Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

बेलायती सेनाको उच्च तहमा पुगे यी नेपाली

\"\"काठमाडाैं । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । १ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ। ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले भने, ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ ।’ अाजको कान्तिपुरमा खबर छ-उनको पदावधि अब करिब ५ वर्ष हुने छ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए। ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन्। यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके। स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे। बुटवलबाट एसएलसी। उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे। छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे। ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन्। सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी। खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन्। सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे। कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए। अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए। सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा काम गरे। आतंककारी संगठन आइएसले इराकको बग्दाद कब्जा गर्न प्रयत्न गरिरहँदा अमेरिकी, ब्रिटिससहितको संयुक्त सुरक्षा फौजअन्तर्गत चिफ अफ स्टाफ भएर कमाण्डरको तर्फबाट हेडक्वार्टर सञ्चालन गर्ने जिम्मा उनलाई थियो। कमाण्डरलाई सल्लाह सुझाव दिने र प्राथमिकता के हो भनिदिने गर्थे उनी। सन् २०१२ फेब्रुअरीमा अफगानिस्तान गएर जुलाईमा फर्किए उनी। अफगानिस्तान र इराकको अवस्था फरक थियो। इराकमा अमेरिकी सेनाले नेतृत्व गरिरहेको थियो ब्रिटिस सेनाको सपोर्टिङ रोल मात्र। तर, अफगानिस्तानमा लडाइँ हुँदा ब्रिटिस सेना अग्रपङ्तिमा। त्यतिखेर खाम्चाले योजनासहित सञ्चार उपकरणहरु किनेर ब्रिटिस सेनालाई पठाउने काम गरे। चार महिना जति त उनी आफूले पठाएको सञ्चार सामाग्रीको प्रभावकारिता बुझ्न फिल्डमै पुगे। विश्वमै कहलिएको बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सटमा कमाण्डिङ अफिसर पछिको भूमिका समेत उनले निर्वाह गरे। बेलायतको नेपाली समुदायसँग निकट रहे पनि जातीय, धार्मिक र राजनीतिक मुद्दाबाट टाढा नै बस्न रुचाउने उनले बताए। नेपाल आउजाउ गरिरहन्छन् उनी। सोमबारबाट जिम्मेवारी सम्हाल्ने उनले कामका सिलसिलामा नेपाल नै जान सकिने संकेत पनि गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending