Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

जब पुरुषको शरीरमा भेटियो महिलाको गर्भाशय !

\"\"२५ वर्षीया मान्यता (नाम परिवर्तन) को होसहवास उठ्यो जब उनका पति मुकेशको शरीरमा महिलाको अंग भेटियो । मुकेशको शरीरमा पुरुष अंगका साथै गर्भाशय (युट्रस) र अण्डाशय (ओभरी) र गर्भाशय ट्यूबको पनि विकास भएको रहेछ । महिला अंग विकसित भएको भए पनि उनको स्वास्थ्यमा त्यसको असर भने देखिएको थिएन । जबसम्म मुकेशको अपरेशन गरेर महिला अंग निकालिएन, तबसम्म मान्यताले पतिको शरीरमा महिला अंग रहेको विश्वास गर्न सकेकी थिइनन् । उनलाई यो नराम्रो सपना हो जस्तो मात्र लागेको थियो । ‘मुकेश सानैदेखि हर्नियाका बिरामी थियो, उसले अत्यधिक दुख्छ भन्थ्यो\', उनले भनिन्, \'मुकेश सधैँ पीडामाहुन्थ्यो, कुनै काम पनि गर्न सक्दैन थियो ।\' मुकेशले पीडा सहन नसकेपछि मान्यताले अपरेशन गर्ने निर्णय गरेर झारखण्डकै धनवादको पाटलिपुत्रा मेडिकल कलेज एण्ड हस्पिटल (पीएमसएच) मा लिइएर गइन् । जब चिकित्सकले हर्नियाको अपरेशन गर्न लाग्दा अचम्ममा परे तब उनको शरीरमा शंकास्पद अंग देखिए । त्यसपछि मुकेशको अल्ट्रासाउण्ड परीक्षण गरे । अल्ट्रासाउण्ड गर्दा मुकेशको शरीरमा महिलाको अंग फेला पर्‍यो \'पाँच वर्ष पहिले विवाह गरेको नवजवान पुरुष मेरो पतिको शरीरमा महिलको अंग भएको डाक्टरले बताउँदा मलाई ठूलो झड्का लग्यो\', उनले भनिन्, \'उसको शरीरमा महिलाको पनि अंग छ भन्ने कुरा मैले त विश्वास नै गर्न सकिन ।’ मायन्ताले अगाडि भनिन्, ‘यो कुरा थाहा पाएपछि म जोड जोडले रुन थालेँ, मेरा पतिको पुरुषार्थमा यसले कुनै असर नपार्ने भनेर डाक्टरले सम्झाए पनि मलाई विश्वास लागेन, मेरो जिन्दगी बर्वाद भयो भन्ने लाग्यो ।\' मन्याताले पतिलाई थाहै नदिई चिकित्सकको सल्लाहमा महिला अंग निकालेर फालिएको बताइन् । ‘भगवानमै भरोसा गर्यौँ, हामीले मुकेशलाई मनोवैज्ञानिक असर पर्छ भनेर यो कुरा बताएनौ\', उनले भनिन्, \'मेरो जीवनका लागि पति जिन्दगी महत्वपूर्ण छ ।’ उलने चिकित्सकले समेत यसले हाम्रो दाम्पत्य जीवनमा कुनै असर नगर्ने सुझाव दिएको बताइन् । मुकेशको शरीरमा महिलाको अंग देखेर अपरेशन गर्ने चिकित्सक डा. आर. ह्याब्रम पनि चकित भए । ६ हजार भन्दा बढी अपरेशन गरिसकेका सर्जन डा. ह्याब्रमका लागि यो पहिलो घटना थियो । \'मुकेशको सर्जरी सफल भयो, उनको शरीरमा रहेको महिला प्रजनन अंग मैले निकालेँ\', उनले भने, \'अब उनी स्वथ्य छन्, उनको जीवनमा पनि यो अपरेशनले कुनै असर पर्दैन ।’ पीएमसीएचका सर्जरी विभाग प्रमुख डा. अशोक वर्णवालले हजारौँ पुरुष वा महिलामध्ये एकजनामा यस किसिमको अंग विकास हुने बताए । \'यो असमान्य कुरा होइन, यस्तो कुनै पनि पुरुष वा महिलामा हुन सक्छ\', उनले भने, \'जसको शरीरमा महिला वा पुरुषको अंग विकसित हुनसक्छ, यसलाई प्रकृतिको मजाक पनि भन्न सकिन्छ ।’ डा. वर्णवालले अझै अगाडि भने,‘चिकित्सा विज्ञानमा सेकेन्डरी सेक्सुअल क्यारेक्टर पहिला पनि आएको थियो, त्यस्तोमा अनावश्यक अंग निकालिदिनुपर्छ, मुकेशको केसमा पनि यही भएको हो ।\' उनले पत्नीको सहमतिमै महिला अंग निकालिदिएको बताउँदै भने, \'अब मुकेशको शरीरमा पुरुष हार्मोन बनिरहेको छ, उसले सामान्य पुरुष जस्तै जिन्दगी जिउन सक्छ ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending