Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

कुवेत गएका महिला बच्चासहित फर्कंदै, एक्लै गएकि सिन्धु चेली ४ बर्षे छाेरासहित फर्कदैं

\"\"काठमाडौं । सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् । ‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरलाई फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’ अाजको कान्तिपुरमा खबर छ-उनी ८ वर्षअघि घरेलु कामदार (हाउसमेड) का रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपथ्र्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं । मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’ कुवेत सरकारले झन्डै एकमहिने आममाफी कार्यक्रम ल्याएपछि सुष्माजस्ता घरेलु कामदारका लागि वैध रूपमा घर फिर्ने ढोका खुलेको हो । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका छन् । कुवेतको आवासीय कानुनअनुसार विवाहपूर्व सँगै बस्नु, शारीरिक सम्बन्ध कायम र बच्चा जन्माउनु अपराध हो । नेपाल सरकारबाट प्रमाणित विवाह दर्ता साथमा भएका जोडी मात्रै सँगै बस्न पाउँछन् । लुकिछिपी बसेर बच्चा जन्माएका हाउसमेडलाई प्रहरीले पक्राउ गरेर जेल पठाउने नियम छ । बच्चासहित लुकेर बसिरहेका घरेलु कामदारलाई आममाफीको कार्यक्रमले ठूलो राहत मिलेको छ । ‘बच्चासहित बस्नुपर्दाको पीडा असाध्यै कठिन थियो । एउटा कोठामा खाट मात्रै अट्ने गरी बारेर बस्यौं । त्यस्तो कोठाको भाडा नै ६० केडी (२० हजार रुपैयाँ) आफू काम गर्न पाउने अवस्था भएन । कतिपय घरमा बच्चा बोकेर नै काम गर्न जान्थें,’ रसुवाकी माया वाइबा (नाम परिवर्तन) ले भनिन्, ‘आफू पनि बच्नुपर्‍यो । सानी छोरीलाई पनि बचाउनुपर्‍यो ।’ बच्चा जन्मिएपछि केटा साथीले बिचल्ली बनाएर हिँडेका कुमारी आमाहरूको अवस्था झन् दयनीय छ । ‘घरमा कामै गरिरहेकी थिएँ । बाहिर निस्कन पाइनँ । चितवनका एक युवकसँग कसोकसो सम्पर्क भयो । उसले नै भागेर आउन सल्लाह दियो,’ तेह्रथुमकी युवतीले भनिन्, ‘बच्चा भएपछि भने ऊ सम्पर्कविहीन भएर बस्यो । छोरीलाई हुर्काउन ठूलो सास्ती खेप्नुपर्‍यो । छाक जुटाउन पनि गाह्रो थियो । नेपालीकै साथसहयोगले खाना र बस्ने कोठाको प्रबन्ध मिल्यो । साथीहरू फुर्सद भएको मौकामा बच्चा हेर्न दिन्छु । कहिले मिल्ने ठाउँमा बच्चै लिएर काममा जान्छु । जिन्दगीमा नपाउनुसम्मको दु:ख पाइयो ।’ धेरैजसो कुमारी आमालाई भने बच्चा लिएर घर फिर्न निकै कठिन भइरहेको छ । ‘तावाको माछा भुंग्रोमा भएजस्तो भयो । यहाँबाट बच्चा लिएरै स्वदेश पुग्न कठिन थियो । दूतावासले ट्राभल डकुमेन्ट जारी भइसकेपछि अब त जान पनि सकिने स्थिति छ । तर, काठमाडौं पुगेपछि घर जाने कि त्यहीँ बस्ने टुंगो छैन । यस्तो समस्या परिवारलाई बताएको छैन । कसरी बाबुआमासँग सामना गर्ने हो थाहा छैन,’ बर्दियाका चौधरीले भनिन् । कुवेतमा क्रियाशील सामाजिक अभियन्ताहरूअनुसार पाकिस्तान, बंगाल, इजिप्टलगायत देशका नागरिकसँग बसेर बच्चा जन्माएका महिलालाई पठाउन अझै चुनौतीपूर्ण छ । नेपाली दूतावासका अनुसार कुमारी आमाहरूको संख्या अझै बढ्न सक्ने स्थिति छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली बाबु पहिचान भएको केसमा मात्रै बच्चाहरूको ट्राभल डकुमेन्ट जारी गरिएको छ । ‘बच्चाका बाबुहरू पहिचान गर्न कठिन छ,’ उनले भने, ‘नेपाली समुदायमा सर्जमिन गराएर बाबु–आमा नेपाली नै भएको पुष्टि भएपछि हामीले ट्राभल डकुमेन्ट जारी गरेका हौं ।’ दूतावासले अवैध रूपमा बस्दै आएका १ हजार ३ सय ६५ नेपालीलाई घर फिर्न ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । जसमा सबभन्दा बढी ८ सय ८२ महिला र ४ सय ५९ पुरुष कामदार छन् । हमालका अनुसार ट्राभल डकुमेन्ट जारी भएकाहरू टिकट काटेर अब स्वदेश फिर्न पाउनेछन् । आगामी फेब्रुअरी २३ तारिखसम्म हुने आममाफीमा सहभागी नभए कुवेतले खाडीका अन्य देश बहराइन, साउदी अरब, कुवेत, ओमन र यूएईमा काम गर्नसमेत रोक्ने गरी कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending