Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

पूर्व सांसदले रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो

\"\"काठमाडाैं । संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन् ।

संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर-सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । तर पटकपटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँचसय राहदानीमध्ये झण्डै एक सयवटा फिर्ता नपाएको संसद् सचिवालयले जनाएको छ । त्यसैले दुरुपयोग हुनसक्ने चिन्ताबीच फिर्ता नभएका राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताए । उनले भने, \'जुन प्रयोजनका लागि त्यो कूटनीतिक राहदानी जारी गरिएको हो त्यो फिर्ता गर्नै पर्छ। कतिपय नीति अनुसार नै रद्द भैसकेको छ । त्यो पदमा नरहेपछि स्वत: हाम्रो अध्यागमन प्रणालीवाटै प्रयोग गर्न नसकिने गरी व्यवस्थापन गरिएको छ ।\' अध्यागमन विभागका अनुसार पदमा नरहेका व्यक्तिले कूटनीतिक राहदानीकै भरमा विदेश गएमा कानुनी दायरामा ल्याउन सकिने व्यवस्था रहेको अध्यागमन विभागको भनाई छ । तर कूटनीतिक राहदानीमा लामो समयका लागि लागिसकेको प्रवेशाज्ञा अर्को साधारण राहदानीमा सार्न सकिने अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले बताए । उनले भने, \'उहाँहरुले फिर्ता नगरेपनि त्यसको प्रयोग हुने अवस्था छैन । केही प्राविधिक समस्या छन् । केही व्यक्तित्वहरुको लामो समयसम्मको भीसा लागेको छ । रातो पासपोर्टको प्रयोग नगरेर उहाँहरुसँग भएको प्रयोगमा आउने पासपोर्टमा उक्त भीसा सार्न दूतावास मार्फत पहल गर्ने हामीले व्यवस्था मिलाएका छौं ।\' कूटनीतिक राहदानी फिर्ता नगर्नेमा प्रमुख दलका कैयौं प्रमुख नेता समेत रहेको बताइएको छ । हालसम्म अध्यागमन विभागले कार्यकाल सकिएपछि पनि कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जान खोज्ने विरुद्ध विमानस्थल लगायतका सीमा नाकामा कडाई पूर्वक निगरानी गरिएको बताएको छ । विभागले हालै कार्यकाल सकिएका एकजना पुरुष र एकजना महिला सांसदलाई विदेश उड्नै लाग्दा राहदानी फिर्ता लिएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending