Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नयाँ दल र नयाँ पुस्ताका उम्मेदवारले मैदान तताइरहेका छन्। यही कारण यो क्षेत्रलाई पुस्तान्तरणको चुनावका रूपमा हेरिन थालिएको छ।

‘परिपक्व मतदाता कांग्रेस–एमालेको कुरा गर्छन्, तर नयाँ पुस्ता घण्टी–घण्टी भन्दै हिँडेको छ,’ स्थानीय मतदाता ऋषेश्वर दाहालले पछिल्लो चुनावी माहोल सुनाए।
त्यसैगरी अर्की मतदाता विमला निरौलाले भनिन्, ‘चुनावको चर्चा चिसा पसलदेखि घरघरमा छ। धेरैले अब नयाँलाई मौका दिनुपर्छ भनिरहेका छन्।’

नयाँ दल र अनुहारको आक्रामक उपस्थिती

काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी लगायतका उम्मेदवारहरूले परम्परागत दलका शीर्ष नेताहरूलाई सीधा चुनौती दिएका छन्।

उम्मेदवारहरू आफू जित्ने दाबी गरिरहेका छन्। यता पुराना दलका नेताहरू भने प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा लिइरहेका छन्।
एमाले उम्मेदवार ईश्वर पोखरेल भन्छन्,
‘लोकतन्त्रमा परिणाम स्वीकार गर्नुपर्छ। नयाँ दल र नयाँ पुस्ता आउनु स्वागतयोग्य कुरा हो। जस्तोसुकै नतिजा आए पनि हामी स्वीकार गर्छौं।’

दोहोरिँदै पौडेल–पोखरेलको प्रतिस्पर्धा

२०७९ को निर्वाचनमा काठमाडौं–५ मा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यस चुनावमा पौडेल विजयी भएका थिए। यसपटक पनि यही दुई हेभिवेट नेताबीच पुनः भिडन्त हुँदैछ।

कांग्रेस उम्मेदवार पौडेल भने आफूलाई काठमाडौं–५ ले पहिलो पटक सांसद बनाएको स्मरण गर्दै पुनः जनताले जिताउने विश्वास व्यक्त गर्छन्। ‘अघिल्लो पटक गरेका कतिपय वाचा पूरा भएका छन्, केही पूरा हुने क्रममा छन्,’ पौडेलले भने, ‘ती कामलाई निरन्तरता दिन फेरि जनतासामु आएको हुँ।’

रास्वपाबाट सस्मित पोखरेलको उदय

रास्वपाका उम्मेदवार सस्मित पोखरेल २०७९ मा काठमाडौं–५ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। पराजयपछि उनले काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहको शिक्षा सल्लाहकारका रूपमा काम गरे।

‘म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र गल्ली–गल्ली चहारेको व्यक्ति हुँ,’ उनले भने, ‘यहाँका आवश्यकता र जनचाहना बुझेको छु। जनताको आवाज संसदसम्म पुर्‍याउने लक्ष्यसहित चुनावी मैदानमा आएको हुँ।’

पर्यटन, रोजगारी र नयाँ एजेन्डा

उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ पर्यटन क्षेत्रबाट राजनीतिमा आएका नेता हुन्। अन्तर्राष्ट्रिय सहकार्यमा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने र आर्थिक रूपान्तरण गर्ने एजेन्डा उनको प्राथमिकतामा छ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारी भने अभिनेत्रीबाट राजनीतिमा होमिएकी नयाँ अनुहार हुन्।
‘वडावडामा दिगो रोजगारी सिर्जना मेरो मुख्य मुद्दा हो,’ उनले भनिन्। पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य र उद्यमशीलताका विषयलाई विशेषज्ञसँग मिलेर अघि बढाउने उनको योजना छ।

कमल थापा पनि काठमाडौं–५ मै

राप्रपाका नेता कमल थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–५ बाट मैदानमा उत्रिएका छन्। यसअघि उनी मकवानपुर–१ बाट चुनाव लड्दै आएका थिए।

‘धर्म, संस्कृति र सुशासन चाहने मतदाताको समर्थन हाम्रो पक्षमा छ,’ थापाले दाबी गरे।

२६ उम्मेदवार, अन्तिम फैसला मतदाताको

काठमाडौं–५ मा कुल २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख रूपमा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, राप्रपाका कमल थापा, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ र गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी मैदानमा छन्।

यो क्षेत्रमा ७८ हजार ११४ मतदाता छन्। जसमा ४० हजार ८३२ महिला र ३७ हजार २७८ पुरुष मतदाता छन्। फागुन २१ गते हुने निर्वाचनका लागि ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएका छन्।

२०७९ को नतिजा के भन्छ?

२०७९ को निर्वाचनमा कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मत ल्याएर जितेका थिए। एमालेका ईश्वर पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए।

यसपटक भने चुनावी समीकरण फेरिएको छ । नयाँ दल, नयाँ अनुहार र बदलिँदो मतदाताको सोचका कारण काठमाडौं–५ को नतिजा कसको पक्षमा जान्छ भन्ने प्रश्न खुला नै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending