Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

अध्यक्षको अड्को थापेर एकताबाट भाग्दै एमाले

\"\"काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताबाट पछि हटने स्पष्ट संकेत दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकरा गठन र पार्टी एकता सँगसँगै टुंग्याउने बताउँदै आएपनि एमालेले भने सरकार गठनलाई पहिलो प्राथमिकता राखेको छ । बिहिबार एकता संयोजन समितिको बैठकमा नेकपा एमालेका नेताहरुले तत्काल सरकार गठनमा ध्यान दिनुपर्ने बताएका थिए । बैठकमा सहभागी एमालेका एक शीर्ष नेताका अनुसार, बैठकमा अध्यक्ष ओलीले “वहाँहरुले जबज नमान्ने, हामीले जबज छोड्न नसक्ने, यत्तिकै हतारोमा एकता गरेर समस्या पर्ने’ आशयको ब्रिफिङ गरेका थिए । माओवादी नेताहरुले भने एमालेको जबज र माओवादीको कार्यदिशामाथि बहस चलाएर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्नुपर्ने तर्क राखेका थिए । तर बैठकमा तत्कालका लागि सरकार गठन, प्रदेशमा मुख्यमन्त्री चयनलगायतका विषय टुंग्याउने कुरामा एमाले नेताहरुले बढी चासो दिएपछि एकताको बारेमा खासै कुरा हुन सकेन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक भ्रमणमा गएपछि भारतीय नेतृत्वसँगको सम्बन्ध बाक्लो हुने क्रमसँग एकताको राप सेलाउने त हैन भनेर दुबै पार्टीभित्र आशंका व्याप्त रहेको छ । एमालेभित्र केपी ओली समूहले तत्कालका लागि सरकार गठन मात्रै प्राथमिकतामा राख्ने रणनीति लिएपनि जिल्लादेखि केन्द्रका अन्य नेताहरु भने पार्टी एकता गरेरै जानुपर्ने धारणा राखिरहेका छन् । माधव नेपालदेखि वामदेव गौतमसम्मले नयाँ कार्यदिशाको बहस चलाइ तत्काल पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । एमाले निकट श्रोतका अनुसार, खनाल, नेपाल र गौतमले एकताका बारेमा माओवादीले जस्तै धारणा राखेपनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा भागबण्डको बार्गेनिङ गर्नुपर्ने भएकोले उनीहरुले यसमा स्प्ष्ट अडान भने लिन सकेका छैनन् । जसले गर्दा एकता गर्नैपर्ने ठोस दबाब एमालेभित्र सिर्जना हुन सकेको छैन । माओवादी नेताहरु भने एमालेले अध्यक्ष पदको अनावश्यक बखेडा झिेकेको बताइरहेका छन् । यसअघि असोज महिनामा दुबै शीर्ष नेताहरु कार्यकारी भूमिकामा रहने र पार्टीको नयाँ कार्यदिशा निर्माण गरेर अघि बढ्ने विषयमा सहमति भएको थियो । नेकपा एमाले अध्यक्ष केपी ओलीले यही विषयमा सार्वजनिकरुपमा नै आफ्नो धारणा समेत राखेका थिए । ओलीले दुबै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष भइसकेकोले यी कुराले एकतामा बाधा नपुग्ने बताएका थिए । तर, बैंककबाट फर्केपछि भने एमाले अध्यक्ष ओलीले अध्यक्ष पद र जबज कुनै पनि हालतमा छोडन नसकिने अडको थापेपछि एकतामा ढिलाई हुन स्पष्ट संकेत देखिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending