Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

\"\"इनरुवा । काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरोपसहित अख्तियारमा स्थानीयवासीले उजुरी गरेका हुन् ।

स्थानीयवासीले गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन कार्यालय सुनसरीलाई सो विषयमा के कसो भएको हो ? कागजात सहितको विवरण वास्तविकता खुलाई १५ दिनभित्र अनुसान्धान शाखा नं १ मा आइपुग्ने गरी पठाउन आदेश दिएको छ ।

अख्तियारका शाखा अधिकृत नीलकण्ठ विश्वकर्माले जिल्ला वन आपूर्ति समिति, सुनसरीमा चार वर्षअगाडि काठ माग गरिएको निवेदन दिएकामा हालसम्म पनि उपलब्ध नगराएको जिल्ला वन कार्यालयअन्तर्गत उत्पादन भएका काठ वन आपूर्ति समितिमार्फत बिक्री–वितरण नगरी स्थानीय जनता तथा दैवी प्रकोपमा परेका मानिसलाई चार वर्षदेखि काठ वितरण नगरी आर्थिक वर्ष २०७३/७४ मा करिब ४० हजार क्यू. फिट काठ व्यवसायीसँग मिलेमतो गरी लिलामी प्रथाबाट बिक्री–वितरण गरेको उजुरी परेकाले सो विषयमा खुलाई पठाउनका लागि वन कार्यालयलाई पत्र लेखेको जानकारी दिए । यता वन कार्यालयले अख्तियारको पत्र पाएपछि त्यसको २ पेज लामो जवाफ लेखेको छ । वनले आफ्नो बचाउ गर्दै मिलेमतोमा कार्य नगरेको दाबी सहितको माघ १४ गते अख्तियारलाई जवाफ लेखेको कार्यालय स्रोतले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending