Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

काठमाडौं उपत्यकाको चक्रपथ चीनले पूरै आठ लेन बनाइदिने

\"\"काठमाडाैं । चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ । बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ।अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने पाटो हाम्रो हो। त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ ।’ आजको अन्नपुर्णमा खबर छ-चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी(कोटेश्वर खण्डसरहकै बनाउने भएको छ। चिनियाँ कम्पनीले कलंकी(कोटेश्व खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ। कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना छ। पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ। त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने जानकारी श्रेष्ठले दिए। उनले भने, ‘चाबहिलदेखि गौशालासम्मको करिब डेढ किमि खण्डमा धेरै संरचना भएको र त्यसलाई हटाउनु चुनौतीपूर्ण भएकाले यो खण्डमा फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार रहेको जानकारी श्रेष्ठले दिए। कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको छ। अध्ययन प्रतिवेदन चिनियाँ कम्पनीलाई उपलब्ध गराइसकिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ। यो खण्डको विस्तारका लागि पनि कलंकी कोटेश्वर खण्डमाभएको पाँच अर्बकै अनुपातमा अबको नयाँ खण्डमा पनि खर्च हुने अनुमान गरिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending