Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

पेट्रोलियम पदार्थको मूल्य दुई महिनामा पाँचपटक वृद्धि

\"\"काठमाडाैं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन । यही वेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-निर्वाचनयताको करिब दुई महिनामा निगमले ५ पटक मूल्य बढाइसकेको छ । निर्वाचनअघि मूल्य वृद्धि गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता गर्न लगाएका थिए । तर, निर्वाचनपछि आपूर्तिमन्त्री जयन्त चन्दको स्वीकृति लिएर निगम व्यवस्थापले मूल्य वृद्धि गरिरहँदा प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएका कारण नेपाली बजारमा समेत इन्धनको भाउ वृद्धि गर्नुपरेको बताए । ‘आइओसीबाट मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाउनु स्वाभाविक हो । हामी स्वचालित मूल्य प्रणाली लागू गर्न पनि चाहन्छौँ,’ उनले भने । मूल्य बढाए पनि निगमले भने घाटा नै खाइरहेको उनको भनाइ छ । \"\" निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार मूल्य वृद्धि गरेपछि निगमलाई आगामी १५ दिनसम्म १४ करोड ९२ लाख रुपैयाँ नोक्सान हुने बताए । ‘झट्ट हेर्दा निगमले प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पाएपछि मूल्य बढाएर नाफा खाइरहेको छ कि भन्ने लाग्छ, तर हामीले संस्थानलाई नोक्सानमा नै राखेर उपभोक्तामुखी हुने गरी मूल्य समायोजन गरेका छौँ,’ गोइतले भने । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ ठूलो दरमा घट्दा निगमले चर्को नाफा राखेर मूल्य नघटाएको स्मरण गर्नुपर्ने बताए । ‘मूल्य घटाउनुपर्ने वेला निगमले चर्को नाफा राखेको थियो । अहिलेचाहिँ अन्तर्राष्ट्रिय बजारभाउको हवाला दिएर मूल्य बढाउनु तर्कसंगत हुँदैन,’ उनले भने । उपभोक्ताले निगमलाई नाफा खुवाएर पाल्नुपर्ने कुनै कारण नरहेको उनको जिकिर छ । मूल्य वृद्धिका ३ कारण आइओसीको मूल्य निगमले इन्धन खरिद गर्दै आएको आइओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको इन्धन सामान्य दरमा बढिरहेका कारण नेपाललाई पठाउने मूल्य पनि बढाएर पठाइरहेको छ । किन्ने मूल्य नै बढेपछि निगमले बिक्री गर्ने मूल्य पनि बढाएको हो । आइओसीले प्रत्येक १५ दिन (१ र १६) तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । घाटा कम गर्ने योजना निगमले आइओसीबाट किन्ने मूल्य बढेपछि पुरानै मूल्यमा बिक्री गर्दा घाटा बढ्छ । त्यसैले नोक्सान कम गर्न प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्न थालेको हो । बिहीबार मूल्य बढाउँदासमेत आगामी १५ दिनसम्म १४ करोड ९२ लाख रुपैयाँ नोक्सान व्यहोर्ने जनाएको छ । सुशीलको ब्रिफिङ आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई इन्धन मूल्य निर्धारणको सूत्राधार हुन् । उनले नै मन्त्री चन्द र सञ्चालक समितिलाई भारतीय आयल कर्पोरेसन (आइओसी)बाट बढेर नयाँ मूल्य सूची आउनासाथ नेपाली बजारमा मूल्य बढाउनुपर्ने कारण ब्रिफिङ गर्दै आएका छन् । जुन क्षमता यसअघिका प्रमुखमा थिएनन् ।  अन्तर्राष्ट्रिय बजारअनुसार तीन वर्षसम्म मूल्य घटाइएन आयल निगमले असोज ०७१ देखि पेट्रोल, डिजेल र मट्टीतेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । सुरुमा सञ्चालक समितिले मूल्य समायोजनको निर्णय गर्ने व्यवस्था थियो । पछि दबाब दिएर निगम व्यवस्थापनले मूल्य वृद्धिको अधिकार लिएको हो । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दा पेट्रोल १ सय ३३ रुपैयाँ ६ पैसा, डिजेल र मट्टीतेल १ सय ५ रुपैयाँ २३ पैसा प्रतिलिटर थियो । सो वर्ष १० पटकसम्म लगाएर पेट्रोलको मूल्य २४ रुपैयाँ प्रतिलिटर घटाएर १ सय ९ रुपैयाँ कायम ग¥यो । डिजेल र मट्टीतेलमा १८ रुपैयाँ ८३ पैसा घटाएर ८६ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम ग¥यो । त्यसपछि ०७२ भरिमा ६ पटकसम्म लगाएर पेट्रोल ९९, डिजेल र मट्टीतेल समान ७५ रुपैयाँ प्रतिलिटरमा झ¥यो । ०७३ को २० मंसिरमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समान २ रुपैयाँ घटाए पनि वर्षको अन्त्यमा फेरि वृद्धि गरी पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल समान ७७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको थियो । यो तीन वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय ६ डलर प्रतिब्यारेल (१ सय ५९ लिटर) बाट घटेर २९ डलर प्रतिब्यारेलमा आएको थियो । अर्थात् अन्तर्राष्ट्रिय बजारमा ७७ डलरसम्म मूल्य गिरावट भएको थियो । तर, निगमले ३२ रुपैयाँ मात्र मूल्य घटायो र अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यअनुसार उपभोक्तालाई लाभ नदिएर प्रचुर नाफा कमायो । निगमले औसतमा ०७१ मा मासिक डेढ अर्ब, ०७२ मा मासिक १ अर्ब र ०७३ मा मासिक ५० करोड रुपैयाँभन्दा बढी नाफा राखेर इन्धनको मूल्य निर्धारण गरेको थियो । जसकारण तीन वर्षमा निगमले १ खर्ब रुपैयाँभन्दा बढी नाफा गर्‍यो । यो नाफा रकमबाट ३५ अर्ब ऋण र ३७ अर्ब सञ्चित नोक्सानी भरपाई गर्‍यो । ३० अर्बभन्दा बढी खुद नाफा नै कमाएको छ । २ अर्ब रुपैयाँभन्दा बढी रकम कर्मचारीलाई बोनस वितरणका लागि विनियोजन गरेर कल्याणकारी कोषमा जम्मा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending