Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

मनमाेहन अधिकारीले शिलान्यास गरेकाे सडक २३ वर्षपछि कालाेपत्रे सकिँदै

\"\"काठमाडाैं । अछाम–बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य धिमा गतिमा भइरहेकाे थियाे । अछामको साँफेबगर र बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्डकोे काम २३ वर्षपछि मात्र अन्तिम चरणमा पुगेको छ । कछुवाको गतिमा निर्माण भएको सो पक्की सडक सदरमुकाम मार्तडीसम्म पुग्नेछ । अाजको नयाँ पत्रिकामा खबर छ-बाजुरा प्रदेश ७ कै पक्की सडक सञ्जालले नजोडिएको जिल्ला पनि हो । २२ वर्षअघि साँफे–मार्तडी सडकखण्डको काम अन्तिम चरणमा पुगेपछि स्थानीय निकै उत्साहित भएका छन् । कच्ची सडकमा जोखिमपूर्ण यात्रा गराउँदै आएका चालकहरू पनि पक्की सडक बनेपछि निकै उत्साहित बनेका छन् । अछामको साँफेबगरदेखि मार्तडीसम्मको ५७ किलोमिटर सडकखण्ड मध्ये २९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्रे भएको थियो । बार्जुगाढदेखि मार्तडीसम्मको २८ किलोमिटर सडक निर्माणका लागि भारतीय एक्जिम बैंकको ६८ करोडको ऋणमा ०७४ असारभित्र काम पूरा गर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो । ०७१ जेठमा निर्माणको जिम्मा पाएको पियस कन्स्ट्रक्सनले बार्जुगाढदेखि मार्तडीसम्मको सडक म्याद थपेर ०७५ जेठभित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ । पियस कन्स्ट्क्सनका सह–इन्चार्ज प्रेम थापाले अब एक महिना भित्रै काम सकिने बताए । यता ७० वर्ष काल्चे दमाइले सडक सदरमुकाम पुग्ने भए पछि उत्सहित हुँदै नयाँ पत्रिकासँग भने,‘ म निकै खुसी भएको छु । मर्ने बेलामा गाडी चड्ने सपना पुरा हुनेभयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending