Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नयाँ दल र नयाँ पुस्ताका उम्मेदवारले मैदान तताइरहेका छन्। यही कारण यो क्षेत्रलाई पुस्तान्तरणको चुनावका रूपमा हेरिन थालिएको छ।

‘परिपक्व मतदाता कांग्रेस–एमालेको कुरा गर्छन्, तर नयाँ पुस्ता घण्टी–घण्टी भन्दै हिँडेको छ,’ स्थानीय मतदाता ऋषेश्वर दाहालले पछिल्लो चुनावी माहोल सुनाए।
त्यसैगरी अर्की मतदाता विमला निरौलाले भनिन्, ‘चुनावको चर्चा चिसा पसलदेखि घरघरमा छ। धेरैले अब नयाँलाई मौका दिनुपर्छ भनिरहेका छन्।’

नयाँ दल र अनुहारको आक्रामक उपस्थिती

काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी लगायतका उम्मेदवारहरूले परम्परागत दलका शीर्ष नेताहरूलाई सीधा चुनौती दिएका छन्।

उम्मेदवारहरू आफू जित्ने दाबी गरिरहेका छन्। यता पुराना दलका नेताहरू भने प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा लिइरहेका छन्।
एमाले उम्मेदवार ईश्वर पोखरेल भन्छन्,
‘लोकतन्त्रमा परिणाम स्वीकार गर्नुपर्छ। नयाँ दल र नयाँ पुस्ता आउनु स्वागतयोग्य कुरा हो। जस्तोसुकै नतिजा आए पनि हामी स्वीकार गर्छौं।’

दोहोरिँदै पौडेल–पोखरेलको प्रतिस्पर्धा

२०७९ को निर्वाचनमा काठमाडौं–५ मा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यस चुनावमा पौडेल विजयी भएका थिए। यसपटक पनि यही दुई हेभिवेट नेताबीच पुनः भिडन्त हुँदैछ।

कांग्रेस उम्मेदवार पौडेल भने आफूलाई काठमाडौं–५ ले पहिलो पटक सांसद बनाएको स्मरण गर्दै पुनः जनताले जिताउने विश्वास व्यक्त गर्छन्। ‘अघिल्लो पटक गरेका कतिपय वाचा पूरा भएका छन्, केही पूरा हुने क्रममा छन्,’ पौडेलले भने, ‘ती कामलाई निरन्तरता दिन फेरि जनतासामु आएको हुँ।’

रास्वपाबाट सस्मित पोखरेलको उदय

रास्वपाका उम्मेदवार सस्मित पोखरेल २०७९ मा काठमाडौं–५ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। पराजयपछि उनले काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहको शिक्षा सल्लाहकारका रूपमा काम गरे।

‘म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र गल्ली–गल्ली चहारेको व्यक्ति हुँ,’ उनले भने, ‘यहाँका आवश्यकता र जनचाहना बुझेको छु। जनताको आवाज संसदसम्म पुर्‍याउने लक्ष्यसहित चुनावी मैदानमा आएको हुँ।’

पर्यटन, रोजगारी र नयाँ एजेन्डा

उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ पर्यटन क्षेत्रबाट राजनीतिमा आएका नेता हुन्। अन्तर्राष्ट्रिय सहकार्यमा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने र आर्थिक रूपान्तरण गर्ने एजेन्डा उनको प्राथमिकतामा छ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारी भने अभिनेत्रीबाट राजनीतिमा होमिएकी नयाँ अनुहार हुन्।
‘वडावडामा दिगो रोजगारी सिर्जना मेरो मुख्य मुद्दा हो,’ उनले भनिन्। पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य र उद्यमशीलताका विषयलाई विशेषज्ञसँग मिलेर अघि बढाउने उनको योजना छ।

कमल थापा पनि काठमाडौं–५ मै

राप्रपाका नेता कमल थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–५ बाट मैदानमा उत्रिएका छन्। यसअघि उनी मकवानपुर–१ बाट चुनाव लड्दै आएका थिए।

‘धर्म, संस्कृति र सुशासन चाहने मतदाताको समर्थन हाम्रो पक्षमा छ,’ थापाले दाबी गरे।

२६ उम्मेदवार, अन्तिम फैसला मतदाताको

काठमाडौं–५ मा कुल २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख रूपमा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, राप्रपाका कमल थापा, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ र गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी मैदानमा छन्।

यो क्षेत्रमा ७८ हजार ११४ मतदाता छन्। जसमा ४० हजार ८३२ महिला र ३७ हजार २७८ पुरुष मतदाता छन्। फागुन २१ गते हुने निर्वाचनका लागि ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएका छन्।

२०७९ को नतिजा के भन्छ?

२०७९ को निर्वाचनमा कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मत ल्याएर जितेका थिए। एमालेका ईश्वर पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए।

यसपटक भने चुनावी समीकरण फेरिएको छ । नयाँ दल, नयाँ अनुहार र बदलिँदो मतदाताको सोचका कारण काठमाडौं–५ को नतिजा कसको पक्षमा जान्छ भन्ने प्रश्न खुला नै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending