Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

दश करोड कर नतिर्ने एमालेका व्यापारी अन्सारीले महानगरलाई डेढ करोडको गाडी दिने

\"\"काठमाडाैं । वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन् ।

अाजको नागरिक दैनिकमा खबर छ-वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक रहेका उनले एकातिर वीरगन्ज महानगरको ठुलो रकमको कर बक्यौता राखेका छन् भने अर्कोतिर आफूलाई यस सहरको पक्षधर देखाउँदै गाडी उपहार दिने घोषणा गरेका छन्। उनको यो घोषणा अहिले महानगरपालिकामा चर्चाको विषय बनेको छ। ‘वीरगन्जलाई राजधानी घोषणा गरिएको खण्डमा उक्त गाडी प्रदान गर्ने गर्ने छौं’ अन्सारीले  भने, ‘वीरगन्ज राजधानी संघर्ष समितिको तर्फबाट हामीले मुख्य मन्त्रीलाई चढ्नका लागि गाडी दिने हो ।’

संबिधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट पराजित अन्सारीलाई गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वीरगन्ज महानगरको मेयरको उम्मेदवार बनाएको थियो। एमालेले अन्सारीलाई महानगरको मेयरको उम्मेदवार बनाउँदै पार्टी प्रवेश गराएको थियो। डा. गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता गर्दै काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्वीकृत भएपछि अन्सारी एमाले प्रवेश गर्नुमा व्यक्तिगत स्वार्थ रहेको पुष्टि भएको थियो। उनले एमालेको लविङबाट वीरगन्ज नेशनल मेडिकल  कलेज सञ्चालनका लागि सम्वन्धन पाएका थिए। कलेजको कर बक्यौता प्रकरणले बेलाबेलामा चर्चा पाउने गरेपनि अन्सारीले उक्त कर निर्धारणलाई बेठिक भन्दै कर तिरिरहेका छैनन् ।

अन्सारीले आफुले कर तिरिसकेकाले बक्यौता भए महानगरपालिकालाई दावी गर्न चुनौती दिए। ‘कार्यालयको रेकर्ड अनुसार नेशनल मेडिकल कलेजउपर करिब १० करोड रुपैया राजश्व बक्यौता देखिन्छ,’ वीरगन्ज महानगरपालिकाका राजश्व माहाशाखा प्रमुख मनोज कर्णले भने, ‘यस कार्यालयले गरेको कर निर्धाणलाई अन्सारीले मानेका छैनन्।’ उनले कि अन्सारीले कर तिर्नुपर्ने नभए अदालत गएर छिनोफानो गर्नुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending