Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सुष्मा स्वराजको भ्रमणप्रति माअोवादी नेता रूष्ट

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् । माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए । उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् । अाजको अन्नपूर्णमा खबर छ-माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् । ‘हुन त वाम गठबन्धनका नेताद्वय ओली र दाहालले राम्रो भन्नुभएकै छ । भारतीय पक्षले पनि शुक्रबार साँझ भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकै छ । त्यसैले राम्रै भयो होला’, उनले भने, ‘तर यसले कूटनीतिक आचारसंहिता उल्लंघन भएको छ ।’ नेताहरूमा निहित राजनीतिक स्वार्थका कारण आमजनताले दुःख र ग्लानिको अनुभूति गर्नुपरेको बताए । ‘ठूला छिमेकीको उपनिवेश बन्दासमेत पुर्खाहरूले स्वतन्त्र राखेको हाम्रो देशको स्वाभिमान आज गिराइँदै छ’, उनले भने । माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । उनले भनिन्, ‘निर्वाचनपछि छिमेकीले भ्रमण गर्नु राम्रो मानिन्छ तर राज्य नै कामचलाउ भएको अवस्थामा कूटनीति मर्यादा र राजनीतिका लागि राम्रो भएन ।’ माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिनाएजेन्डा स्वराज आउनु बेठीक भएको बताए । दक्षिण छिमेकले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका बढाउन खोजेको अनुभव आफूले गरेको गुरुङको भनाइ छ । औपचारिक पोजिसन भएको व्यक्ति बिनाएजेन्डा आउनु कूटनीतिक मर्यादाविपरीत हुने उनले बताए । गुरुङले भने, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका देखाउन खोजेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बिदाइ र वामपन्थी सत्ताको निकटतामा रहेको अवस्थामा भएको भेटघाटको अर्थ रहँदैन ।’ यो भ्रमणले कतै वाम गठबन्धनको एकतामै अप्ठ्यारो पार्ने त होइन भन्ने संकेत गरिरहेको धारणा उनले व्यक्त गरे । कार्यसूचीबिनाको भ्रमणले कुनै न कुनै प्रकारको चलखेलको पुष्टि गर्ने दाबी गुरुङको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending