Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

\"\"काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उहाँ नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् । ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको  छ।’ –काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले बताए । आजको नेपाल समाचारपत्रमा खबर छविगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने ती अधिकारीले खुलासा गरे । ती अधिकारीले भने– ‘मोदीको भ्रमणको क्रममा धार्मिक भ्रमणसंगै नेपाललाई भारतले विशेष सहयोगको घोषणासमेत गर्न सक्ने छ ।’ एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको सन्देश दिने मुख्य उद्देश्यका साथ अहिले स्वराजको नेपाल भ्रमण तय भएको उनले बताए । त्यस्तै संकेत गर्दै मोदी–ओली बीच यसअघि नै २ पटक टेलिफोन संवाद भइसकेको छ । भारतीय नाका बन्दीपछि नेपालमा गढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले अहिले स्वराज भ्रमणको तयारी गरेको बताइएको छ । ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणीसमेत गरिन थालिएको छ । मोदी पछिल्लो टेलिफोन संवादमा ओलीलाई प्रधानमन्त्री पदको अग्रिम शुभकामना दिइसकेका छन् भने ओलीले पनि मोदीलाई नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्ने निम्तो दिदै सम्बन्ध सुधारको संकेत गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending