वर्षभन्दा बढी बीस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्षसम्म कैद हुने मुलुकी ऐनमा उल्लेख छ । २९ वर्षभन्दा माथिकी महिलालाई बलात्कार गरेमा ५ देखि ७ वर्षसम्म कैद हुने मुलुकी ऐनमा उल्लेख छ । महिलालाई सामूहिक रूपमा बलात्कार गर्ने, अशक्त वा अपाङ्ग महिलालाई बलात्कार गर्नेलाई माथि उल्लेख गरिएभन्दा पाँच वर्ष कैद हुने व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies